थप समाचार मेनु

बचत रकम फिर्ता गर्न माग

- / मंगलबार, माघ १०, २०७९ ०८:५५

खाेटाङ । लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताले आफ्नो बचत रकम फिता गर्न माग गरेका छन् ।  सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशीको निधनपछि बन्द रहेको सस्थाले आफूहरूको रु सात करोड बढी बचत रकम फिर्ता नगरेको उनीहरुको भनाइ छ । 

आफूहरूको बचत रकम फिर्ता गर्न पटक–पटक माग गर्दा पनि सुनुवाइ नभएपछि उनीहरुले सङ्घर्ष समिति गठन समेत गरेका छन् ।  बचतकर्ता धनीराम नछुङले भन्नुभयो, “आफूहरूको बचत फिर्ता गराउने विषयमा जिल्ला प्रशासन र नगरपालिकाले समेत कुनै चासो दिएन । सम्बन्धित निकायले चासो नदिएपछि हाम्रो अन्तिम विकल्प आन्दोलनबाहेक रहेन । ” 

सो सस्थामा चार हजार पाँच सय बचतकर्ता रहेको जनाइएको छ । वित्तीय कारोबारबाहेक उत्पादनमूलक क्षेत्रमा समेत लगानी गर्ने नाराका साथ विसं २०७२ मङ्सिर १० गते दिक्तेल बजारमा कार्यालय स्थापना गरेर कारोबार सुरु गरेको सहकारीमा रु ५१ लाखसम्म बचत गर्ने बचतकर्ता रहेका छन् । आफूले जम्मा गरेको बचत रकम फिर्ता माग्नका लागि बचतकर्ता दैनिकजसो ढोका ढकढकाउन सहकारीको कार्यालय पुग्ने गरेका छन् ।

घरजग्गा बिक्री गरेर अन्यत्र लगानी गर्न रु ५१ लाख रकम सहकारीमा जम्मा गरेर राखेको केही समयपछि सहकारी नै डुबेपछि परिवारमा समस्या भएको बचतकर्ता लेखनाथ आचार्यले गुनासो गर्नुभयो । “आफूहरूले दैनिक थोपाथोपा गरेर सहकारीमा जम्मा गरेको बचत रकम डुबेकाले अन्तिम विकल्पका रूपमा आन्दोलनमा उत्रनुपरेको छ”, उहाँले भन्नुभयो, “बचत फिर्ता गर्ने विषयमा तत्काल सम्बन्धित निकायले चासो नदिएको खण्डमा ठूलो समस्या सिर्जना हुने अवस्था आएको छ ।”

सहकारीका कारण कतिपयको परिवार नै बिखण्डन हुने अवस्थामा पुगेको बचतकर्ता एवं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पूर्व वडाध्यक्ष टङ्क आचार्यले बताउनुभयो । “श्रीमान्ले १०÷१५ वर्षसम्म विदेशमा कमाएर पठाएको पैसा श्रीमतीले सहकारीमा जम्मा गरेका छन्”, उहाँले भन्नुभयो, “अहिले विदेशबाट घर फर्केर आउँदा आफूले पठाएको पैसा नहुँदा धेरैको घरमा झगडा भएको छ ।” 

जिल्ला सहकारी सङ्घ खोटाङका अध्यक्षसमेत रहेका जोशीको विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९०को सङ्क्रमणका कारण विसं २०७८ वैशाख १५ गते पोखरामा निधन भएको थियो । उहाँको निधनपछि निक्षेपकर्ता निक्षेप रकम फिर्ता माग्न आउँदा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि खोजी गर्ने क्रममा बचत अपचलन भएको विषय बाहिर आएको थियो ।

 विसं २०७८ वैशाख १६ गतेदेखि सहकारीको आर्थिक कारोबार ठप्प छ ।  बचतकर्तालाई निमित्त व्यवस्थापक सुमिना राईले ‘बचत फिर्ता गरिदिने’ भन्दै सम्झाइबुझाइ फर्काउने गरेका छन् ।  जोशीले सहकारीको नाममा खरिद गरिएको जग्गासमेत परिवार तथा आफन्तको नाममा राखेको पाइएको सहकारीको आर्थिक वर्ष २०७७÷७८ को लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । बचतकर्ताको रकम फिर्ता गर्न तत्कालीन व्यवस्थापक रुकु जोशीको नाममा हलेसी र बाम्राङमा रहेको जग्गा सहकारीको नाममा ल्याइसकिएको सहकारी संस्थाका सदस्य तुलसीराम आचार्यले बताउनुभयो । 
 पछिल्लो समय सञ्चालक समितिले ऋण असुल गर्दै बचत रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाएको थियो । ऋण असुल गर्नका लागि ऋणीलाई ३५ दिने, १५ दिने र सातदिने पत्र पठाएर ताकेता गर्दा केहीबाहेक अधिकांश ऋणीले ऋण भुक्तान गर्न नआएको सहकारीले जनाएको छ ।

