थप समाचार मेनु

मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

- / मंगलबार, माघ ३, २०७९ ०८:५०


जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज मंगलबार विश्वासको मत लिँदैछन् ।

प्रदेशसभा सचिवालयका सचिव रंजित यादवका अनुसार मुख्यमन्त्री यादवले मंगलबार दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची छ ।

गत बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका जसपा नेता यादवले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए । उनलाई ७२ जना सांसदको समर्थन छ । ६३ जना सांसदको समर्थनमा प्रदेश प्रमुख हरिशंकर मिश्रले जसपाका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । पछि ९ जना सांसद रहेको लोसपाले पनि मुख्यमन्त्री यादवलाई समर्थन गर्दै प्रदेश प्रमुख मिश्रलाई पत्र पठाएका थिए ।

मधेस प्रदेशसभामा १ सय ७ सदस्य छन् । प्रदेशसभामा कांग्रेसका २२ र नेकपा एसका ७ सांसद छन् ।

सम्बन्धित समाचार

मधेश प्रदेशमा छ महिनामा सडक दुर्घटनामा २८१ जनाको मृत्यु

- / मंगलबार, माघ १७, २०७९

महोत्तरी । मधेश प्रदेशमा सडक दुर्घटना र यसबाट हुने मानवीय क्षति बर्सेनि बढ्दो छ । चालु आर्थिक वर्ष २०७९/८० को अद्र्धवार्षिक प्रतिवेदनअनुसार छ महिनामा यो प्रदेशमा दुई सय ८१ ले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । प्रदेशको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया (बारा) को आव २०७९/८० को अद्र्धवार्षिक घटना प्रतिवेदनले यो तथ्याङ्क देखाएको हो ।

गत

महोत्तरी । मधेश प्रदेशमा सडक दुर्घटना र यसबाट हुने मानवीय क्षति बर्सेनि बढ्दो छ । चालु आर्थिक वर्ष २०७९/८० को अद्र्धवार्षिक प्रतिवेदनअनुसार छ महिनामा यो प्रदेशमा दुई सय ८१ ले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । प्रदेशको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया (बारा) को आव २०७९/८० को अद्र्धवार्षिक घटना प्रतिवेदनले यो तथ्याङ्क देखाएको हो ।

गत साउन–१ गतेदेखि गत पुस मसान्तसम्मका छ महिनामा सडक दुर्घटनाका दुई हजार आठ सय ७६ घटना भएका छन् । यी घटनामा चार हजार तीन सय ७१ घाइते भएका र दुई सय ८१ जनाले ज्यान गुमाएका कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक लक्ष्मीप्रसाद भण्डारीले बताए । बारामा मात्रै सडक दुर्घटनाका घटनामा छ महिनाभित्र ६४ जनाको मृत्यु भएको छ ।

पर्सामा सो अवधिमा २२ जनाको सडक दुर्घटनामा ज्यान गएको छ । गत साउनदेखि पुस मसान्तभित्र धनुषामा ४१, महोत्तरीमा ३५, सप्तरी र सर्लाहीमा ३३/३३, रौतहटमा २७ र सिरहामा २६ को ज्यान गएको छ ।

दिनहुँ बढ्दै गएका सवारी साधनको चाप र चालकको लापर्बाही नै दुर्घटनाको मुख्य कारण देखिएको ट्राफिक प्रहरीको अनुभव छ । मानवीय क्षतिका घटना मोटरसाइकल दुर्घटनामा बढी भएका छन् । तीव्र गतिमा मोटरसाइकल हुइँक्याउने हुँदा यो साधनको दुर्घटनामा बढी मानवीय क्षति हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।

प्रदेशभित्र आव २०७६/७७ मा एक हजार तीन सय ४०, २०७७/७८ मा तीन हजार नौ सय ८३ र २०७८/७९ मा पाँच हजार सात सय ११ सडक दुर्घटनाका घटना भए । ती घटनामा क्रमशः ४०९, ४९८ र ५७१ जनाको मृत्यु भएको तथ्याङ्क छ ।

त्यसैगरी दुर्घटनामा घाइते हुने क्रमशः एक हजार आठ ६७, छ हजार चार र नौ हजार चार सय ६४ रहेको प्रतिवेदन उल्लेख छ । पछिल्ला वर्षमा दुर्घटना, घाइते र मृतक बढेका प्रतिवेदनले देखाएको छ । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सघन जाँच र सचेतना कार्यक्रम बढाउँदै लगिएको जनाइएको छ ।

प्रदेशका आठवटै जिल्लामा ट्राफिक सचेतनाका कार्यक्रम निरन्तर आयोजना गरिएका र यस्ता कार्यक्रममा सवारी धनी, सवारी चालक, विद्यार्थी र बाटो हिँड्ने यात्रीलाई सामेल गर्ने गरिएको प्रनाउ भण्डारी बताउँछन् । यो बाहेक राजमार्ग र सहायक मार्गमा छड्के र नियमित जाँचसँगै कारबाही पनि बढाइएको छ ।

