थप समाचार मेनु

पाटेबाघका लागि प्रख्यात शुक्लाफाँटा

- / बुधबार, चैत १, २०७९ १७:१७

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघको प्रमुख बासस्थानका रूपमा प्रख्यात रहेको छ । पाटेबाघका लागि थोरै क्षेत्रफल भए पनि यहाँ ३६ बाघ रहेका छन् । 

    विश्वकै दुर्लभ मानिने बाह्रसिङ्गाको झुण्ड देख्न पाइने शुक्लाफाँटा पाटेबाघका लागि पनि प्रख्यात हुन थालेको छ । तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघका लागि पर्याप्त आहारा, गुणस्तरीय बासस्थान लगायतले गर्दा बाघको सङ्ख्या बढ्दै गएको निकुञ्ज कार्यालयले जनाएको छ ।
    
    निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले तराईका अन्य राष्ट्रिय निकुञ्जभन्दा शुक्लाफाँटामा धेरै बाघ रहेको बताए । “शुक्लाफाँटा बाघको राम्रो बासस्थान बनेको छ”, उनले भने, “यहाँ बाघको आहाराका प्रजाति धेरै हुनुले पनि बाघको सङ्ख्या बढेको हो ।” 

    उनले शुक्लाफाँटाभित्र रहेको ठूलो घाँसेमैदान, तालतलैया र बाघका लागि प्रशस्त आहारा प्रजाति रहेको बताए । शुक्लाफाँटामा बाघको प्रमुख आहारा बाह्रसिङ्गा, रतुवा, चित्तल र बँदेल छन् । “निकुञ्जभित्र प्राकृतिक ताल र तीन ठूला नदी छन्”, सहायक संरक्षण अधिकृत ऐरले भने, “योबाहेक निकुञ्ज कार्यालयले १४ कृत्रिम तालसमेत बनाएको छ, त्यसले गर्दा वन्यजन्तुलाई प्यास मेटाउन सहज भएको छ ।” 

    निकुञ्ज क्षेत्रमा चौधर नदी, स्याली नदी र महाकाली नदी रहेका छन् । चौधर नदी यहाँका वन्यजन्तुका लागि प्यास मेटाउने प्रमुख नदी रहेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्ज प्रशासन, नेपाली सेना र मध्यवर्ती क्षेत्रका उपभोक्ता समितिको पनि संरक्षणले चोरीसिकारी शून्य भएका कारण पनि बाघको सङ्ख्यामा वृद्धि भएको हो । 

    सन् २०१३ को गणनाअनुसार १७ बाघ रहेको यस निकुञ्जमा २०२२ को गणनामा सङ्ख्या ३६ पुगेको हो । निकुञ्जको वरिपरि मानव बस्ती भए पनि बाघ र मानवबीच द्वन्द्व नरहेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जमा सन् २००८ देखि स्वचालित क्यामरा प्रविधिबाट बाघ गणना तथा अनुगमन भइरहेको छ । 

सम्बन्धित समाचार

दार्चुलाका स्थानीय तह दमकलबिहिन

- / सोमबार, चैत १३, २०७९

दार्चुला । दार्चुलाका आठ स्थानीय तह दमकल (बारुणयन्त्र) बिहिन अवस्थामा छन् । नौ तहमध्ये महाकाली नगरपालिकासित मात्र दमकल छ । तर उक्त दमकल पनि प्रयोगबिहीन अवस्थामा छ । अन्य आठ स्थानीय तहमा यातायातको पहुँच भएर पनि दमकलको सुविधा छैन् । सबैभन्दा पहिला यातायात सेवाको पहुँचमा पुगेको शैल्यशिखर नगरपालिकाले समेत हालसम्म दमकल खरीद गर्न नसकेको स्थानीयको गुनासो छ । 
 