सहकारीको ७४ जना ऋणी छन् । उनीहरूले न्यूनतम रु ३० हजारदेखि रु ७५ लाखसम्म ऋण लगेको देखिन्छ । तर उनीहरूमध्ये अधिकांशले मृतक जोशीलाई आफूले लगेको ऋणवापतको रकम फिर्ता गरिसकेको बताउने गरेका छन् ।

सहकारीको जग्गाबाहेक सावाँब्याजसहित करिब रु १० करोड ऋण लगानी रहेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । बचतकर्तालाई सावाँब्याजसहित करिब रु सात करोड फिर्ता दिनुपर्ने लेखापरीक्षण प्रतिवेदनले देखाएको छ । तर अध्यक्ष जोशीको मृत्युका कारण ऋण उठाउन कठिन देखिएको सञ्चालक समितिले जनाएको छ । सहकारीबाट भएका ऋण लगानी उठाउन सके बचतकर्तालाई उनीहरूको बचत फिर्ता दिएर केही रकम बच्ने अवस्था रहेको सदस्य आचार्यले बताउनुभयो । चल–अचल सम्पत्ति हेर्दा सहकारी डुबेको नभई सङ्कटमा फसेको देखिन्छ । 

अधिकांश ऋणीहरू मृतक अध्यक्ष जोशीका परिवार तथा आफन्त, दिक्तेल बजारका प्रतिष्ठित व्यापारी र एकजना पोखराका व्यक्तिसमेत देखिएका छन् । उनीहरूले सञ्चालक समितिको निर्णयबिना नै विभिन्न समयमा ऋण लगेको तर, हालसम्म फिर्ता नगरेको लेखापरीक्षण प्रतिवेदनले देखाएको छ । 

सहकारीमा देखिएको समस्या समाधानका लागि आफू सक्रियताका साथ लागिपरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले बताउनुभयो । सहकारीका कारण धेरैको घरबार सङ्कटमा परेकाले सबैभन्दा बढी सञ्चालक समितिले चासो दिनुपर्ने न्यायिक समितिका संयोजकसमेत रहनुभएका उहाँको भनाइ छ ।

सम्बन्धित समाचार

चुलाचुली गुफाको संरक्षण थालियो

- / मंगलबार, माघ १७, २०७९

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकामा रहेको आश्चर्य लाग्दो चुलाचुली गुफाको संरक्षण गर्न थालिएको छ । गाउँपालिकाले आर्थिक स्रोतको रुपमा जोड्न गुफाको संरक्षण गर्न लागेको हो । 

यो ठाउँको प्रचार प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटनको आवागमन बढाउने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ । यहाँका ढुङ्गामा रहेका देवी देवताको आकृतिसँगै ढुङ्गाको बनावट सबैका लागि अनौठो

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकामा रहेको आश्चर्य लाग्दो चुलाचुली गुफाको संरक्षण गर्न थालिएको छ । गाउँपालिकाले आर्थिक स्रोतको रुपमा जोड्न गुफाको संरक्षण गर्न लागेको हो । 

यो ठाउँको प्रचार प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटनको आवागमन बढाउने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ । यहाँका ढुङ्गामा रहेका देवी देवताको आकृतिसँगै ढुङ्गाको बनावट सबैका लागि अनौठो लाग्छ ।  डाँडामा रहेको यो स्थानको करिब दुई रोपनी क्षेत्रका  ढुङ्गालाई  खोलाका बगर झै कँुदिएको छ ।


 दलगाउँको दिपेनीमा रहेको यो गुफाभित्र महादेवसँगै विभिन्न देवीदेवताको मूर्ति रहेको स्थानीयवासी हरिबहादुर राईले बताउनुभयो । ‘‘यस ठाउँका ढुङ्गा अनौठो रुपमा देख्न सकिन्छ’’ उनले भने,‘‘ यो स्थललाई हेर्दा सबै आश्चर्य मान्छन् । यसको आफ्नै धार्मिक महत्व छ ।’’