“छ महिनामै एक लाख ४६ हजार एक सय ८० वटा (दोहोरिएकासमेत) सवारी साधनलाई कारबाही गरेका छौँ, यसबाट रु १० करोड ७७ लाख १५ हजार पाँच सय राजस्व सङ्कलन भएको छ”, प्रनाउ भण्डारी भन्छन्, “विगत वर्षभन्दा जारी आवको छ महिनाको दुर्घटना र मानवीय क्षतिको सङ्ख्या अद्र्धवार्षिक अनुपातमा हेर्दा बढेकै छ ।” कारबाहीमा पर्ने सवारी साधन पनि बढेका बढ्यै छन् ।

आव २०७६/७७ मा एक लाख ९१ हजार पाँच सय २६, आव २०७७/७८ मा दुई लाख ५९ हजार एक सय ८८ र आव २०७८/७९ मा दुई लाख ६४ हजार तीन सय १० सवारी साधन जाँचको क्रममा कारबाहीमा परेका थिए । ती वर्षमा क्रमशः १२ करोड १६ लाख ६८ हजार ५००, १९ करोड १६ लाख ३७ हजार र २२ करोड ४४ लाख ४० हजार ५०० राजस्व सङ्कलन गरिएको विगत तथ्याङ्क छ । दुर्घटना र क्षति न्यूनीकरण गर्न समाजका सबै वर्ग, यात्रु, सवारीसाधन धनी र चालकमा सचेतता र जिम्मेवारीबोध बढ्न आवश्यक रहेको जनाइएको छ ।

Read More

महोत्तरीको पर्यटकीय पूर्वाधार विकासले गति लिँदै

- / मंगलबार, माघ १७, २०७९

महोत्तरी । बर्दिबास नगरवासी अहिले पर्यटकीय पूर्वाधार विकासको कामले गति लिन थालेपछि उत्साहित भएका छन् । मधेस प्रदेश सरकार र बर्दिबास नगरपालिकाको संस्कृति तथा पर्यटन प्रवर्दनन समितिले जिल्लाको पूर्वाधार विकासमा उच्च प्राथमिकता दिन थालेको छ ।  मधेसकै प्रसिद्ध धार्मिकस्थल बर्दिबास–४ माइस्थानस्थित पञ्चधुरामाई मन्दिर परिसर र बर्दिबासकै रातु नदी पश्चिमको जग्गामा प्रदेश सरका

महोत्तरी । बर्दिबास नगरवासी अहिले पर्यटकीय पूर्वाधार विकासको कामले गति लिन थालेपछि उत्साहित भएका छन् । मधेस प्रदेश सरकार र बर्दिबास नगरपालिकाको संस्कृति तथा पर्यटन प्रवर्दनन समितिले जिल्लाको पूर्वाधार विकासमा उच्च प्राथमिकता दिन थालेको छ ।  मधेसकै प्रसिद्ध धार्मिकस्थल बर्दिबास–४ माइस्थानस्थित पञ्चधुरामाई मन्दिर परिसर र बर्दिबासकै रातु नदी पश्चिमको जग्गामा प्रदेश सरकारसमेतको सहयोगमा रामजानकी ‘फनपार्क’ निर्माण हुने घोषणाले अहिले नगरवासी हौसिएका हुन् ।

“जिल्लाको समस्त चुरे पर्वत श्रेणी ओगटेको हाम्रो ठाउँमा प्राचीन धरोहर बेवारिसजस्तै छन्”, बर्दिबास–५ चेरुका भोगेन्द्रराज पौडेलले भने, “अहिले बर्दिबास नगरपालिका र प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका क्षेत्रमा पूर्वाधार विकासका काम अघि बढाइने घोषणा गरेपछि अब केही हुन्छ कि भन्ने आश जागेको छ ।”

 नगरपालिकाले प्रसिद्ध धार्मिकस्थल पञ्चधुरामाई मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने घोषणासाथ काम अघि बढाएको छ । मन्दिर परिसरको तलाउको स्तरोन्नति तथा मन्दिर परिसरको सौन्दर्य वृद्धिका लागि निर्माणको आइतबार शिलान्यास समेत भएको छ ।  

नगरपालिकाले मन्दिर परिसरको तलाउ व्यवस्थित गर्नेदेखि मनोरम वाटिका निर्माण गर्ने नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बताए। “हामी अति प्राचीन पञ्चधुरामाई मन्दिर परिसरलाई सिङ्गो मधेस प्रदेशले नै गर्व गर्न सक्ने गरी काम अघि बढाउँछौँ”, उन भने, “यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित बनाउन मन्दिरको आठ कठ्ठा क्षेत्रफलमा सुन्दर वाटिका निर्माण गरिने छ ।” नगरप्रमुख क्षेत्रीसँगै नगरको संस्कृति तथा पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष हीरालाल गौतमले अब पर्यटन प्रवद्र्धनका क्षेत्रमा योजनाबद्ध काम थालिने उल्लेख गरे ।