दार्चुला । दार्चुलाका आठ स्थानीय तह दमकल (बारुणयन्त्र) बिहिन अवस्थामा छन् । नौ तहमध्ये महाकाली नगरपालिकासित मात्र दमकल छ । तर उक्त दमकल पनि प्रयोगबिहीन अवस्थामा छ । अन्य आठ स्थानीय तहमा यातायातको पहुँच भएर पनि दमकलको सुविधा छैन् । सबैभन्दा पहिला यातायात सेवाको पहुँचमा पुगेको शैल्यशिखर नगरपालिकाले समेत हालसम्म दमकल खरीद गर्न नसकेको स्थानीयको गुनासो छ । 
 
    सदरमुकामस्थित खलङ्गा बजारमा अव्यवस्थित बसोबासका कारण सबै क्षेत्रमा दमकल चलाउन मिल्ने सडक छैन । यसबाट आगलागी नियन्त्रणमा समस्या भएको  स्थानीय धिरज ऐरीले बताए । “बाक्लो बस्ती छ, आगलागी भएको अवस्थामा दमकल लैजान मिल्ने अवस्था छैन”, उनले भने । अव्यवस्थितरुपमा घर निर्माण गर्दा समस्या भएको ऐरीको भनाइ छ । 

    गत वर्ष सदरमुकाम खलङ्गामा एउटा पसलमा आगलागी भयो । तर उक्त ठाउँमा दमकल नै जान सकेन । लाखौँ रुपैयाँको क्षति भयो । जिल्लामा धेरै ठाउँमा आगलागीका घटना हुने गरेका छन । आगो नियन्त्रण गर्न स्थानीय तहसित दमकल नहुँदा क्षती बेहोर्नु परेको शैल्यशिखर नगरपालिका–६ का जितेन्द्र धामी बताउँछन् ।
 
    दमकल खरीद गर्न स्थानीय तहले चासो दिएका छैनन् । जनप्रतिनिधिले आफ्ना लागि सवारीसाधन खरिद गर्न चासो दिएपनि दमकल किन्न ध्यान नदिएको सर्वसाधारणको गुनासो छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहले दमकल सञ्चालन गर्ने व्यवस्था गरे पनि यहाँका स्थानीय तहले हालसम्म यस सम्बन्धी कार्यविधि बनाएका छैनन् । दमकल खरिका लागि विभिन्न बहाना गर्ने स्थानीय तहले डोजर किन्न भने होडवाजी गर्ने गरेका छन् । अधिकांश स्थानीय तहले पालिकाको रकमबाट स्काभेटर खरिद गरेका छन् । 

Read More

सडक हरियाली बनाउने अभियानमा धनगढी उपमहानगर

- / आइतबार, चैत १२, २०७९

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले सडक किनारालाई हरियाली बनाउने अभियान अगाडि सारेको छ । विभिन्न सङ्घसंस्थाको सहकार्यमा उपमहानगरले सो अभियान कार्यान्वयनमा ल्याएको हो ।

अभियान अन्तर्गत मोहना–अत्तरिया सडकमा काठमाडौँको जावलाखेल ग्रुपदेखि नगर विकास कोषको सहयोगमा बिरुवा रोपिएका छन् । सडकको बीचभागमा वृक्षरोपण गर्नुका साथै तारजालीसमेत लगाएको छ । छ लेन सडकको धनगढी

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले सडक किनारालाई हरियाली बनाउने अभियान अगाडि सारेको छ । विभिन्न सङ्घसंस्थाको सहकार्यमा उपमहानगरले सो अभियान कार्यान्वयनमा ल्याएको हो ।

अभियान अन्तर्गत मोहना–अत्तरिया सडकमा काठमाडौँको जावलाखेल ग्रुपदेखि नगर विकास कोषको सहयोगमा बिरुवा रोपिएका छन् । सडकको बीचभागमा वृक्षरोपण गर्नुका साथै तारजालीसमेत लगाएको छ । छ लेन सडकको धनगढी चौराहबाट भन्सारसम्म तारजाली लगाउने काम जावलाखेल ग्रुपले गरेको हो । बोराडाँडीबाट विमानस्थल जाने बाटोसम्म धनगढी उपमहागरले आफ्नै लगानीमा बोटबिरुवा रोपेको जनाएको छ ।

