थप समाचार मेनु

'ए' डिभिजन लिगमा आज तीन खेल हुँदै

- / शनिबार, चैत ४, २०७९ ०९:३१

 

काठमाडौँ । शहीद स्मारक ’ए’ डिभिजन लिगमा शनिबार पाँचौं चरणका अन्तिम तीन खेल हुँदैछन् । च्यासल खेल मैदानमा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबीच दिउँसो साढे २ बजे प्रतिस्पर्धा हुनेछ ।

यस्तै, दशरथ रङ्गशालामा सोही समयमा नेपाल पुलिस क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ भने  साँझ साढे ५ बजे हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लब भिड्नेछन् ।

सम्बन्धित समाचार

ललितपुर मेयर कप महिला क्रिकेट : आयोजकविरुद्धको खेलमा मधेस विजयी

- / सोमबार, चैत १३, २०७९

ललितपुर  । मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस प्रदेश एक विकेटले विजयी भएको हो । 

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ललितपुर मेयर्सले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाएर ९६ रन बन

ललितपुर  । मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस प्रदेश एक विकेटले विजयी भएको हो । 

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ललितपुर मेयर्सले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाएर ९६ रन बनायो । मधेस प्रदेशले ९७ रनको विजयी लक्ष्य १९ दशमलव दुई ओभरमा नौ विकेट गुमाएर पूरा ग¥यो । मधेसका लागि सरस्वती कुमारीले अविजित ३२, एलिसा यादवले १६ र सीमा कँवरले १५ रन बनाइन् । बलिङतर्फ ललितपुर मेयर्सकी सोनी पाख्रीन र कृतिका मरासैनीले दुई दुई तथा अश्मिना कर्माचार्य र मनिषा उपाध्यायले एक एक विकेट लिइन् । 

    यसअघि ब्याटिङ गर्दै ललितपुर मेयर्सका लागि सोनी पाख्रीनले ३४, लक्ष्मी चौधरीले २३ तथा सृष्टी जैसीले १५ रन बनाइन् । बलिङतर्फ मधेसका लागि सरस्वती कुमारीले दुई तथा कविता गौतम, रोजी कडारी र अनुराधा चौधरीले एक एक विकेट लिइन् । जितसँगै मधेस प्रदेश अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ । आयोजक ललितपुर मेयर्स जितबिहीन रहँदै अङ्क तालिकाको पुछारमा छ । 

    ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत केहीबेरमा कीर्तिपुरस्थित मैदानमा अर्को खेल कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुँदैछ । 

Read More

एक खेलअघि अफगानिस्तानले जित्यो पाकिस्तानविरुद्धको टी-२० सिरिज

- / सोमबार, चैत १३, २०७९

काठमाडौं । अफगानिस्तानले एक खेल अगावै पाकिस्तानविरुद्धको टी-२० सिरिज जितेको छ ।

दोस्रो खेलमा आइतबार राति पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै अफगानिस्तानले ऐतिहासिक सिरिज जितेको हो । पहिलो खेल अफगानिस्तानले ६ विकेटले जितेको थियो । पाकिस्तानविरुद्धको अफगानिस्तानले पहिलो पटक सिरिज जितेको हो ।

शारजाहमा भएको खेलमा पाकिस्तानले दिएको १३१ रनको लक्ष्य अफगानिस्तानले १

काठमाडौं । अफगानिस्तानले एक खेल अगावै पाकिस्तानविरुद्धको टी-२० सिरिज जितेको छ ।

दोस्रो खेलमा आइतबार राति पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै अफगानिस्तानले ऐतिहासिक सिरिज जितेको हो । पहिलो खेल अफगानिस्तानले ६ विकेटले जितेको थियो । पाकिस्तानविरुद्धको अफगानिस्तानले पहिलो पटक सिरिज जितेको हो ।

शारजाहमा भएको खेलमा पाकिस्तानले दिएको १३१ रनको लक्ष्य अफगानिस्तानले १९.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो ।

अफगानिस्तानका लागि ओपनर रहमानुल्लाह गुर्बाजले ४९ बलमा सर्वाधिक ४४ रन बनाए । उनले  २ चौका र १ छक्का प्रहार गरे । इब्राहिम जद्रान ४० बलमा ३८ रन जोडे ।

नजिबुल्लाह १२ बलमा २ चौका र १ छक्का मदतमा अविजित २३ रन बनाए । यस्तै मोहम्मद नावीले ९ बलमा अविजित १४ रन जोडे । उनले एक छक्का प्रहार गरे । पाकिस्तानका जमान खान र इनसाहउल्लाहले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनाएको थियो ।

पाकिस्तानका लागि इमाद वासिम ५७ बलमा ३ चौका र २ छक्कासहित अविजित रहँदै सर्वाधिक ६४ रन बनाए । कप्तान शादब खानले ३२ रन जोडे ।

अफगानिस्तानका लागि फजलहक फारुकीले २ तथा नविन उल हक, राशिद खान र करिम जन्नतले १-१ विकेट लिए । पाकिस्तान र अफगानिस्तानबीचको तेस्रो टी-२० सोमबार हुनेछ ।

Read More
ads-image
ads-image
ads-image
ads-image