नगरमा संस्कृतिको जगेर्ना र पर्यटकीय सम्भावनाको विकास गर्न नै नगरपालिकाले नगर क्षेत्रका संस्कृतिविद्, पर्यटन व्यवसायी र स्थानीय उद्यमीलाई सम्मिलित गरेर संस्कृति तथा पर्यटन प्रवद्र्धन समिति गठन गरेको नगरप्रमुख क्षेत्रीको भनाइ छ । 

“अहिले रु ९० लाख विनियोजित छ, यसबाट तलाउ व्यवस्थापनमा रु ४० र वाटिका निर्माणमा रु ५० लाख खर्च गरिने छ”, नगरप्रमुख क्षेत्री भन्छन्, “रकमकै अभावमा पञ्चधुरामाई मन्दिर परिसरको सौन्दर्य वृद्धिको योजना अलपत्र पर्न दिँदैनौँ ।” यसका लागि प्रदेश र सङ्घीय सरकारसँग आवश्यक थप सहयोग जुटाउन प्राथमिकता दिइएको  समितिका अध्यक्ष गौतम बताउछन्।

पूर्वपश्चिम राजमार्गबाट उत्तरतर्फ करिब दुई किलोमिटर वन क्षेत्र छिचोलेर पुगिने पञ्चधुरामाई मन्दिर वन र लताकुञ्जभित्र अत्यन्त मनोरम छ । मन्दिर परिसरकै तलाउमा एक दशक अघिसम्म जस्तोसुकै प्रचण्ड गर्मीमा पनि पानी सुक्दैनथ्यो र सदावहार कमल ढकमक्क फुलेको देखिन्थ्यो । तर पछिल्ला केही वर्षयता वन विनास र अन्य प्राकृतिक प्रकोप तथा व्यवस्थापकीय बेवास्ताले तलाउ हिउँदमै सुकेर खण्डहरझैँ बन्ने गरेको माइस्थान बस्तीका रामजी पौडेल बताउछन् । आदिकालकै यो मन्दिर परिसरको सौन्दर्य वृद्धिको काम घोषणा गरिएअनुरुप बढे मधेसको मात्र नभएर छिमेकी मुलुक भारतका पर्यटकका लागि पनि प्रमुख गन्तव्य हुने बर्दिबासवासी बताउँछन् ।

पञ्चधुरा मन्दिर परिसरसँगै यसैपालि रातु पुलवारि पूर्वपश्चिम राजमार्गबाट दक्षिणतर्फ रामजानकी ‘फनपार्क’ निर्माण हुने नगरप्रमुख क्षेत्रीको भनाइ छ । नगरपालिकाले ३० बिघा जग्गा व्यवस्था गरेर बनाइने यो रामजानकी ‘फनपार्क’ का लागि मधेस प्रदेश सरकारले नगरलाई रु दुई करोड १५ लाख उपलब्ध गराइसकेको क्षेत्रीले जानकारी दिए । मिथिलापुत्रीमात्र नभएर राष्ट्रकै विभूति सीता (जानकी) र हिन्दू परम्परामा मर्यादा पुरुषोेत्तम मानिने श्रीरामका नाममा निर्माण हुने यो पार्कका लागि थप सहयोग जुटिरहेको बर्दिबास नगरपालिकाले जनाएको छ । अहिले तत्काल सुरु गरिन लागेका यी दुवै योजना नगरको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण हुने नगरप्रमुख क्षेत्री बताउछन् ।

पूर्वपश्चिम सरदर १८ र उत्तरदक्षिण ३० किलोमिटर दूरीभित्रको बर्दिबास नगर क्षेत्र महोत्तरीको चुरे पर्वत श्रेणी छुने एकमात्र स्थानीय तह हो । यहाँ पञ्चधुरामाई मन्दिरका अतिरिक्त आदिकालदेखिका धार्मिकस्थल टुटेश्वरनाथ र राईमण्डल धार्मिक क्षेत्र छन् । टुटेश्वरनाथ शिवलिङ्गको ख्याति मधेस र सीमावर्ती भारतका आठ–दश जिल्लामा छ । महाशिवरात्रि र साउने मेलामा यहाँ लाखौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् ।

त्यसैगरी आदिकालमा स्वर्गका राजा इन्द्रले तपस्या गरेर इन्द्रेश्वर महादेवको शिवलिङ्ग स्थापना गरेको मानिने राईमण्डल धार्मिक क्षेत्र छ । यी धार्मिकस्थलबाहेक कालापानीस्थित लक्ष्मीनारायण मन्दिर, कामेश्वर मन्दिर, बर्दिबास रङ्गशाला, कालापानी वनवाटिका, कारेभोगटे ‘पिकनिकस्पट’ (वनभोजस्थल) र गत वर्षमात्रै बनेको रातु नदी किनारको मित्रपार्क पर्यटकीय सम्भावनाका ठाउँ मानिन्छन् । यी ठाउँको विकासमा आवश्यक पूर्वाधार थप्दै लान सकिए बर्दिबास सुन्दर र रोजाइको पर्यटकीय गन्तव्यका रूपमा विकसित हुने बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्काले बताए  ।

Read More