थप समाचार मेनु

सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्काशन गर्ने 

- / आइतबार, पौष २४, २०७९ १२:४२

 काठमाडौँ ।  सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ । प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव गर्दै कम्पनीले पाँचौं वार्षिक साधारण सभा बोलाएको हो ।

कम्पनीले माघ १५ गते आइतबार अलोफ्ट, छाँयादेवी कम्प्लेक्स ठमेलमा अपरान्ह ५ बजे साधारण सभा बोलाएको हो । सभाले प्रिमियममा सर्वसाधारणको लागि शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले सञ्चालक समितिको आर्थिक वर्षको २०७७र७८ को आर्थिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, आय व्यव हिसाब, इक्यूटीमा भएको परिवर्तन सम्बन्धी छलफल गरी पारित गर्नेछ ।

सम्बन्धित समाचार

लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्स मर्ज हुने, दुवै कम्पनीको तर्फबाट ३-३ जना र एक जना स्वतन्त्र सञ्चालक रहने

- फरक दृष्टि / मंगलबार, माघ १७, २०७९

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनी मर्ज हुने भएका छन् । दुबै संस्थाहरुबिच मंगलवार होटल र्‍याडिसन, लाजिम्पाट, काठमाडौंमा एक कार्यक्रम आयोजना गरी दुबै कम्पनीहरु एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको हो ।

सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट अध्यक्ष मनोहर दास मुल र सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट अध्यक्ष र

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनी मर्ज हुने भएका छन् । दुबै संस्थाहरुबिच मंगलवार होटल र्‍याडिसन, लाजिम्पाट, काठमाडौंमा एक कार्यक्रम आयोजना गरी दुबै कम्पनीहरु एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको हो ।

सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट अध्यक्ष मनोहर दास मुल र सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट अध्यक्ष रामकृष्ण मानन्धरले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा दुबै कम्पनीका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृतहरु लगायतका पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

उक्त सम्झौता अनुसार दुवै कम्पनी एकआपसमा गाभिए पश्चात बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड रहने सहमती भएको छ । मर्जर सम्बन्धी विशेष प्रस्ताव दुवै कम्पनीको आगामी हुने साधारण सभामा लगिनेछ । त्यसै गरी दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमती एवं डिडिए रिर्पोट समेतका आधारमा सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको शेयर आदान प्रदान अनुपात क्रमश १००:८० कायम रहनेछ ।

साथै दुवै कम्पनीको आ.ब. २०७८/०७९ को वित्तीय विवरण अनुसार प्रस्तावित बोनस शेयर वितरण पश्चात क्धबउ च्बतष्य गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पुजी दुई अर्ब ६२ करोड २६ लाख ३८ हजार एक सय ९५ रुपैंयाँ कायम रहने छ ।

त्यसैगरी, मर्जर पश्चात बन्ने कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा दुवै कम्पनीको तर्फबाट ३-३ जना र एक जना स्वतन्त्र सञ्चालक रहने छन् भने सञ्चालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्स कम्पनी लि।का तर्फबाट हाल रहेका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री रहने व्यवस्था गरिएको छ ।

Read More

 प्राधिकरणद्वारा गोरखामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम आयोजना

- फरक दृष्टि / मंगलबार, माघ १७, २०७९

नेपाल बीमा प्राधिकरणको आयोजनामा गण्डकी प्रदेशको गोरखा जिल्लाको गोरखा नगरपालिकामा यही माघ १६ गते सोमबार बीमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।कार्यक्रममा प्रमुख अतिथि गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले बीमा गरेपछि क्षति भएमा क्षतिपूर्ति पाइने भएकाले सबैले अनिवार्यरुपमा बीमा गर्नुपर्ने बताए । साथै, उनले बीमाको महत्वका बारेमा गाउँ गाउँमा जनचेतना फैलाएर बीमा ग

नेपाल बीमा प्राधिकरणको आयोजनामा गण्डकी प्रदेशको गोरखा जिल्लाको गोरखा नगरपालिकामा यही माघ १६ गते सोमबार बीमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।कार्यक्रममा प्रमुख अतिथि गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले बीमा गरेपछि क्षति भएमा क्षतिपूर्ति पाइने भएकाले सबैले अनिवार्यरुपमा बीमा गर्नुपर्ने बताए । साथै, उनले बीमाको महत्वका बारेमा गाउँ गाउँमा जनचेतना फैलाएर बीमा गर्न प्रोत्साहित गर्नुपर्ने आवश्यकता औंल्याए ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा गरेपछि क्षति भएमा बीमा कम्पनीबाट क्षतिपूर्ति पाइने भएकाले घर, कृषिबाली, जडिबूटी, पशुपन्छी र व्यवसायको बीमा गर्न आग्रह गरे । कार्यकारी निर्देशक पौडेलले कृषि तथा पशुपन्छी बीमामा विशेष जोड दिन र दाबी भुक्तानीलाई सरल एवम् छिटोछरितो बनाउन बीमा कम्पनीहरुलाई निर्देशन दिए ।

यसैगरी, गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकरले बीमा दाबी भुक्तानीमा ढिलाई हुँदा बीमाप्रतिको विश्वसनीयतामा समस्या देखिएको उल्लेख गर्दै बीमा गराउनका लागि अनावश्यक होडबाजी नगर्न बीमा कम्पनीहरुलाई आग्रह गरे ।

साथै, उनले बीमालाई अनिवार्य गर्न तथा बीमा सम्बन्धी जानकारीमूलक कार्यक्रमहरु संचालन गर्नका लागि साझेदारीका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा सहभागीहरुले बीमा सम्बन्धी जानकारीको अभावका कारण स्रोत भएर पनि बीमा नगरेको, पशुबीमाको दाबी भुक्तानी पाउन झण्झट व्यहोर्नु परेको, समान बीमालेखको बीमाशुल्कमा एकरुपता नभएको, बीमा दाबी भुक्तानी नपाएको भनेर नगरपालिकामा गुनासाहरु आउने गरेको लगायतका धारणा राखेका थिए ।

कार्यक्रममा गोरखा नगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरु, नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारी तथा सहायक निर्देशक केदारनाथ भट्ट, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका प्रमुृख कार्यकारी अधिकृत, राष्ट्रिय बीमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत, बीमा कम्पनीका शाखा कार्यालयका प्रमुख, अगुवा कृषक, संचारकर्मीहरु लगायत गरी करिव ८० जनाको सहभागिता रहेको थियो ।

Read More