थप समाचार मेनु

शिक्षाको सुधार चाहन्छौं भने सबै माननीयका सन्तानलाई सरकारी विद्यालय पढाऔं: ज्ञानेन्द्र शाही

- फरक दृष्टि / मंगलबार, माघ १०, २०७९ १५:५७

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता समेत रहेका सांसद ज्ञानेन्द्रबहादुर शाहीले नेपालको शैक्षिक सुधार गर्न कार्यान्वयनमै जुट्नु पर्ने बताएका छन् । प्रतिनिधि सभाको आज (मंगलबार) को बैठकमा शाहीले सांसदका छोराछोरीलाई सरकारी विद्यालयमा अनिवार्य रुपमा भर्ना गर्न आग्रह गरेका छन् ।

शाहीले भने, ‘हामी शिक्षा प्रणालीको सुधारको कुरा गरेर मात्र हुँदैन् । कार्यान्वयनमा उत्रन पर्छ । आजैको यो सदनमा हामी सबै माननीयका सन्तान अनिवार्य रुपमा सरकारी विद्यालयमा भर्ना गरौँ भनेर निर्देश जारी गरौं । माननीय, सरकारी अधिकारी र ठूलाबढाका छोराछोरी विदेशमा गएर पढ्ने अनि कसरी हुन्छ नेपालमा शिक्षाको गुणस्तार सुधार ?’

उनले स्वास्थ्य क्षेत्रको सेवा गुणस्तरीय बनाउन नेपाल सरकारका सम्पूर्ण व्यक्ति तथा सांसदहरूले अनिवार्य नेपालमै उपचार गराउने व्यवस्था मिलाउन पर्ने बताएका छन् । पहुँच हुनेले सम्पन्न देशमा गएर उपचार गराएपछि नेपालको स्वास्थ्य सेवा गुणस्तरीय नहुने उनको भनाइ छ ।

जनताले कर तिरिरहे पनि सरकारबाट पाउने सेवा सुविधा नपाएको भन्दै शाहीले त्यसलाई अब हामीले सुधार गर्नुपर्ने बताए । पैसा तिरेपछि पसलबाट सामान पाएजस्तै जनताले कर तिरेपछि सेवा पाउनुपर्ने उनको भनाइ छ । विमानस्थलका नाममा करोडौं खर्च हुने भन्दै शाहीले जुम्लामा विमानस्थल नबने आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सम्बन्धित समाचार

सङ्घीय संसद् अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै

- / बुधबार, माघ १८, २०७९

काठमाडाैँ । सङ्घीय संसद् अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । 

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । 

त्यसैगरी

त्यसैगरी सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको जानकारी प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम गराउने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले जानकारी दिए । 

Read More

माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक भोलि बस्ने गरी स्थगित

- / बुधबार, माघ १८, २०७९

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आज बोलाएको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित गरेको छ। बैठक भोलि बस्ने गरी सरेको महासचिव देव गुरुङले जानकारी दिए। 

आवश्यक तयारी नपुगेको र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताको कारण बैठक स्थगित गरिएको माओवादीले जनाएको छ।

माओवादी केन्द्रले पार्टीका नेताको कार्यविभाजन, जिम्मेवारी हे

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आज बोलाएको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित गरेको छ। बैठक भोलि बस्ने गरी सरेको महासचिव देव गुरुङले जानकारी दिए। 

आवश्यक तयारी नपुगेको र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताको कारण बैठक स्थगित गरिएको माओवादीले जनाएको छ।

माओवादी केन्द्रले पार्टीका नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका लगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको थियो।

Read More