थप समाचार मेनु

मापदण्डविपरीत क्रसर उद्योगको छानबिन सुरु

- / मंगलबार, माघ १०, २०७९ ११:२५

दैलेख । जिल्ला प्रशासन कार्यालय दैलेखले यहाँ सञ्चालित क्रसर उद्योगको छानबिन सुरु गरेको छ । गृह मन्त्रालयको निर्देशनपछि ती उद्योगहरुले न्यूनतम मापदण्ड पूरा गर्न कागजात पूरा गरेका छन् वा छैनन् भन्ने विषयमा छानबिन सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले बताए । 

क्रसर उद्योगले सडक बनाउने बहानामा जम्मा गरेका गिट्टी, बालुवा र ढुङ्गा अन्यत्र बिक्री वितरण गरेको गुनासो आएकाले तत्कालै कति परिमाण चाहिने हो सोहीअनुसार मात्र उत्पादन गर्नका लागि आवश्यक पर्ने विवरण माग गरिएको र अनुगमन कडाइ गरिएको कोइरालाको भनाइ छ ।

मध्यपहाडी राजमार्गअन्तर्गत दैलेख भू–भागमा करिब एक सय २५ किलोमिटर सडकको काम सुरु भएको वर्षौँ भइसकेको छ । निर्माणको जिम्मा लिएका ठेकेदारले सडक निर्माण लागि सञ्चालन गरिएका क्रसर उद्योगले हरेक वर्ष अवैधरूपमा गिट्टी र बालुवा बिक्री गरिरहेको आरोप छ । 

स्थायी प्रकृतिको एक र सडक निर्माणका लागि भन्दै अस्थायी प्रकृतिका गरी आठवटा क्रसर उद्योग सञ्चालनमा छन् । सञ्चालन भएका उद्योगले न्यूनतम मापदण्ड पूरा गर्न नगरेको पाइएको हो । जिल्ला प्रशासन र सम्बन्धित निकायबाट बेला–बेलामा अनुगमन हुने भए पनि मापदण्डविपरीत सञ्चालन भएका क्रसर उद्योग बन्द भएका छैनन् । 
 
भगवतीमाई गाउँपालिकाको लोहोरे, नारायण नगरपालिका–२ कुसाँडा, नारायण नगरपालिका–८ बगौरा, महावु गाउँपालिका–१ भिरखेत, चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ लैनचौर, आठबीस नगरपालिका–२ सिस्ने, आठबीसको शाहीगाउँ र टुनिबगरमा क्रसर उद्योग सञ्चालनमा रहेको जिल्ला प्रशासन कार्यालय दैलेखको भनाइ छ ।

सम्बन्धित समाचार

गीत र लोगो बनाउँदै तातोपानी गाउँपालिका

- / मंगलबार, माघ १७, २०७९

जुम्ला । जुम्लाको  तातोपानी गाउँपालिकाले आफ्नै पालिकाको आफ्नै गीत र लोगो बनाउने भएको छ । गाउँकार्यपालिकाको माघ १६ गतेको निर्णयअनुसार प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, तथा विशिष्ट भौगोलिक पहिचान झल्किने गरी गीत र लोगो बनाउनका लागि एक महिने  सार्वजनिक सूचना जारी गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए । 

दरखास्त दिनका लागि सूचना जारी गरि

जुम्ला । जुम्लाको  तातोपानी गाउँपालिकाले आफ्नै पालिकाको आफ्नै गीत र लोगो बनाउने भएको छ । गाउँकार्यपालिकाको माघ १६ गतेको निर्णयअनुसार प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, तथा विशिष्ट भौगोलिक पहिचान झल्किने गरी गीत र लोगो बनाउनका लागि एक महिने  सार्वजनिक सूचना जारी गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए । 

दरखास्त दिनका लागि सूचना जारी गरिएको छ गाउँपालिका अध्यक्ष  चौलागाईंले भने, “खुला प्रतिस्पर्धात्मक विधिबाट पालिका गीत र लोगो निर्माणका लागि इच्छुक व्यक्ति वा संस्थालाई विभिन्न शर्तमा आधारित निर्धारित समयभित्र दरखास्त दिन सूचना जारी गरेको हो ।” गीत र लोगोका लागि विभिन्न ११ वटा शर्त राखिएको छ । 

 छनोट भएका उत्कृष्ट रचना छनोट गरिनेछ । डिजाइनकर्ता र रचनाकारलाई पुरस्कृतसमेत गरिने तातोपानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए ।  

Read More

सुर्खेतको पोखरीकाँडा गाउँ

- / मंगलबार, माघ १७, २०७९

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका–७ मा रहेको पोखरीकाँडा गाउँ । 

तस्बिर: सुरेश आचार्य/ रासस

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका–७ मा रहेको पोखरीकाँडा गाउँ । 

तस्बिर: सुरेश आचार्य/ रासस

Read More