थप समाचार मेनु

कलाश्री सम्मान मानन्धरलाई

- / बिहीबार, फागुन ११, २०७९ १6:४३

काठमाडौं । नेपाली कला साहित्य डटकम प्रतिष्ठानद्वारा बर्सेनि दिँदै आएको राष्ट्रिय कलाश्री सम्मान र पुरस्कार २०७९ सालका लागि विभिन्न स्रष्टालाई समर्पण गरिएको छ । कार्यक्रममा वरिष्ठ कलाकार किरण मानन्धरलाई  कलाश्री सम्मान अर्पण गरियो । 

    त्यस्तै रू एक लाख राशिको कलाश्री पुरस्कार समालोचक प्रा डा लक्ष्मण गौतम, रू ७५ हजार राशिको ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार साहित्यकार भूपिन, रू ६० हजार राशिसहितको थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार ललित फोटोग्राफर जगदीश तिवारी, रू ५० हजार राशिको बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार डा टङ्क उप्रेती र  रू ५० हजार राशिको पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार गायिका मेलिना राईलाई प्रदान गरियो । 

    आफू सम्मानित भएपछि कलाकार मानन्धरले आफूले पाएको सम्मान राष्ट्रका युवा कलाकारलाई समर्पण गर्न चाहेको बताए । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले कलासाहित्यको उत्थानमा प्रतिष्ठानले पु¥याएको विशिष्ट योगदानको प्रशंसा गरे ।  संस्थाका प्रमुख संरक्षक डा विमल कोइरालाले कलासाहित्य शाश्वत हुने बताए ।  प्रतिष्ठानका अध्यक्ष मोमिलाले संस्थाले पन्ध्रवर्षीय मार्गचित्रलाई कार्यान्वयन गरिसकेको भए पनि अझ निरन्तर क्रियाशील भएर काम गरिरहने प्रतिबद्धता व्यक्त गरे । समारोहमा सम्मानित र पुरस्कृत स्रष्टाको परिचय सर्जक महेश पौड्यालले दिएका थिए । 

सम्बन्धित समाचार

कलाकार दम्पतीको चित्रकला प्रदर्शनी

- / शनिबार, चैत ४, २०७९

काठमाडौँ । कलाकार दम्पती इशान परियार र सविता डङ्गोलको मिल्दो विचार भावमा चित्रकला प्रदर्शनी भइरहेको छ । गत फागुन १७ देखि सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलमा जारी प्रदर्शनी यही चैत ९ गतेसम्म सञ्चालन हुनेछ ।

कलाकार जोडीले आफ्नो विवाह उत्सवको अवसर पारेर चौथो युगल प्रदर्शनी आयोजना गरेका हुन् । मिल्दो विचार भावमा कोरिएका २२ वटा चित्र प्रदर्शनीमा समेटिएका छन् । नेपाली समसामयिक

काठमाडौँ । कलाकार दम्पती इशान परियार र सविता डङ्गोलको मिल्दो विचार भावमा चित्रकला प्रदर्शनी भइरहेको छ । गत फागुन १७ देखि सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलमा जारी प्रदर्शनी यही चैत ९ गतेसम्म सञ्चालन हुनेछ ।

कलाकार जोडीले आफ्नो विवाह उत्सवको अवसर पारेर चौथो युगल प्रदर्शनी आयोजना गरेका हुन् । मिल्दो विचार भावमा कोरिएका २२ वटा चित्र प्रदर्शनीमा समेटिएका छन् । नेपाली समसामयिक कलामा  डुङ्गा र काइयो बनाउने कलाकारको रुपमा नेपाली कला जगत्मा चिन्ने गरेको छ । प्रदर्शनीमा दुवै कलाकारले एउटै क्यानभासमा पनि केही चित्र बनाएर समावेश गरेका छन् ।
  
इन्कार्नेसन र इन्टर्फिउजन शीर्षक यी दुई चित्रमा पहिलोमा शिव र पार्वतीको अर्धानारेस्वरको शरीरलाई मुख्य विषयको रुपमा प्रस्तुत गरिएको छ । जसमा दुवै कलाकारले दायाँ र बायाँ आआफ्नो परिवेशलाई अत्यन्तै मनमोहकरुपमा प्रस्तुत गरिएको छ । अर्धानारेस्वरको रुपलाई आफ्नै शैलीमा कोरिएको यो चित्रमा पृष्ठभूमिमा चन्द्र र सूर्यलाई एउटै क्यानभासमा दायाँ र बायाँ बनाइएको छ ।

यो चित्रमा मूलतः प्रकृति र पुरुषको संयोजनलाई आकर्षक रङमा बनाइएको छ । अर्को चित्र इन्टरफिउजन मा यिङयाङको आकारभित्र एक जोडी युवायुवती र आआफ्नो परिवेशअनुसारको हिमाल, मठ मन्दिर स्तूपा, घर आदि आकृतिलाई बनाइएको छ । 

इशानको अर्को चित्रमा काष्ठमण्डपलाई लिएर समय बितेर जान्छ भन्ने कुरालाई देखाउन खोजिएको छ भने अर्को वेल्कम ब्याक टु होम भन्ने चित्रमा प्रसिद्ध कलाकार लिओनार्दो दा भिन्चीको पात्र मोनालिसालाई नेपाली ढाकाको पहिरनमा लक्ष्मीनारायणको मूर्ति विदेशबाट नेपालमा फिर्ता ल्याइएको सन्दर्भलाई मोनालिसाजस्तो बहुमूल्य कृतिजस्तै हाम्रो नेपालका मूर्ति पनि महत्वपूर्ण र मूल्यवान् छन् भनी देखाउन खोजिएको छ । 

