थप समाचार मेनु

संविधानको पालना र संवैधानिक जिम्मेवारी नै मार्गनिर्देशक सिद्धान्त : राष्ट्रपति पौडेल

- / शनिबार, चैत ४, २०७९ १२:१२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्ना मार्गनिर्देशक सिद्धान्त रहने बताएका छन् । 

    राष्ट्रपतिमा निर्वाचित भएपछि सङ्घीय सांसद र प्रदेशसभा सदस्यलाई राष्ट्रपति कार्यालयमा साक्षात्कार तथा धन्यवाद दिन आज आयोजित समारोहमा उनले राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात् गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहने उल्लेख गरे ।

    राष्ट्रपति पौडेलले भने, “संविधान निर्माण गर्ने प्रक्रियामा सहभागी रहेर काम गर्ने अवसर प्राप्त गरेका कारणले पनि संविधानले राष्ट्रपतिलाई दिएको काम, कर्तव्य र अधिकारप्रति म सचेत रहने विश्वास दिलाउन चाहन्छु । वर्तमान संविधानले नेपाल राष्ट्रलाई मार्गदर्शन गर्ने कुराप्रति सदैव सजग रहने प्रण गर्दछु ।” आवधिक निर्वाचन लोकतन्त्रको प्राणवायु भएको उल्लेख गर्दै उनले नेपालमा स्थानीय तह, प्रतिनिधिसभा, प्रदेशसभादेखि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा सबैमा बधाई तथा धन्यवाद ज्ञापन गरे ।

    “यस महत्वपूर्ण घडीमा मुलुकलाई यहाँसम्म ल्याउन अहम् भूमिका खेल्ने सहिद तथा अग्रजप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । संविधानको पालना र संरक्षण गर्ने विषय अबको प्रमुख दायित्व र कर्तव्य हुनेछ भन्ने प्रष्ट पार्न चाहन्छु । गणतान्त्रिक नेपालको राष्ट्रपतिबाट नेपाली जनताले अपेक्षा गरेको व्यवहार र कार्यशैलीप्रति म सदैव सचेत छु र भविष्यमा पनि रहनेछु”, उनले भने ।

    राष्ट्रपति संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सजग रही निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने राष्ट्रपति पौडेलले प्रण गरेका छन् । संविधानले नेपालका तमाम जनतालाई असिम अधिकार प्रदान गरेको उल्लेख गर्दै उनले यसको जगेर्ना गर्दै राष्ट्रलाई स्थायित्व दिन सबैको परम कर्तव्य भएको बताए । पटकपटकका नयाँनयाँ प्रयोग नेपालले भोग्न सहज नहुने उनको भनाइ थियो ।

    निर्वाचित जनप्रतिनिधिले संविधान र कानुनको मर्म तथा भावनालाई अगीङ्कार नगरी शासन सञ्चालन गर्दा व्यक्ति मात्र नभएर संस्थाप्रति समेत नागरिकका आस्था र विश्वास गुम्दै जाने कुरामा सबै सचेत हुनुपर्नेमा राष्ट्रपति पौडेलको जोड थियो । लोकतान्त्रिक शासन व्यवस्थामा लोकतान्त्रिक संस्था बलिया र कानुनसम्मत भएनन् भने त्यस्ता संस्थाप्रति नागरिकका विश्वास धर्मराउने, व्यवस्थाप्रति वितृष्णा जाग्न सक्ने हुनाले यसतर्फ सबै सजग रहन जरुरी छ भन्नेमा आफू दृढ रहेको उनले बताए । 

    राष्ट्रपति पौडेलले भने, “मुलुकमा अहिले पनि थुप्रै चुनौती छन् । कोभिड–१९ महामारीपछि विश्वव्यापीरुपमा देखिएको आर्थिक सुस्तताको असर नेपालमा समेत देखिन थालेको छ । सङ्क्रमणकालीन न्यायको व्यवस्थापन, आर्थिक क्षेत्रमा देखिन थालेका असर एवं जलवायु परिवर्तनले देखापर्न थालेका असरको न्यूनीकरण तथा राजनीतिक उपलब्धिको रक्षा जस्ता विषयमा राष्ट्रिय सहमति र राष्ट्रिय एकताको आवश्यकता मैले देखेको छु ।”

