तिमी यसरी आएछौँ
- भरत कार्की (आलोक) / आइतबार, बैशाख १७, २०८० ११:०२
- भरत कार्की (आलोक) / आइतबार, बैशाख १७, २०८० ११:०२
तिमी यसरी आएछौँ
तिमी,
नौलो रुप लिएर आउला
भन्ने सोचेको थिएँ
ठुलो फड्को मार्छौ
भन्ने बुझेको थिएँ
तर,
मेरो सोचाइ
मेरो बुझाइ
गलत रहेछ
मैले ,
ठानेको थिएँ
तिमी खेतहरुमा आउछौ
मैले जानेको थिएँ
तिमि पेटहरुमा आउछौ
भोक र प्यास मेट्ने गरि आउछौ
तर,
तिमी दर्शन भेट्मा मात्रै
सिमित भएछौ
मेरो चाहाना थियो
तिमी मानेभञ्ज्याङमा
सित्तल छ्हारी ताप्छौ
उन्नतिको संगीत अलापने छौ
पहाडको गर्खा र गराहरुमा टेकेर
सिर्जनाका धुनहरु फुलाक्ने छौ
तर,
त्यसो भए न छ
तिमी डिस्को र र्याप भन्दै
शहर तिरै अल्झिएछौ
तिमि
खोलाको कहली लाग्दो बगरमा आउछौ
भनेको थिएँ
कुना कन्दरा र पखाहरुमा घुम्छौ
भन्ने सोचेको थिएँ
देशभरी पुर्बेली इलाम छर्ने
प्रतिबद्धता सुनेको थिएँ
त्यो सबै मिथ्या रहेछ
मिठो भासण त
तिम्रो ठगी खाने भाडो रहेछ
भोकहरु सङ लडछु भन्थ्यौ
गरिबिलाइ निर्मुल पार्छु भन्थ्यौ
सम्मुन्नत समाजको
परिकल्पना गर्थौ
आखिर, त्यो त
तिम्ले पाउने
संसद भत्ता रहेछ
पजेरो चढेर हिंड्नु
गरिबिलाइ हटाउनु रहेछ
तिम्रो लागि त
काठमाडौं मात्र देश रहेछ।