त्यस्तै सविताको अर्को चित्रमा एक जोडीलाई सुगामा चढी उडिरहेको अवस्थामा सेल्फी स्टिक र एअर फोन लिएको देखाइएको छ ।

Read More

सरस्वती आधारभूत विद्यालय प्राङ्गणमा पालिकाभित्रका विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

- फरक दृष्टि / शुक्रबार, पौष १५, २०७९

रसुवा जिल्लाको उतरी भूभाग,आमाछोदिङमो गाउँपालिकाको थाम्बुचेतबजारको सरस्वती आधारभूत विद्यालय प्राङ्गणमा पालिकाभित्रका विद्यालय स्तरीय चित्रकला प्रतियोगिता-२०७९ कार्यक्रम आज सम्पन्न भएको छ । ५ नं वडाका अध्यक्ष दावागोम्बो तामाङ `रामदाइ'को सभापतित्वमा सम्पन्न कार्यक्रममा १२ बिधालयका २२ विद्यार्थीले सहभागीता जनाए।

पालिकाका प्रमुख प्रशासकिय अधिकृत अमर जिसीको बिशेष आतिथ्यता, र पालिका उपाध

रसुवा जिल्लाको उतरी भूभाग,आमाछोदिङमो गाउँपालिकाको थाम्बुचेतबजारको सरस्वती आधारभूत विद्यालय प्राङ्गणमा पालिकाभित्रका विद्यालय स्तरीय चित्रकला प्रतियोगिता-२०७९ कार्यक्रम आज सम्पन्न भएको छ । ५ नं वडाका अध्यक्ष दावागोम्बो तामाङ `रामदाइ'को सभापतित्वमा सम्पन्न कार्यक्रममा १२ बिधालयका २२ विद्यार्थीले सहभागीता जनाए।

पालिकाका प्रमुख प्रशासकिय अधिकृत अमर जिसीको बिशेष आतिथ्यता, र पालिका उपाध्यक्ष चण्डिका तामाङको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा उनले बाल मस्तिष्कले आफ्नो भित्री भावनालाई आत्मसात गर्दै बनेको राम्रो चित्रले आफ्नो बाल्यकालमा चित्र प्रती भएको रुचिलाई झझल्को दिएको र यस क्षेत्रलाई नै उचित ब्यवस्थापन गर्दै पेशाको रुपमा अंगाल्न सके अझै राम्रो हुने र आफ्नो जिबिकापार्जनमा समेत सहज टेवा पुग्ने भएकोले सहभागी भाइबहिनीहरुले यसै बिषयलाई पेशागत रुपमा लाग्न अनुरोध गरे।

"हाम्रो जस्तो विकट ठाउँमा चित्र ,ब्रस, पेन्टिङ सम्बन्धिको एक अर्का बिच देखासिकी सिकाइले आफ्नो कल्चर अनुसारको थान्काचित्र तथा लामा चित्र बनाउन समेत विद्यार्थीहरुमा अभिप्रेरणा मिल्ने भएकोले यो कार्यक्रमको अति महत्त्व रहेकोे"भन्ने आफ्नो सान्दर्भिक भनाइ राखे। प्रतियोगितामा आबद्ध आधारभूत विद्यालय (१-५ तर्फ) लालिमाया तामाङ, हाकु माबी. प्रथम। रिसान तामाङ हाकुबेसी माबि. द्वितीय। सन्जिता तामाङ ,पार्बतीकुण्ड माबी.तृतीय भए । यसैगरी दिब्या तामाङ, हिमालय इङलिस स्कुल - प्रथम । अनु तामाङ,  हाकुबेसी आबि.-द्वितीय । रिना तामाङ, हाकु माबी.- तृतीय आधारभूत (६-८ तहमा)भए।

यसरी नै माध्यमिक तह तर्फ-(९-१० समुहमा) सुर्यबहादुर तामाङ,  नेपाल राष्ट्रिय माबी.-तृतीय । उमेश तामाङ  हाकु मावि- द्वितीय र प्रथम हुनेमा बिकास तामाङ, पार्बतीकुण्ड माबी. का रहे! सान्त्वना पुरस्कार एलिना तामाङ, हिमालयन इङलिस स्कुलले प्राप्त गरे भने उत्कृष्ट विद्यालय तर्फ हाकु माविका लाखीमाया तामाङको चित्रले ट्रफी भित्र्याए। निर्णायक मण्डलका मुख्य चित्रकार एवं राष्ट्रिय ललितकला नेपाल संघका अध्यक्ष दिपेन्द्र बनेपालीले यस्ता कार्यक्रमले कलाको माध्यमबाट समाजमा सकारात्मक सन्देश पुर्याउनु मुल उदेश्य रहेकोे अभिव्यक्ति दिए।

शिक्षा शाखा प्रमुख राजेन्द्र आचार्यले यस्तै कार्यक्रम अबका दिनहरुमा अझै राम्रो तरिकाले बर्सेनि गरिदै लगिने र सीप मुलक चित्र कलाकारिता बिषयमा पालिकाबाट हरेक बिद्यालय र विद्यार्थीकोलागी आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाए । सहभागी विद्यार्थी सबैले सहभागीताको प्रमाण पत्र, बिजयीहुने विद्यार्थीले नगद, ट्रफी, चित्रकला सम्बन्धि सामाग्रीसहितको पुरस्कार हात पारे ।

Read More
ads-image
ads-image
ads-image
ads-image