थप समाचार मेनु

यूनाइटेड र अजोड इन्स्योरेन्स मर्जर प्रस्ताव पारित

- फरक दृष्टि / सोमबार, बैशाख २५, २०८० २१:२७

यूनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एक आपसमा गाभ्ने गाभिने सम्बन्धी प्रस्ताव पारित भएको छ।

यूनाइटेड इन्स्योरेन्सको आईतबार बसेको साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो। साधारणसभाले दुई कम्पनी एक आपसमा गाभिए पश्चात बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम नेपालीमा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड राख्नेसम्बन्धीको प्रस्ताव पनि पारित गरेको छ।

यस्तै दुई कम्पनीको मर्जर प्रयोजनका लागी मूल्याङ्कनकर्ता एसआरपाण्डे एण्ड कम्पनी चार्टर्ड एकाउण्टेण्ट्सबाट तयार गरिएको चलअचल सम्पत्ति, दायित्व तथा कारोबार मूल्याङ्कन प्रतिवेदन (डीडीए) तथा अन्य सम्वद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर अनुपात १००:८२.५ कायम गर्ने गरी मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित भएको छ।

सम्बन्धित समाचार

नेपाल लाईफको नयाँ शाखा कार्यालय उद्घाटन

- / मंगलबार, जेठ २३, २०८०

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । कम्पनीले जेठ २२ गते पोखराको न्यूरोड स्थित आफ्नै सुविधा सम्पन्न भवनको उद्घाटन गरेको हो ।

कम्पनीका संस्थापक समूहतर्फको संचालक कमलेश कुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले संयुक्त रुपमा रिबन काटेर उक्त शाखा कार्यालय उद्घाटन गरेका हुन् ।

उक्

उक्त शाखा कार्यालयबाट कम्पनीले दिदै आइरहेको जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गरिने कम्पनीका सिइओ पराजुलीले बताए । 

Read More

प्रभु इन्स्योरेन्सको ६.७० प्रतिशत बोनस शेयर वितरण

- / शुक्रबार, जेठ १९, २०८०

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले ६ दशमलव ७० प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले गत फागुन २३ गते समपन्न २७औं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर दोस्रो बजारमा सूचीकृत पश्चात् वितरण गरेको हो ।

गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कम्पनीले यस वर्ष बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत लाभांश समेत वितरण गर्ने निर्णय गरेको थियो । यसर्थ बोनस श

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले ६ दशमलव ७० प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले गत फागुन २३ गते समपन्न २७औं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर दोस्रो बजारमा सूचीकृत पश्चात् वितरण गरेको हो ।

गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कम्पनीले यस वर्ष बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत लाभांश समेत वितरण गर्ने निर्णय गरेको थियो । यसर्थ बोनस शेयर कर वापतको रकम शेयरधनीहरूले तिर्न नपर्ने भएको छ । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि फागुन १२ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा फागुन ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् ।

Read More
ads-image
ads-image
ads-image
ads-image