“छ लेन सडकमा वृक्षरोपण लगाउनुका साथै तारजाली लगाउने काम भएको छ”, धनगढी उपमहानगरका इञ्जीनियर उपेन्द्र भट्टले भने । “यसमा जावलाखेल ग्रुप, सूर्य नेपाल प्रालि, धनगढी विकास समिति र उपमहानगरको लगानी रहेको छ ।” सूर्य नेपालले यएरपोर्ट जाने बाटोबाट गोदावरी नगरपालिका अर्थात् सिमानासम्म बोटबिरुवा रोप्ने र तारजाली लगाउने काम गरेको इञ्जीनियर भट्टले जानकारी दिए ।

छ लेन सडक विभिन्न भागमा विभिन्न प्रजातिका बोटबिरूवा तथा फूलको बोट रोपेका हुन् । उपमहानगरपालिकालाई हरियाली तथा सौन्दर्यीकरण बनाउन सडकमा वृक्षरोपण गरिएको नगरप्रमुख गोपाल हमालले बताए । नगरलाई सुन्दर, सफा र हराभरा बनाउन वृक्षरोपण अति नै आवश्यक रहेको उनको भनाइ छ । “स्वच्छ, सफाका लागि बोटबिरुवा रोप्न आवश्यक छ”, उनले भने । “त्यसले गर्दा उपमहागरले वार्षिक दुई हजार बिरुवा रोप्नुका साथै हुर्काउने अभियान बनाएको छ । त्यसमा पनि टि–गार्डसहित हुनेछ ।”  अझ छ लेन सडकको बीच भागमा बिरुवा र दुबो लगाएर हरियाली बनाउने नगरप्रमुख हमालले बताउनुभयो । छ लेनमात्र होइन निर्माणधीन अवस्थामा रहेका सहिदगेट क्याम्पस रोड सडक, ट्राफिक चौराह क्याम्पस चोकलगायतका सडकमा बिरुवा रोप्ने अभियान छ । उनले रोपिएका बिरुवा जोगाउनका लागि स्थानीयको साथ सहयोगबिना सम्भव नभएको बताए । “स्थानीयको सहयोगबिना कुनै पनि काम असम्भव हुन्छ”, उनले भने । “बिरुवा चोरी हुनेदेखि गाईवस्तुबाट बचाउन सबैले लाग्नुपर्नेछ ।” वृक्षरोपण र सरसफाइ एकअर्काबीच अन्तरसम्बन्ध रहेकाले यसले सुन्दर र हराभरा देखिने बिरुवाको संरक्षण गर्नुपर्ने उनले जोड दिए।

उपमहानगरले रोपिएका बिरुवा हुर्काउनका लागि साँझ, बिहान सिँचाइसमेत गर्ने गरेको छ । उपमहानगरको सडक हरियाली पार्ने अभियानले स्थानीय पनि हर्षित भएका छन् । सडक मिडियम, दायाँ र बायाँ भागमा बिरुवा रोप्ने कार्य अति नै उत्तम भएको धनगढी उपमहानगर–२ का नितेश बटालाले बताए । “धनगढी उपमहानगरले वातावरणमैत्री सडक बनाउने अभियान चालेको छ”, उनले भने, “धनगढी प्रदेशमुकाम भएको हुँदा यसले गर्दा प्रदेशकै गौरव बढ्ने छ ।” उनले बिरुवा रोप्ने कार्य चर्चामा आउनका लागि मात्र नभएर रेखदेख महत्वपूर्ण रहेको बताए।

उपमहानगरमा नगरलाई सफा, स्वच्छ बनाउनका लागि सडकलाई हरियालीमात्र होइन, प्लाष्टिकका झोलासमेत निषेध गर्ने अभियान छ । नगर स्वच्छताका लागि जनाउँदै धनगढी उपमहानगरपालिकाले मङ्सिरदेखि प्लाष्टिकका झोला बेच्न र सामान राखेर दिन रोक लगाएको हो । उपमहानगरले प्लाष्टिकका झोला बन्द गरेपछि कपडाका झोला प्रयोग हुन थालेका छन् । 

Read More
ads-image
ads-image
ads-image
ads-image