थप समाचार मेनु

नेपाल कानून समाजको चालीस वर्ष पूरा, ४१ वर्षमा प्रवेश

- / मंगलबार, माघ १०, २०७९ १७:३३

काठमाडौं । मुलुकको कानुन क्षेत्रको उन्नयनका लागि स्थापना भएको नेपाल कानुन समाज ४१ वर्षमा प्रवेश गरेको छ । समाज २०३८ माघ १० गते स्थापना भएको हो । 

    स्थापना दिवसका अवसरमा समाजले संस्थापकप्रति कृतज्ञता व्यक्त गर्दै संस्थासँग आबद्ध सबै सदस्य, सरोकारवाला तथा शुभचिन्तकमा शुभकामना व्यक्त गरेको छ । कानुनी राज, लोकतन्त्र र स्वतन्त्र न्यायपालिकाको विकासका लागि समाजले विभिन्न गतिविधि गर्दै आएको समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले जानकारी दिए ।

    लोकतन्त्रको लाभ जनस्तरसम्म पुग्नुपर्छ भन्ने सबैको एउटै विचार र अडान हुनुपर्नेमा     समाजले जोड दिँदै आएको छ । संविधानसभाबाट जारी भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान र यसले परिकल्पना गरेको समावेशी लोकतन्त्रको संस्थागत विकास र सुदृढीकरणका लागि राज्यका तीनै अङ्ग, नागरिक समाज र सरोकारवाला सबैलाई कमजोरी नदोहो¥याउन र सकारात्मक पक्षको संवद्र्धन गर्न सङ्कल्प लिन समाजले अपिल गरेको छ ।

सम्बन्धित समाचार

क्रिकेटर सन्दीपलाई थुनामै राख्नुपर्ने मागसहित सर्वोच्च अदालतमा निवेदन

- / मंगलबार, माघ १७, २०७९

काठमाडौं । नाबालिका बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राखेर बलात्कार मुद्दा अघि बढाउनुपर्ने मागसहित महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको छ ।

मंगलबार महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा निवेदन दिएको हो ।

महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई पुर्पक्षका लागि

काठमाडौं । नाबालिका बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राखेर बलात्कार मुद्दा अघि बढाउनुपर्ने मागसहित महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको छ ।

मंगलबार महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा निवेदन दिएको हो ।

महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई पुर्पक्षका लागि धरौटीमा छाड्ने उच्च अदालतको आदेश बदर हुनुपर्ने र थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दिएको हो ।

जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर, उच्च अदालत पाटनले भने उनलाई २० लाख धरौटीमा रिहा गर्न सर्तसहितको आदेश दिएको थियो ।

Read More

भैरहवाबाट ढाका उडान सुरु गर्न मन्त्री पौड्यालको आग्रह

- / मंगलबार, माघ १७, २०७९

काठमाडौं । परराष्ट्रमन्त्री डा विमला राई पौड्याल र नेपालका लागि बंगलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीबीच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका हवाई उडान सुरु गर्न राजदूत चौधरीलाई आग्रह गरिन् ।  

सो भेटमा नेपाल र बंगलादेशबीचको पर्यटन व्यापार तथा कृषि क्षेत्रमा सहयोग र साझेदारी अ

काठमाडौं । परराष्ट्रमन्त्री डा विमला राई पौड्याल र नेपालका लागि बंगलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीबीच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका हवाई उडान सुरु गर्न राजदूत चौधरीलाई आग्रह गरिन् ।  

सो भेटमा नेपाल र बंगलादेशबीचको पर्यटन व्यापार तथा कृषि क्षेत्रमा सहयोग र साझेदारी अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको थियो । 

सो अवसरमा राजदूत चौधरीले श्रीलङ्काको ७५औँ स्वातन्त्रता दिवसका अवसरमा सहभागी हुने बङ्गलादेशी विदेशमन्त्री डा एके अब्दुल मोमेनसँग भेटवार्ता गरी दुई देशबीचको सहकार्यलाई अझ बलियो बनाउन परराष्ट्रमन्त्री पौड्यालसँग अनुरोध गरे ।

Read More