    प्राप्त राजनीतिक उपलब्धिको सदुपयोग गर्दै तीव्र आर्थिक, सामाजिक रूपान्तरणमा ध्यान दिन नसकेमा अन्ततः प्राप्त उपलब्धि माथि नै प्रहार हुन सक्नेतर्फ सबै गम्भीर हुन आवश्यक रहेको उनले उल्लेख गरे । राष्ट्रपति पौडेलले अबको बाटो दिगो शान्ति, विकास, सुशासन र समृद्धि रहेको र यसतर्फ सङ्घीय सरकार तथा सङ्घीय संसद् र प्रदेश सरकार तथा प्रदेशसभाका सदस्यको सकारात्मक भूमिकाको अपेक्षा गरे । उनले सङ्घ, प्रदेश र स्थानीय तहका साथै निजी क्षेत्रको सहकार्यमा उच्चतम् प्रतिफल प्राप्त गरी प्राप्त प्रतिफलको समुचित वितरणबाट जनताको इच्छा र आकाङ्क्षा सम्बोधन गर्नुपर्नेतर्फ सबैको ध्यान जाने विश्वास व्यक्त गरे ।

    मेलमिलाप राष्ट्रिय एकताका माध्यमबाट कठिन समयमा पनि समस्याको सहज समाधान निकाल्न सकेको इतिहास गर्दै सबै एकताबद्ध हुन जरुरी रहेको उनको भनाइ थियो । नेपालको संविधानको धारा ६२ बमोजिम आफूलाई गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपतिका रुपमा निर्वाचित गराउनुहुने सम्पूर्ण सङ्घीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यप्रति राष्ट्रपति पौडेलले धन्यवाद ज्ञापन गरे । 

    समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री, मन्त्री, सङ्घीय सांसद, प्रदेशका मुख्यमन्त्री, प्रदेशसभाका सदस्यलगायत सहभागी थिए । सो अवसरमा राष्ट्रपति पौडेलले आमन्त्रण अतिथिको सम्मानमा चियापान समारोह आयोजना गरेका थिए । 

सम्बन्धित समाचार

सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ : उपप्रधानमन्त्री श्रेष्ठ

- / सोमबार, चैत १३, २०७९

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् । 

    आफूले मन्त्रालय सम्हालेको तीन महिना नाघेका सन्दर्भमा आज आयोजित पत्रकार सम्मेलनमा उनले अबको आठ महिनापछि तीनदेखि सात दिनभित्र सवारी चालक अनुमतिपत्र दिने कार्ययोजना निर्माण गरिरहेको जा

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् । 

    आफूले मन्त्रालय सम्हालेको तीन महिना नाघेका सन्दर्भमा आज आयोजित पत्रकार सम्मेलनमा उनले अबको आठ महिनापछि तीनदेखि सात दिनभित्र सवारी चालक अनुमतिपत्र दिने कार्ययोजना निर्माण गरिरहेको जानकारी दिए । 

    हाल सेवाग्राहीले सवारी चालक अनुमतिपत्र लिन झन्डै एक वर्ष कुर्नुपर्छ । मागअनुसार चालक अनुमतिपत्र छाप्न नसक्दा वितरणमा समस्या भएको उनको भनाइ छ । अहिले दैनिक छ हजार चालक अनुमतिपत्रको माग छ । तर दैनिक चार हजार अनुमतिपत्र मात्र छपाइ हुँदै आएको छ । अझै आठ लाख अनुमतिपत्र छाप्न बाँकी रहेको यातायात व्यवस्था विभागले जनाएको छ ।     

    सवारी अनुमतिपत्र वितरण सहज बनाउन सरकारले अर्को ‘मास प्रिन्टर’ खरिद गर्ने तयारी गरेको छ । “अब हामी छिट्टै मास प्रिन्टर खरिद गर्ने तयारीमा छौँ, बोलपत्र आह्वान भइसकेको छ”, उपप्रधानमन्त्री श्रेष्ठले भने, “आठ महिनापछि तीनदेखि सात दिनभित्र सवारी अनुमतिपत्र प्राप्त गर्ने वातावरण बनाउन हामी प्रतिबद्ध छौँ, आठ महिनामा लाइसेन्स छपाइको सम्पूर्ण समस्या समाधान हुन्छ ।” सम्बन्धित प्रदेशमा चालक अनुमतिपत्रको मागअनुसार प्रिन्टर खरिद गर्न प्रदेश सरकारसँग पनि छलफल गरिरहेको उनको भनाइ छ । 

    अहिले बागमती र लुम्बिनी प्रदेशमा चालक अनुमतिपत्रको माग उच्च छ । “मागअनुसार लाइसेन्स उपलब्ध गराउन नसकी सेवाग्राहीले भोगेको सास्ती, कठिनाइ दृष्टिगत गरी छपाइसँग सम्बन्धित स्मार्ट कार्ड, प्रिन्टर खरिद प्रक्रियाको कार्यायोजना मन्त्रालयले अगाडि बढाएको छ”, मन्त्री श्रेष्ठले भने । बाह्र लाख स्मार्ट कार्ड आपूर्तिका लागि अन्तर्राष्ट्रिय बोलपत्रमार्फत छनोट भएको जर्मनीको कम्पनीसँग गत फागुन १० गते सम्झौता भई शीघ्र आपूर्तिको पहल भइरहेको उनले जानकारी दिए । 

