थप समाचार मेनु

प्रतितोला १ हजार बढ्यो सुनको मूल्य 

- / बिहीबार, चैत २, २०७९ ११:१८

काठमाडौँ । बिहीबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि गत माघ १९ गते सुनको भाउ १ लाख ७ हजार ५ सय रुपैयाँसम्म पुगेको रेकर्ड छ ।अमेरिकाको सिलिकन भ्याली र सिग्नेचर बैंक बन्द भएयता अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उकालो लागिरहेको छ ।

दुई बैंक बन्द भएपछि स्टक मार्केटमा त्यसको असर पर्नुले सुनको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले अमेरिकाको स्टक मार्केट ओरालो लाग्दा लगानीकर्ता सुनमा आकर्षित भएको र यसले मूल्य बढाएको बताए । त्यस्तै चाँदी प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो ।

सम्बन्धित समाचार

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना

- / सोमबार, चैत १३, २०७९

काठमाडौँ । हुन्डाई अटोमोबाइल्सको आधिकारीक विक्रेता  लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना ल्याएको छ । यो योजना सोमबारदेखि सुरु भएको छ ।

यस योजना अन्तर्गत, ग्राहकहरुले रु ५,००,००० सम्मको आकर्षक नगद छुटका साथै गाडीको निर्माण वर्षको आधारमा रु २,००,००० सम्मको छुट पाउनेछन् । 

यस्तै नयाँ वर्ष बोनस रु ८०,००० सम्म र एक्सचेन्ज बोनस रु ८०,००० सम्म छुट प्राप्त गर्न सक्नेछन् । यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा थप १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन् । सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्गका साथै निःशुल्क सडक कर भुक्तानी सहित उपलब्ध हुनेछन् ।

Read More

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

- / सोमबार, चैत १३, २०७९

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख नौ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख नौ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला रू दुई सयले घटेको हो ।
 
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख आठ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख आ

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख नौ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख नौ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला रू दुई सयले घटेको हो ।
 
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख आठ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख आठ हजार सात सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रू १० ले घटेर रू एक हजार तीन सय ६० मा आएको महासङ्घले जनाएको छ ।
 
     महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Read More
ads-image
ads-image
ads-image
ads-image