थप समाचार मेनु

इसेवाको ‘बैंक ट्रान्स्फरबाट पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’ उपहार योजना सार्बजनिक 

- फरक दृष्टि / बिहीबार, चैत २, २०७९ १6:३९

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले ‘बैंक ट्रान्स्फर बाट पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’ उपहार योजना सार्बजनिक गरेको छ । यस अफर अन्तरगत इसेवाका ग्राहकले आफ्नो इसेवा एकाउन्ट मार्फत बैंक खातामा रकम ट्रान्स्फर गर्दा हङकङ घुम्ने मौका पाउनेछन् । यस अफरमा बेंक ट्रान्स्फर गर्दा डबल क्यासब्याक पाउनुका साथै हङकङ घुम्न जाँदा दोहोरो टिकट जित्न सकिनेछ ।

यस अफरमा इसेवा मार्फत बैंक तथा सहकारीका खातामा रकम ट्रान्स्फर गर्दा सहभागी हुन पाइनेछ । यस अफर योजना चैत्र ३० गतेसम्म सञ्चालन हुनेछ । यस योजनामा सहभागी हुन योजना अवधिभर कम्तीमा दुईपटक बैंक ट्रान्स्फर गरेको हुनुपर्नेछ । इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५५ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६५ लाख बढि ग्राहकलाई एप्स् मार्फत आम नेपालीहरू सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई  डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । हाल एक लाख ८५ हजार भन्दा बढि एजेन्ट नेटवर्क मार्फत इसेवाका सेवा तथा सुविधा लिन सकिनेछ । 

सम्बन्धित समाचार

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना

- / सोमबार, चैत १३, २०७९

 

काठमाडौँ । हुन्डाई अटोमोबाइल्सको आधिकारीक विक्रेता  लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना ल्याएको छ । यो योजना सोमबारदेखि सुरु भएको छ ।

यस योजना अन्तर्गत, ग्राहकहरुले रु ५,००,००० सम्मको आकर्षक नगद छुटका साथै गाडीको निर्माण वर्षको आधारमा रु २,००,००० सम्मको छुट पाउनेछन् । 

 

काठमाडौँ । हुन्डाई अटोमोबाइल्सको आधिकारीक विक्रेता  लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना ल्याएको छ । यो योजना सोमबारदेखि सुरु भएको छ ।

यस योजना अन्तर्गत, ग्राहकहरुले रु ५,००,००० सम्मको आकर्षक नगद छुटका साथै गाडीको निर्माण वर्षको आधारमा रु २,००,००० सम्मको छुट पाउनेछन् । 

यस्तै नयाँ वर्ष बोनस रु ८०,००० सम्म र एक्सचेन्ज बोनस रु ८०,००० सम्म छुट प्राप्त गर्न सक्नेछन् । यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा थप १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन् । सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्गका साथै निःशुल्क सडक कर भुक्तानी सहित उपलब्ध हुनेछन् ।

Read More

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

- / सोमबार, चैत १३, २०७९

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख नौ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख नौ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला रू दुई सयले घटेको हो ।
 
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख आठ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख आ

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख नौ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख नौ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला रू दुई सयले घटेको हो ।
 
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख आठ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख आठ हजार सात सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रू १० ले घटेर रू एक हजार तीन सय ६० मा आएको महासङ्घले जनाएको छ ।
 
     महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Read More
ads-image
ads-image
ads-image
ads-image