    विभागले सवारी अनुमपतिपत्र छपाइमा देखापरेको समस्याको स्थायी समाधान नभएसम्म विदेश जाने कामदार, विद्यार्थी, शान्ति मिसनमा जाने सेना, प्रहरी र कूटनीतिज्ञलाई अनलाइन निवेदन दिएको तेस्रो दिनभित्र स्मार्ट कार्ड छपाइ गरी उपलब्ध गराउँदै आएको छ । 

इम्बोस्ड नम्बर नेपालीमा

    उपप्रधानमन्त्री श्रेष्ठले इम्बोस्ड नम्बर नेपालीमा राख्ने योजना बनाइरहेको बताए । “इम्बोस्ड अङ्ग्रेजी भाषामा छ, यो नेपाली भाषामा पनि राख्नुपर्छ भनेर बहस भइरहेको छ”, उनले भने, “मन्त्रालयले इम्बोस्ड नम्बरलाई नेपाली राख्ने योजना अगाडि बढाइएको छ ।”

    इम्बोस्ड नम्बर ‘रिड’ गर्न दुई स्थानमा ‘गेट’ निर्माण गरिने छ । उक्त नम्बर जडान गर्दा लाग्ने शुल्क पनि कम गर्ने तयारी गरिएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ । “नम्बर जडान गर्दा लाग्ने शुल्क केकति उपभोक्ताबाट लिने भन्नेबारेमा छलफल भइरहेको छ”, उनले भने । 

Read More

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने तीन युवा जेल चलान

- फरक दृष्टि / सोमबार, चैत १३, २०७९

काठमाडौंको थापागाउँमा गत चैत ७ गते आयोजित ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस (२१ मार्च) लाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध नाराबाजी गर्नै तीन जना युवा जेल चलान भएका छन् ।

प्रचण्डविरुद्ध नाराबाजी गर्ने ती युवाविरुद्ध अभद्र व्यवहारको कसूरमा मुद्दा चलाइएकोमा जिल्ला प्रशासन कार्यालयले जनही ५–५ हजार रुपैयाँ धरौटी माग गरेको

काठमाडौंको थापागाउँमा गत चैत ७ गते आयोजित ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस (२१ मार्च) लाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध नाराबाजी गर्नै तीन जना युवा जेल चलान भएका छन् ।

प्रचण्डविरुद्ध नाराबाजी गर्ने ती युवाविरुद्ध अभद्र व्यवहारको कसूरमा मुद्दा चलाइएकोमा जिल्ला प्रशासन कार्यालयले जनही ५–५ हजार रुपैयाँ धरौटी माग गरेको थियो । प्रशासनले मागेको धरौटी नतिरेपछि सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्का जेल चलान भएका हुन् ।

जिल्ला प्रशासन कार्यालयले मागेको जनही ५ हजार धरौटी तिर्न नसकेपछि उनीहरु तीनै जनालाई आइतवार नै डिल्ली बजार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । मागिएको धरौटी तिर्न अस्वीकार गरेपछि उनीहरु जेल चलान भएको जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ । जेल चलान भएपछि अहिले उनीहरुको तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालत दर्ता गरिँदैछ ।

चैत ७ गते प्रचण्ड उक्त कार्यक्रमका लागि हलमा छिर्ने बित्तिकै ती युवाले ‘गरिबमारा’ भन्दै नारा लगाएका थिए । प्रचण्डविरुद्ध चर्को नाराबाजी गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिँदा मुख थुनेको थियो । जसको चर्को आलोचना भयो । उनीहरुले ‘गरिबमारा प्रचण्ड मुर्दावाद, मूल्यवृद्धि खारेज गर, नालायक सरकार होसियार, मिटर ब्याज ब्याक गर, युवाहरुलाई मार्न पाइँदैन, यस्तो सरकार चाहिँदैन जस्ता नारा लगाएका थिए ।

प्रचण्डको चर्को आलोचनासहित नाराबाजी गरेपछि प्रहरीले मुख थुन्दै उनीहरुलाई कार्यक्रमस्थलबाट बाहिर निकालेको थियो । उनीहरुलाई नारा लगाउन रोक्न प्रहरीले मुख थुनिदिएको थियो भने लछारपछार पार्दै पार्टी प्यालेसबाट बाहिर निकालेको थियो । त्यसपछि प्रचण्ड केहीबेर भाषण गरेर त्यहाँबाट बाहिरिएका थिए ।

Read More
ads-image
ads-image
ads-image
ads-image