थप समाचार मेनु

दबाबरहित चलचित्र ‘डाकिनी’

- / बुधबार, जेठ १०, २०८० १०:४९

काठमाडाैं । चलचित्र निर्माण गर्दा नै बजार मूल्याङ्कन गरिन्छ । बजारले फिर्ता गर्न सक्ने रकम र जोखिमको मूल्याङ्कन गरेर निर्माणको लागत तय हुन्छ । बजारले रुचाएको कलाकारदेखि प्राविधिकको समूहमार्फत चलचित्र बन्ने गरेको छ । तर कुनै चलचित्र यी भन्दा फरक रहेर निर्माण भयो भने के होला ? न त बजेट बढ्ने डर, न बजार मूल्याङ्कन । कुनै दबाब नहुँदा चलचित्र कस्तो बन्ला ? यसको उदाहरण हो– ‘डाकिनी’ ।

बौद्धधर्मका गुरु तथा चलचित्र निर्देशक खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे) ‘डाकिनी’ प्रदर्शनका लागि नेपालमा भन् । विश्वभरका चलचित्रप्रेमी दर्शकमाझ उनि निर्देशित ‘द कप’, ‘ट्राभल्स एण्ड म्याजिसियन्स’, ‘हिमा हिमाः सिङ्ग मी अ सङ ह्वाइल आई वेट’लगायतका चलचित्र लोकप्रिय छन् ।

अङ्ग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’मार्फत विश्वभर प्रदर्शन भएको चलचित्रमा बौद्धग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी)का कथा छन् । देवीको खोजीको कथा खोजिने चलचित्रमा बौद्धग्रन्थको सुन्दर आयामलाई प्रस्तुत गरिएको छ । नेपालमा यो सीमित चलचित्र भवनमा मात्र प्रदर्शन गरिएको छ । 

 नेपालका निर्माता षट्कोण आर्टसको निम्तोमा नेपाल आइपुग्नुभएका निर्देशक नोर्बुले सरल चलचित्रको बारेमा आफ्ना विचार राखे । “हामीले हेर्ने चलचित्रमा हलिउड शैली हुन्छ । त्यो पनि परम्परागत । त्यहाँ सबै किसिमको भाव मिसाइएको हुन्छ”, उनले भने, “हामीलाई त्यस्ता चलचित्र हेर्ने बानी परिसकेको छ । त्यसैले अभिनेता वा नकारात्मक भूमिका गर्नेको बारेमा हाम्रो विचार पहिले निर्माण हुन्छ । हामीलाई त्यो भाष्य शैलीमा हलिउड र बलिउडका चलचित्र प्रशस्तै प्रस्तुत गरिसकेका छन् ।”

आफू निर्देशित चलचित्र हेर्नु अगाडि नै केही खास घटनाक्रम नहुने नोर्बुले बताए । “मेरो चलचित्रमा ठूला घटनाक्रम हुँदैनन् । त्यो हेर्दा तपाईँलाई आफ्नै कथा महसुस हुनुपर्छ । यसलाई मैले वास्तविकतासँग नजिक राखेर निर्माण गर्ने कोसिस गरेको छु”, उनले भने । 

चलचित्रका बारेमा निर्माण भएको भाष्यशैलीलाई परिवर्तन गर्न सके मात्र फरकपन महसुस हुने नोर्बुँको भनाइको तात्पर्य थियो । नेपाली र तिब्बती भाषामा रहेको चलचित्र लगभग रु १० करोडमा तयार भएको हो । यो चलचित्र बजारको निर्देशनबिना तटस्थ रहेर निर्माण गर्ने प्रयास गरिएको निर्मातामध्येका एक दिपेश खत्रीले जानकारी दिए । 

“चलचित्र निर्माणको समयमा बजारको चिन्ता थिएन । त्यसैले स्वतन्त्र रहेर काम गर्न पायौँ । कुनै दबाबलाई महसुस नगरी निर्माण भयो । अहिले प्रदर्शन पनि सीमित चलचित्र भवनमा सीमित शोमा मात्र छ”, निर्माता खत्रीले भने । 

काठमाडौँमा क्याफे सञ्चालनको तयारीमा रहेका तिब्बती मूलका युवालाई सपनामा केही सङ्केत मिल्छ । उसको साथीले सपनाको अर्थ खुलाइदिन्छ र भन्छ, ‘तिमी सात दिन बाँच्छौँ ।’ तर जब उसले यो सङ्कट डाकिनीले हटाउन सक्ने थाहा पाउँछ अनि सुरु हुन्छ डाकिनीको खोजी । उसले डाकिनी कहाँ फेला पार्छ ? उसको जीवन बच्छ कि बच्दैन ? यसकै वरपर चलचित्रको कथा बगेको छ ।

सामान्यतया चलचित्रमा सात दिनमात्र बाँच्छ भन्ने थाहा पाएको पात्रले के–के गर्छ होला ? हामीले केही यस्ता चलचित्र हेरेका पनि छौँ । तर ‘डाकिनी’ फरक छ । त्यहाँ पात्रले आफ्नै दिनचर्यामा खोजी गर्छ । उसको पीडा र सङ्घर्ष उस्तै छ, तर व्यक्त गर्ने तरिका फरक । किनकि यसलाई तटस्थ रहेर निर्माण गर्ने प्रयास गरिएको छ ।

सम्बन्धित समाचार

सङ्गीतकार अर्जुन र गायिका दुर्गा बुबा आमा बन्दै 

- फरक दृष्टि / सोमबार, जेठ २२, २०८०

लामो समय देखि चलचित्र तथा सुगम सङ्गितमा चर्चा र लोक प्रियताको सिखरमा रहनु भएका सङ्गीतकार अर्जुन पोखरेल र सफल चर्चित गायिका दुर्गा  खरेल बुबा आमा बन्ने भएकाछन ।
 
