थप समाचार मेनु

सिट बेल्ट नलगाएको भन्दै बेलायतका प्रधानमन्त्रीलाई जरिवाना

- / शनिबार, माघ ७, २०७९ १२:२८

लण्डन । बेलायती प्रहरीले शुक्रबार प्रधानमन्त्री ऋषि सुनकलाई गुडिरहेको कारमा सिट बेल्ट नलगाएकोले जरिवाना गरेको छ।

ट्राफिक नियमको उल्लङ्घन गरेको भन्दै प्रधानमन्त्री सुनकको नाम नलिइ लन्काशायर प्रहरीले लन्डनका ४२ वर्षीय पुरुषलाई जरिवाना गरेको बताएको छ । 

'लङ्कशायरमा गुडिरहेको कारमा यात्रुले सिट बेल्ट नलगाएका लण्डनका ४२  वर्षीय व्यक्तिलाई  जरिवाना  गरेका छौँ', लेन्काशायर प्रहरीले ट्वीट गरेको छ । उक्त जरिवाना सूचना अनुसार कारबाहीमा परेका व्यक्तिले २८ दिनभित्र सम्बन्धित निकायमा सो जरिवाना तिरिसक्नुपर्नेछ । 

प्रधामन्त्री सुनकलाई ५० पाउण्ड  (६२ अमेरिकी डलर) जरिवाना गरिएको  बताइएको छ ।  
सामान्यतया सिट बेल्ट नलगाएका यात्रुलाई १०० पाउन्डसम्म जरिवाना गर्न सकिने कानून छ।  यदि  सो सम्बन्धित मुद्दा अदालतसम्म पुगेमा त्यो जरिबाना बढेर बढेर ५०० पाउन्डसम्म पुग्न सक्छ।  

जरिवानाको घोषणा लगत्तै प्रधानमन्त्रीको कार्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ, 'प्रधानमन्त्रीले यो गल्तीलाई पूर्ण रूपमा स्वीकार गरेको र माफीसमेत माग्नु भएको छ। आगामी दिनमा नियम पूर्णरूपमा पालना गर्नुहुनेछ।'-रासस

सम्बन्धित समाचार

मन्दिर तोडफोड र भारतविरोधी भित्तेचित्र बनाइएकामा आपत्ति

- / मंगलबार, माघ १७, २०७९

एजेन्सी । क्यानााडको ब्राम्पटनस्थित गौरीशङ्कर मन्दिरमा भारतविरोधी भित्तेचित्र बनाइएकामा भारतले आपत्ति जनाएको छ । यहाँस्थित भारतीय महावाणिज्य दूतावासले उक्त कार्यको निन्दा गर्दै त्यसबाट क्यानाडामा रहेका भारतीय समुदायको भावनामा गहिरो चोट पुगेको बताएको छ । सोमबार उक्त मन्दिरमा तोडफोडसमेत भएको थियो । 

    भारत विरोधी विकृत चित्र र  तोडफोडको निन्दा

एजेन्सी । क्यानााडको ब्राम्पटनस्थित गौरीशङ्कर मन्दिरमा भारतविरोधी भित्तेचित्र बनाइएकामा भारतले आपत्ति जनाएको छ । यहाँस्थित भारतीय महावाणिज्य दूतावासले उक्त कार्यको निन्दा गर्दै त्यसबाट क्यानाडामा रहेका भारतीय समुदायको भावनामा गहिरो चोट पुगेको बताएको छ । सोमबार उक्त मन्दिरमा तोडफोडसमेत भएको थियो । 

    भारत विरोधी विकृत चित्र र  तोडफोडको निन्दा गर्दै महावाणिज्य दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “क्यानाडामा रहेका भारतीय समुदायको भावनामा गहिरो चोट पु¥याएको छ, हामी यसको घोर भत्र्ससना गर्दछौँ । हामीले क्यानाडाका अधिकारीहरूसँग यस विषयमा हाम्रो चिन्ता र चासो व्यक्त गरेका छौँ।” 

    ब्राम्पटनका मेयर प्याट्रिक ब्राउनले तोडफोडको निन्दा गरेका गर्नुभएको छ भने क्यानाडाका अधिकारीहरूले उक्त घटनाको अनुसन्धान गरिरहेका छन् । “तोडफोडको यो घृणित कार्यको हाम्रो शहर वा देशमा कुनै स्थान छैन, सबैले आ–आफ्नो धार्मिक आस्थाको स्थानको पूजामा सुरक्षित महसुस गर्न पाउनुपर्छ,” ब्राम्प्टनका मेयरले ट्वीटरमा भनेका छन् । 

    क्यानाडामा मन्दिरमा तोडफोड भएको यो पहिलो घटना भने होइन । यसअघि गत सेप्टेम्बरमा पनि क्यानडाको बिएपीएस स्वामीनारायण मन्दिरलाई क्यानाडाली अतिवादीले भारत विरोधी भित्तेचित्रले विकृत पारेका थिए । 

Read More

हाइटीका बालबालिकाको जीवन रक्षाको खाँचो

- / मंगलबार, माघ १७, २०७९

एजेन्सी । हाइटीमा ठूलो सङ्ख्याका बालबालिकाको जीवन रक्षाको खाँचो रहेको देखिएको छ । यहाँका लाखौँ जना बालबालिकालाई यसवर्ष यस्तो आवश्यकता पर्ने देखिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घले जनाएअनुसार हाइटीका २६ लाख  बालबालिकालाई जीवन रक्षाका लागि सहयोग आवश्यक रहेको देखिएको छ । यो सन् २०२१ को तुलनामा यो बढेको सङ्ख्या हो ।सन् २०२१ सम्ममा यहाँका पचास ल

एजेन्सी । हाइटीमा ठूलो सङ्ख्याका बालबालिकाको जीवन रक्षाको खाँचो रहेको देखिएको छ । यहाँका लाखौँ जना बालबालिकालाई यसवर्ष यस्तो आवश्यकता पर्ने देखिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घले जनाएअनुसार हाइटीका २६ लाख  बालबालिकालाई जीवन रक्षाका लागि सहयोग आवश्यक रहेको देखिएको छ । यो सन् २०२१ को तुलनामा यो बढेको सङ्ख्या हो ।सन् २०२१ सम्ममा यहाँका पचास लाख बालबालिकालाई जीवन रक्षाका लागि सहयोग आवश्यक रहेकामा यस वर्ष थप २६ लाख थपिएका हुन् ।

संयुक्त राष्ट्रसङ्घले हाइटीका यी बालबालिकाले पाउनुपर्ने पोषण तथा आधारभूत स्वास्थ्य सुविधा पनि प्राप्त गर्न नसकेका कारण उनीहरुलाई तत्कालै सहायताको खाँचो परेको संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका प्रमुख प्रवक्ता स्टेफान डुजारिकले जानकारी दिएका हुन् । 

उहाँले हाइटीमा विद्यमान हिंसा, हैजाको प्रकोप, खाद्य असुरक्षा एवं आर्थिक मन्दी आदि कारणले गर्दा यहाँको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएकाले यहाँका लाखौँ बालबालिकालाई खाद्यान्नकै अभाव हुन पुगेको पनि बताइएको छ ।

संयुक्त राष्ट्रसङ्घीय बालकोष, युनिसेफले यहाँका बालबालिकाका लागि सहयोग जारी राखेको भन्दै तर यो सहयोग पनि आवश्यकता अनुरुप हुन नसकेकाले यस वर्षका लागि आवश्यक अन्य मानवीयता सहायताका लागि सहयोगको अपिल गरिएको हो । 

Read More