थप समाचार मेनु

दार्चुलामा एक सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार

- / मंगलबार, जेठ ९, २०८० १२:३४

दार्चुला । दार्चुलामा एक सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल पु¥याइएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–६ उकुकी २७ वर्षीया पुष्पा महरालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तरगत नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी  ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।  

आइतबार गाउँकै स्वाथ्यचौकीमा महराले बच्चा जन्माएकी थिइन् । सात महिनामै जन्मेको बच्चाको श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार आमा र बच्चालाई जिल्ला अस्पतालमा ल्याइएको थियो ।

यहाँ पनि उपचार सम्भव नभएकाले अन्यत्र पठाउनु परेको उक्त अस्पतालले जनाएको छ । बच्चाको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरेर सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालमा पठाइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए । 

सम्बन्धित समाचार

यस्तो छ सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

- / बुधबार, जेठ २४, २०८०

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । बुधबार प्रदेशसभामा प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 

प्रदेश सरकारले कृर्षिलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको छ । 

 

 

Read More

सुदूरपश्चिमको नीति तथा कार्यक्रम आज

- / बुधबार, जेठ २४, २०८०

सुदूरपश्चिम  । सुदूरपश्चिम प्रदेशसभामा आज प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ ।
 
आज अपराह्न ४ बजेपछि बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । 

प्रदेशसभाको बैठकमा सरकारको विनियोजन विधेयक २०८०&d

सुदूरपश्चिम  । सुदूरपश्चिम प्रदेशसभामा आज प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ ।
 
आज अपराह्न ४ बजेपछि बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । 

प्रदेशसभाको बैठकमा सरकारको विनियोजन विधेयक २०८०÷८१ का सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएपछि आज नीति कार्यक्रम प्रस्तुत गर्न लागिएको हो ।

Read More
ads-image
ads-image
ads-image
ads-image