सङ्गीतकार अर्जुन पोखरेलले आफ्नो फेसबुक इन्स्टाग्राममा  गायिका दुर्गा खरेल सङ्गको आत्मिय प्रेमील तस्बिरहरु सेयर गर्दै यो सुन्दर अनुभवको सुखद अनूभुति भनेर खुसी व्यक्त गरेकाछन नेपाली गीत संगीतमा अर्जुन र

लामो समय देखि चलचित्र तथा सुगम सङ्गितमा चर्चा र लोक प्रियताको सिखरमा रहनु भएका सङ्गीतकार अर्जुन पोखरेल र सफल चर्चित गायिका दुर्गा  खरेल बुबा आमा बन्ने भएकाछन ।
 
सङ्गीतकार अर्जुन पोखरेलले आफ्नो फेसबुक इन्स्टाग्राममा  गायिका दुर्गा खरेल सङ्गको आत्मिय प्रेमील तस्बिरहरु सेयर गर्दै यो सुन्दर अनुभवको सुखद अनूभुति भनेर खुसी व्यक्त गरेकाछन नेपाली गीत संगीतमा अर्जुन र दुर्गालाई सफल र सरल सांगितिक जोडीको रुपमा हेरिन्छ ।

पोखरेल र खरेलका दर्जनौँ गीतहरु लोकप्रिय छन, र यो  जोडीको प्रेमिल  तस्विरहरु  नोर्लिङ रिसोर्टको मनोरम लोकेसनमा फोटोग्राफर महेश प्रधानले कैद गरेका हुन ।

 

Read More

चलचित्रको निर्माण घट्दो

- / सोमबार, जेठ २२, २०८०

काठमाडाैं । अघिल्लो वर्षको तुलनामा यस वर्ष चलचित्रको निर्माण सङ्ख्या घट्ने भएको छ । गत वर्षको तुलनामा यस वर्ष छायाङ्कन भइरहेको चलचित्रको सङ्ख्या कम देखिन्छ । त्यसो त पानी पर्ने समय भएकाले पनि यो समयमा ‘स्टुडियो’भन्दा बाहिर छायाङ्कन सहज हुँदैन । यद्यपि सङ्ख्याकै हिसाबमा पनि कम देखिएको निर्माताको छाता सङ्गठन नेपाल चलचित्र निर्माण सङ्घका अध्यक्ष नवल खड्काले बताए । 

काठमाडाैं । अघिल्लो वर्षको तुलनामा यस वर्ष चलचित्रको निर्माण सङ्ख्या घट्ने भएको छ । गत वर्षको तुलनामा यस वर्ष छायाङ्कन भइरहेको चलचित्रको सङ्ख्या कम देखिन्छ । त्यसो त पानी पर्ने समय भएकाले पनि यो समयमा ‘स्टुडियो’भन्दा बाहिर छायाङ्कन सहज हुँदैन । यद्यपि सङ्ख्याकै हिसाबमा पनि कम देखिएको निर्माताको छाता सङ्गठन नेपाल चलचित्र निर्माण सङ्घका अध्यक्ष नवल खड्काले बताए । 

उनले भने, “अहिले अन्य क्षेत्रमा समेत मन्दी देखिएको छ । चलचित्र त्यसबाट अछुतो छैन । सबैभन्दा पहिले गाँस, बास र कपास हो । त्यसपछि मनोरञ्जन आउँछ ।” यस अगाडि पनि चलचित्र निर्माणमा लागत बढिरहेको सन्दर्भमा निर्माता सङ्घले चिन्ता व्यक्त गरेको थियो ।

“निर्माण लागत विविध कारणले बढिरहेको छ । बजारबाट न्यूनतम आउने व्यापारको कुनै मापन नै छैन”, उनले भने । निर्देशक ज्ञानेन्द्र देउजाले अहिले बजार बुझ्न सहज नरहेको बताए । “पहिला चलचित्र निर्माण भएर प्रदर्शन हुँदा यतिसम्म लगानी फिर्ता हुन्छ भन्ने अनुमान गर्न सकिन्थ्यो । हामीले राख्ने कलाकारकै कारण वितरकबाट उठ्ने लागत पनि थियो । अहिले त्यो छैन”, निर्देशक देउजाले भने  । उनि पनि चलचित्रको पटकथामा व्यस्त छन् । 

चलचित्र व्यवसाय मात्र होइन, निर्माण पनि घट्न थालेको छ । अहिले भने ‘ह्यासट्याग माया’, ‘दिमाग खराब’, ‘देववाणी’ लगायत केही चलचित्र छायाङ्कनमा छन् । केही निर्माता पर्ख र हेरको अवस्था रहेको बुझिन्छ । आउँदो भदौबाट सम्भावना बोकेका नेपालीसँगै विदेशी चलचित्र प्रदर्शन हुँदैछन् । तिनले गर्ने व्यापारले पनि चलचित्र क्षेत्रको मार्गनिर्देश गर्ने नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले बताए । 

“अहिले चलचित्र भवनमा धेरै तथ्य बुझेर आउने गरेको पाएको छु । चलचित्र हेर्न जाउँ भनेर आइहाल्ने दर्शक कम हुनुहुन्छ”, उनले भने, “दसैँ आसपासका चलचित्रले राम्रो व्यापार गरेमा निर्माणमा तिब्रता आउने छ ।” चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार गत वर्ष विसं २०७९ मा नेपाली ५२ चलचित्र प्रदर्शन भएका थिए । 

Read More
ads-image
ads-image
ads-image
ads-image