अनौठो प्रकारको स्थान भए पनि दुर्गम तथा प्रचारप्रसार नभएका कारण यो स्थान ओझेलमा परेको उनको भनाइ थियो । ‘‘यस्तो प्रकारका अनौठो धार्मिकस्थल कतै नहोलान्’’ स्थानीयवासी राईले भने,‘‘हेर्न आउनेहरु यहाँको ढुङ्गाको बनावट देखेपछि अचम्म पर्छन् ।यो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्न सके धेरै धार्मिक पर्यटक भित्र्याउन सकिन्छ ।’’ 

गुफाभित्र शिवको मूर्तिसँगै हात्तीको दन्त पनि रहेको स्थानीयवासीले बताए। यहाँका ढुङ्गामा मादलसमेत बजाउन सकिने अर्का स्थानीयवासी शान्तकुमार राईले उल्लेख गरे । अहिले दैनिक हेर्न आउने मानिसको भीड लाग्ने गरेको उनको भनाइ थियो । ‘‘यो ठाउँ निकै सुन्दर र अनौठो प्रकारको छ’’ राईले भने, “अहिले आन्तरिक पर्यटक आएर दर्शन गर्ने गरेका छन् । हामी स्थानीयवासीले दैनिक पूजाआजा गर्दै आएका छौँ ।’’

गाउँपालिकाको धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा योजनाबद्ध रुपमा काम गरिरहेको गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले बताए । चुलाचुली गुफालाई पनि गाउँपालिकाको आर्थिक स्रोतको रुपमा विकास गर्ने योजना रहेको उनको भनाइ थियो। ‘‘हामी गाउँपालिकाको पर्यटकीय क्षेत्रको योजनाबद्ध विकासमा जुटेका छौँ’’ अध्यक्ष राईले भने,‘‘ चुलाचुली गुफाको संरक्षण गरिरहेका छौँ । यसलाई हाम्रो गाउँपालिकाको आर्थिक स्रोतको रुपमा जोड्ने योजना छ । यो ठाउँ आश्चर्यजनक स्थल देखिन्छ  ।’’

संरक्षण तथा सुरक्षाका लागि सो स्थान रहेको ठाउँमा पर्खाल लगाएर घेरबार तथा केही संचरना बनाउने काम भएको गाउँपालिकाले जनाएको छ । 

Read More

चौतीस वर्षपछि जग्गा धनी प्रमाण पुर्जा पाउँदा दङ्ग छन् मिक्लाजुङ वासी

- / मंगलबार, माघ १७, २०७९

मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–७ मा बसोबास गर्ने रोहितकुमार राइर्ले  वयोवृद्ध  भएपछि जग्गा धनी पुर्जा पाउनुभएको छ ।

    मिक्लाजुङमै छ दशकभन्दा बढी समय बिताउनु भएका उहाँ २०४५ सालमा जग्गा प्राप्तिका लागि ‘वसन्त भट्टराई आयोग’ मा फारम भरेर बुझाउनुभएकामा  दुई कट्ठा जमिनको पुर्जा ३४ वर्षपछि पाउँदा पनि हर्ष लागेको बताउनुहुन

मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–७ मा बसोबास गर्ने रोहितकुमार राइर्ले  वयोवृद्ध  भएपछि जग्गा धनी पुर्जा पाउनुभएको छ ।

    मिक्लाजुङमै छ दशकभन्दा बढी समय बिताउनु भएका उहाँ २०४५ सालमा जग्गा प्राप्तिका लागि ‘वसन्त भट्टराई आयोग’ मा फारम भरेर बुझाउनुभएकामा  दुई कट्ठा जमिनको पुर्जा ३४ वर्षपछि पाउँदा पनि हर्ष लागेको बताउनुहुन्छ ।

    राई भन्नुहुन्छ, “२०२८ सालमा तत्कालीन मधुमल्ला गाविसमा नापी आयोगले जग्गा नाप्यो, २०४५ सालमा ‘वसन्त भट्टराई आयोग’ ले विभिन्न ठाउँमा पुर्जा वितरण ग¥यो तर हामीले पाउन सकेनौँ अब पुर्जा पाइएलाजस्तो लागेको थिएन ३४ वर्षपछि रु चार लाख ४० हजार राजस्व तिरेर भए पनि पुर्जा पाउँदा हर्षित छु ।”

    राई मात्रै हैन ३४ वर्षपछि आफू बसोबास गरेको जमिनको पुर्जा पाउँदा स्थानीय विद्या आर्चाय पनि खुसी हुँदै भन्नुहुन्छ, “मेरा ससुराबाले २०३० सालभन्दा अगाडि झोडा फाडेर यहाँ बसेको सुनाउनु हुन्थ्यो, हाम्रो परिवारको तीन पुस्ता पनि यहीँ बसेका छौँ बल्ल बसेको माटो आफ्नो भयो आजदेखि आफ्नै माटो माथिको बास भयो दङ्ग प¥या छु ।”

