थप समाचार मेनु

बारामा सवारीसाधनको ठक्करबाट एकजनाको मृत्यु

- / आइतबार, फागुन २८, २०७९ ०९:३५

काठमाडौं ।
बाराको महागढीमाई नगरपालिका–८, थलही पुलमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

कलैयाबाट लंगडा चोकतर्फ जाँदै गरेको ना३७प ४१४८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको हाल नम्बर पहिचान नभएको सवारीसाधनले हिजो साँझ करिब साढे ६ बजे ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक बाराकै आदर्श कोतवाल गाउँपालिका–१, जमुनियाका अन्दाजी २२ वर्षीय विकासकुमार साह घाइते भएका थिए । उनको उपचारका क्रममा वीरगन्जस्थित गण्डक अस्पतालमा हिजै बेलुका पौने ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने सवारीसाधनसहित चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

धनुषामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

- / सोमबार, चैत १३, २०७९

जनकपुरधाम । धनुषामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका-३ का २९ वर्षीय विष्णुबहादुर फुयाल रहेका छन् ।

मृतक फुयाल सोही ट्याक्टरका चालक हुन् । फुयालले ज१च ३४३७ ट्याक्टर लिएर क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरबाट बटेश्वर गाउँपालिका-५ शान्तिपुर जाँदै गर्दा एभरेष्ट पेपर मिल नजिक दुर्घटना भएको हो ।

फुयालको घटनास्थल

फुयालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

घटना स्थलमा मुचुल्का गरी शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाउने तयारी र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

धनुषामा दुईवटा ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु

- / शनिबार, चैत ११, २०७९

धनुषा । धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको घटनस्थलमै मृत्यु भएको छ ।

    पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना६ख ६५७८ नंको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ख ९२९२ नंको ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा सुनसरीका २८ वर्षीय चालक सागर चौधरी, सहचालक अर्जुन चौध

धनुषा । धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको घटनस्थलमै मृत्यु भएको छ ।

    पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना६ख ६५७८ नंको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ख ९२९२ नंको ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा सुनसरीका २८ वर्षीय चालक सागर चौधरी, सहचालक अर्जुन चौधरी र मोरङका ४४ वर्षीय लोकमान श्रेष्ठको मृत्यु भएको धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

    सो दुर्घटनामा  सर्लाहीका २० वर्षीय नारायण श्रेष्ठ घाइते भएका छन् । घाइतेको  ढल्केवर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Read More
ads-image
ads-image
ads-image
ads-image