थप समाचार मेनु

प्रभु इन्स्योरेन्सकाे साधारणसभा जेठ २६ गते बस्ने

- / आइतबार, जेठ ७, २०८० १०:४6

काठमाडौँ। प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा  यही जेठ २६ गते गर्ने भएको छ ।  कम्पनीले केही दिन अघि निकालेको सूचना संशोधन गर्दै आज एक सूचना प्रकाशित गर्दै आफ्नो वार्षिक साधारणसभाको सूचनामा संशोधन गरेको छ ।

कम्पनीले यसअघि विशेष साधारणसभा डाकेकोमा सूचना प्रकाशित गर्दै सच्चाएर पाँचौँ वार्षिक साधारणसभा आह्वान गरेको हो।  

कम्पनीको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा काठमाडौँको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु गर्ने निर्णय गरेको छ ।  सभाले आर्थिक वर्ष २०७७–७८का लागि प्रस्तावित लाभांश अनुमोदन गर्नेछ। जसमा चुक्तापुँजीको ९.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५१५८ प्रतिशत नगद लाभांश छन्।  

सम्बन्धित समाचार

नेपाल लाईफको नयाँ शाखा कार्यालय उद्घाटन

- / मंगलबार, जेठ २३, २०८०

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । कम्पनीले जेठ २२ गते पोखराको न्यूरोड स्थित आफ्नै सुविधा सम्पन्न भवनको उद्घाटन गरेको हो ।

कम्पनीका संस्थापक समूहतर्फको संचालक कमलेश कुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले संयुक्त रुपमा रिबन काटेर उक्त शाखा कार्यालय उद्घाटन गरेका हुन् ।

उक्

उक्त शाखा कार्यालयबाट कम्पनीले दिदै आइरहेको जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गरिने कम्पनीका सिइओ पराजुलीले बताए । 

Read More

प्रभु इन्स्योरेन्सको ६.७० प्रतिशत बोनस शेयर वितरण

- / शुक्रबार, जेठ १९, २०८०

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले ६ दशमलव ७० प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले गत फागुन २३ गते समपन्न २७औं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर दोस्रो बजारमा सूचीकृत पश्चात् वितरण गरेको हो ।

गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कम्पनीले यस वर्ष बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत लाभांश समेत वितरण गर्ने निर्णय गरेको थियो । यसर्थ बोनस श

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले ६ दशमलव ७० प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले गत फागुन २३ गते समपन्न २७औं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर दोस्रो बजारमा सूचीकृत पश्चात् वितरण गरेको हो ।

गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कम्पनीले यस वर्ष बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत लाभांश समेत वितरण गर्ने निर्णय गरेको थियो । यसर्थ बोनस शेयर कर वापतको रकम शेयरधनीहरूले तिर्न नपर्ने भएको छ । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि फागुन १२ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा फागुन ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् ।

Read More
ads-image
ads-image
ads-image
ads-image