थप समाचार मेनु

पासाङ ल्हामु शेर्पाले आरोहण गरेको ३० वर्षपछि श्रीमान पुगे सगरमाथाको चुचुरोमा

सोनाम शेर्पाले गरे सगरमाथाको सफल आरोहण

- फरक दृष्टि / बुधबार, जेठ ३, २०८० १२:११

वरिष्ठ पर्यटन व्यवसायी ल्हाक्पा सोनाम शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोण गरेका छन् । ल्हाक्पा सोनम शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला स्व। पासाङ ल्हामु शेर्पाका श्रीमान् हुन् । पासाङ ल्हामु शेर्पा चढेको ३० वर्षपछि सोनम सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

आज (बुधबार) बिहान ७ बजेर ३४ मिनेटमा ल्हाक्पा सोनाम शेर्पा सगरमाथाको चुचुरोमा पुगेको उनको परिवारले जानकारी दिएको छ । उनकी छोरी दावा फुटी शेर्पाले भनिन्, ‘सगरमाथाको चुचुरोमा पुग्ने बुबाको सपना पहिलेदेखिकै हो । तर पूरा भएको थिएन । उहाँले सेभेन समिटको तयारी गर्नुभएको थियो । विशेष गरेर भूकम्पपछि उहाँले हिमाल चढ्ने तयारी गर्नु भएको हो ।’

‘ममीभन्दा पहिले नै बुबा थामसेर्कु, धौलागिरीलगायतका हिमाल चढिसक्नु भएको थियो’, शेर्पाले सुनाइन्, ‘ममीको दुखद् निधन भएपछि उहाँको यात्रा रोकिएको थियो । भूकम्पपछि फेरि उहाँले हिमाल चढ्ने तयारी गर्नु भएको हो ।’ सोनम अप्रिल १७ मा काठमाडौंबाट सगरमाथाको लागि प्रस्थान गरेका थिए । सोनम शेर्पासँगै आरोहणको टोलीमा जाङ्बु शेर्पा, पेमटेंगी शेर्पा, पेम्बा शेर्पा र फ्रान्सका रोबर्ट मोराचिनी पनि रहेका छन् । मंगलबार दिउँसो सगरमाथाको क्याम्प ४ मा पुगेका उनीहरुले हिजो साँझ ८ बजे त्यहाँबाट चुचुरोतर्फ प्रस्थान गरेका थिए ।

सगरमाथाको आरोहणसँगै लाक्पा सोनाम शेर्पाले विश्वका सात महादेशका सबै अग्ला हिमालको सफल आरोहण पूरा गरेका छन् । ६३ वर्षीय शेर्पा सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका वडा नम्बर १ पाङ्गोममा जन्मेका हुन् । ५० वर्षदेखि नेपालको पर्यटन व्यवसायमा संलग्न शेर्पाले हजारौं आरोहीलाई नेपालका विभिन्न हिमाल आरोहण गराएका छन् । थमसेर्कु ट्रेकिङका संस्थापक, यती एयरलाइन्सका कार्यकारी अध्यक्षसमेत रहेका उनी होटल तथा जलविद्युत जस्ता व्यवसायमा संलग्न छन् ।

उनले यसअघि अन्टार्कटिकाको माउन्ट भिन्सन, ओशिनियाको माउन्ट पुनकक(माउन्ट कार्सटेन्ज, युरोपको माउन्ट एल्ब्रस, अफ्रिकाको माउन्ट किलिमन्जारो, उत्तर अमेरिकाको डेनाली र दक्षिण अमेरिकाको एकोनवागुआ हिमालको आरोहण गरिसकेका छन् । उनले युरोपको सर्वोच्च शिखर माउन्ट ब्लाङ्क, नेपालमा अन्नपूर्ण प्रथम हिमाल, धौलागिरी हिमाल र थमसेर्कु हिमालको आरोहण पनि गरेका छन् ।

सम्बन्धित समाचार

अन्नपूर्ण आधार शिविरमा पर्यटक

- / मंगलबार, जेठ २३, २०८०

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण हिमालको आधार शिविरमा पुगेका पर्यटक । दुई दिनमै आधार शिविर पुग्न सकिने गरी पदमार्गको यात्रा छोटिएपछि आधार शिविर क्षेत्रको भ्रमणमा पुग्ने पर्यटकहरु बढेका छन् । 

तस्बिरः कमल खत्री/रासस

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण हिमालको आधार शिविरमा पुगेका पर्यटक । दुई दिनमै आधार शिविर पुग्न सकिने गरी पदमार्गको यात्रा छोटिएपछि आधार शिविर क्षेत्रको भ्रमणमा पुग्ने पर्यटकहरु बढेका छन् । 

तस्बिरः कमल खत्री/रासस

Read More

पाँच महिनामा चार लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए

- / बिहीबार, जेठ १८, २०८०

काठमाडाैं । सन् २०२३ को पाँच महिनामा चार लाख चार हजार दुई सय ५७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार जनवरीदेखि मे महिनासम्म सो सङ्ख्यामा पर्यटक भित्रिएका हुन् । 

मे महिनामा मात्रै ७७ हजार सात सय ३० पर्यटक नेपाल आएका छन् । यस वर्षको जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार दुई सय ५५, मार्चमा ९९ हजार चार सय २६ र अप्र

काठमाडाैं । सन् २०२३ को पाँच महिनामा चार लाख चार हजार दुई सय ५७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार जनवरीदेखि मे महिनासम्म सो सङ्ख्यामा पर्यटक भित्रिएका हुन् । 

मे महिनामा मात्रै ७७ हजार सात सय ३० पर्यटक नेपाल आएका छन् । यस वर्षको जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार दुई सय ५५, मार्चमा ९९ हजार चार सय २६ र अप्रिलमा ९८ हजार सात सय ७३ पर्यटक भित्रिएका थिए ।
 
तथ्याङ्कअनुसार मे महिनामा पनि सबैभन्दा बढी भारतबाट ३६ हजार पाँच सय ७५ पर्यटक भित्रिएका छन् । भारतपछि अमेरिकाबाट आठ हजार पाँच सय ४५, चीनबाट चार हजार छ सय ६७, बेलायतबाट दुई हजार नौ सय २७, अष्ट्रेलियाबाट दुई हजार एक सय ८४ जना पर्यटक आएका छन् ।
    
    बङ्गलादेशबाट दुई हजार एक सय ६४, मलेसियाबाट एक हजार तीन सय २१, जर्मनीबाट एक हजार एक सय ६५, फ्रान्सबाट एक हजार ९७ र दक्षिण कोरियाबाट एक हजार ३९ जना पर्यटक भित्रिएका छन् । 

    कोभिडले सुस्ताएको पर्यटन क्षेत्रले पछिल्लो समयमा गति लिँदै गएको छ । स्थलमार्गबाट आउने भारतीय पर्यटक बाहेक सन् २०१९ मा करिब १२ लाख पर्यटकको आगमन भएकोमा कोभिड महामारीका कारण सन् २०२० र २०२१ मा पर्यटक आगमन सङ्ख्या क्रमः दुई लाख ३० हजार र एक लाख ५१ हजारमा सीमित रहन पुगेको थियो । 

    यद्यपि, सन् २०२२ मा भने पर्यटक आगमनमा उल्लेख्य वृद्धि भई छ लाख १४ हजार आठ सय ६९ पुगेको छ । सन् २०२३ मा पर्यटक आगमन निरन्तर बढिरहेको छ ।

Read More
ads-image
ads-image
ads-image
ads-image