    पूर्वी मोरङको उक्त गाउँपालिकाले आफ्नो पालिकामा बसोबास गर्ने सबै नागरिकलाई जमिनको मालिक बनाउने उद्देश्यले भूमिहीन सुकुम्वासी तथा दलितलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गर्न थालेपछि उक्त गाउँपालिका–७ का नैनबहादुर खत्री, चन्द्रमणि दाहाल, रोहितकुमार राई, चन्द्रकिरण दर्जी, यामबहादुर भट्टराई, छविलाल पोख्रेल, बद्रीलाल आचार्य, खड्गबहादुर राई, लक्ष्मीमाया पोख्रेल, खेमप्रसाद थापा, ठाकुराप्रसाद दाहाल, डिल्लीप्रसाद खतिवडा, टीकामाया लिम्बू, इन्द्रमणि भण्डारी, सीतादेवी घिमिरे, खोमनाथ खतिवडा, पुष्पकला राई, इन्द्रप्रसाद पोख्रेल, वल्लभ काफ्ले, नारनप्रसाद गौतम, सुरेन्द्रकुमार दाहाल र भिमा खड्का सोडारीसहित २३ घरपरिवारले जग्गा धनी प्रमाण पुर्जा प्राप्त गर्दा वडावासीमा खुसियाली छाएको हो ।

    राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाको उपस्थितिमा उक्त गाउँपालिकाले पुर्जा वितरण गरेको थियो । ‘‘भूमिसम्बन्धी समस्या जटिल भए पनि आयोगले यस गाउँपालिकालाई प्राथमिकतामा राखेर काम गरेका कारण छोटो समयमै पुर्जा वितरण गर्न सफल भइएको छ,’’ अध्यक्ष निरौला भन्नुहुन्छ, “तपाइँहरुले अहिले पाउनुभएको पुर्जामा उजुरबाजुर लाग्दैन, विगतका आयोगहरुले दिएजस्तो झमेलायुक्त पुर्जा हैन यो, कहीँ कतै राजनैतिक प्रभाव प¥यो कि भन्ने शङ्का लाग्ला तर यस्तो शङ्का गर्नुपर्ने अवस्था पनि छैन । तपाइँहरुले मालपोत कार्यालय बेलकारीमा गएर जग्गाको स्रेस्ता कायम गरेपछि किनबेच गर्न पाउनुहुन्छ ।”

    ‘‘स्थानीय सरकार गठन भएपछि पहिलो पटक मिक्लाजुङमा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुले जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेका हुन्” गाउँपालिकाका अध्यक्ष बबीकुमार राई भन्नुहुन्छ, “जग्गा धनी प्रमाण पुर्जा प्राप्तिका लागि अनुसूची–२ र अनुसूची–४ गरी पालिकामा परेका निवेदनमध्ये पाँच हजार दुई सय ४१ निस्सा वितरणको अन्तिम तयारीमा छौँ, तत्काल वितरणका लागि तयार पारिएका ४५ पुर्जा भए पनि केही पुर्जामा प्राविधिक समस्या उत्पन्न भएका कारण वितरण गर्न सकेनौँ, समस्या उत्पन्न भएका पुर्जालाई थाती राख्दै आगमी हप्तादेखि वडा नं ३, ५, ९ र ७  वडामा बाँकी रहेको गरी अन्य चार सय ५० वटा धनी पुर्जा वितरण गर्छौं ।”

    यस्तै पुर्जा वितरण कार्यक्रममा उपस्थित हुनु भएकी भूमि आयोग मोरङशाखा  अध्यक्ष सुशीला घिमिरे जिल्लाका १७ स्थानीय तहमध्ये हालसम्म आयोगले हालसम्म मिक्लाजुङ गाउँपालिकासहित उर्लाबारी नगरपालिका, रतुवामाई नगरपालिका, सुन्दरहरैचा नगरपालिका, बेलबारी नगरपालिका, कानेपोखरी गाउँपालिका र बूढीगङ्गा गाउँपालिका गरी आठवटा पालिकामा काम गरिहेको  बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आठ स्थानीय तहमा हालसम्म एक सयभन्दा बढी पुर्जा वितरण गरिएको र अरू थप एक सयकै हाराहारीमा पुर्जा वितरणको  तयारीमा  आयोग रहेको छ  ।” –रासस

Read More