थप समाचार मेनु

एभरेष्ट बैंक र पायोनियरबीच सम्झौता

- / शुक्रबार, चैत ३, २०७९ १७:११

 काठमाडौँ । निसानको नेपालका लागि आधिकारिक विक्रेता पायोनियर मोटोकर्प प्रालिले वबक्री गर्दै आएको गाडीमा एभरेष्ट बैंकले कर्जा दिने भएको छ । बैंक र पायोनियर बीच भएको सम्झौँता अनुसार अब निसानका गाडीमा खरिद गर्ने ग्राहकहरुले एभरेष्ट बैंकबाट सहजै कर्जा लिन सक्नेछन् ।

 दुई संस्था बीच भएको सम्झौँता पत्रमा बैंकको तर्फबाट कर्पोरेट हेड हरिश कुमार आचार्य र पायोनियर मोटो कर्पको तर्फबाट सह–महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दले हस्ताक्षर गरेका हुन् ।

सम्झौँतापछि निसानले उत्पादन गरेका गाडीहरुमा खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने जारी विज्ञप्तीमा उल्लेख छ ।

यो सहयोगले निसानबाट गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई सुलभ र सहज वित्तीय सेवाहरू प्रदान गर्न लक्ष्य राखेको छ। सम्झौता अनुसार, एभरेष्ट बैंकका सबै शाखाहरूबाट ग्राहकहरूलाई गाडीको लागि सुलभ ऋण सुविधाहरू सजिलोसँग उपलब्ध हुने छ।

ईभीको लागि बेस रेटमा ३.५० प्रतिशत र अन्यको लागि बेस रेटमा ४ प्रतिशत ब्याजदर हुनेछ भने ७ वर्षको आवधि सहितको कर्जा उपलब्ध हुनेछ । यसका लागि सेवा शुल्क मात्र ०.५ प्रतिशत हुनेछ। केवल २० प्रतिशतको डाउन पेमेन्टमा, ग्राहकहरू अब निसान ईभको मालिक हुन सक्छन्।

 अहिले एभरेष्ट बैंकको देशभर रहेका १२४ शाखाबाट नै कर्जा सुबिधा ग्राहकले लिन सक्नेछन् । ऋणलाई नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशिका र निर्देशनहरूसँग समायोजन गरिएको छ । यो योजना पायोनियर मोटोकोर्पको आधिकारिक ब्रिक्रेता र एभरेष्ट बैंकका सबै शाखाहरुबाट नेपाल भरी लागु हुने छ।

सम्बन्धित समाचार

छाउपडी प्रथा उन्मूलन गर्ने संस्थालाई महालक्ष्मी विकास बैंकको सहयोग

- / सोमबार, चैत १३, २०७९

 

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम जिल्लाका ग्रामीण क्षेत्रमा छाउपडी प्रथा उन्मूलनमा काम गर्दै आइरहेको योजनालाई सहयोग गरेको छ ।

सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा जिल्लाका ग्रामीण क्षेत्रहरुमा प्रचलित छाउपडी प्रथा उन्मूलन रोक्न एक्सन वर्क्स नेपाल (एनजीओ) द्वारा स

 

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम जिल्लाका ग्रामीण क्षेत्रमा छाउपडी प्रथा उन्मूलनमा काम गर्दै आइरहेको योजनालाई सहयोग गरेको छ ।

सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा जिल्लाका ग्रामीण क्षेत्रहरुमा प्रचलित छाउपडी प्रथा उन्मूलन रोक्न एक्सन वर्क्स नेपाल (एनजीओ) द्वारा साञ्चालित छाउपडी एन्ड मेन्स्ट्रुअल हेल्थ हाइजिन म्यानेजमेन्ट प्रोजेक्टलाई आर्थिक सहयोग प्रदान गरेको बैंकले जनाएको छ ।

छाउपडी प्रथाप्रति रहेको पुरातन विश्वास, मान्यता र प्रचलन विरुद्ध जनचेतना जगाउने र त्यस प्रथाबाट प्रत्यक्षरुपमा प्रभावित बालिका तथा महिलाहरुलाई स्वास्थ्य सेवा तथा पोषणका सम्बन्धमा जानकारी प्रदान गर्ने उद्देश्यले सञ्चलित यस योजना बैतडी जिल्लाको दिलासैनी गाँउपालिकामा करिब चार महिना सञ्चालन गरिने छ ।

उक्त योजना अन्तर्गत गाँउपालिकाका विभिन्न वडामा सामाजिक सचेतनाका कक्षाहरु, सडक नाटक, डेउडा नाच तथा स्थानीय स्रोतसाधाको प्रयोग गरी पुनः प्रयोग गर्न सकिने सेनिटरी प्याड बनाउने तालिम प्रदान गरिने छ ।

Read More

कुमारी बैंकको ६१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

- / सोमबार, चैत १३, २०७९

 

काठमाडौं । कुमारी बैंकले १ जना संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले राजेन्द्र कुमार घिसिङको नाममा रहेको ६१ हजार ४ सय २५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । 

यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज सोमबार (चैत १३ गते) बाट ३५ दिनभित्र आव

 

काठमाडौं । कुमारी बैंकले १ जना संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले राजेन्द्र कुमार घिसिङको नाममा रहेको ६१ हजार ४ सय २५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । 

यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज सोमबार (चैत १३ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । 
 
बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । 

सेयर भाउ भने बिक्रेताले तेको वमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
 

Read More
ads-image
ads-image
ads-image
ads-image