थप समाचार मेनु

पर्यटन बोर्ड, एसटीएलआरपी र एनएमएको सहकार्यमा ८१ जनालाई ट्रेकिङ गाईड तालिम

- फरक दृष्टि / बिहीबार, जेठ ११, २०८० १७:२९

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्धारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को सहयोग तथा नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए) संगको सहकार्यमा काठमाडौंमा ३५ दिने ट्रेकिङ गाईड तालिम सम्पन्न भएको छ ।

तालिममा सातै प्रदेशका ८१ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो । तालीममा सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजनसहित ट्रेकिङको सामान्य पर्यटन जानकारी, देशको भूगोल र भूगोल, वातावरण, नेपाली धर्मको इतिहास, अन्तरसांस्कृतिक पर्यटन व्यवहार, पदयात्रा र पर्वतारोहण, पदयात्रामा सुरक्षा र सुरक्षा, जोखिमहरूका बारेमा प्रशिक्षण दिइएको थियो ।

पर्यटन क्षेत्रमा भएको जनशक्ति अभाव कम गर्न बोर्डले विभिन्न समयमा यस्ता तालिम आयोजना गरेको र त्यसैको निरन्तरता स्वरुप यो तालीम आयोजना गरिएको र तालिम फलदायी भएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख तथा परियोजनाका राष्ट्रिय निर्देशक  डा. धनन्जय रेग्मीले जानकारी दिए । यसले रोजगारीको अवसर मिल्नुका साथै स्वरोजगार समेत सिर्जना गर्ने बोर्डको अपेक्षा रहको समेत उनले बताए। यस्तै नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले तालिमलाई व्यवहारिक बनाउन शैद्धान्तिक तथा व्यवहारिक कक्षाहरू सञ्चालन गरिएको र यसले तालिम थप प्रभावकारी भएको बताए । 

देशैभरीबाट सहभागिताको लागि आव्हन गरि तालिम सञ्चालन गर्न खोजिएकोमा तालिममा सहभागि हुन चाहनेहरूको संख्या धेरै भएपछि अन्तवार्ताको माध्यमबाट सहभागी छनोट गरि तालिम सम्पन्न गरिएको जीविकोपार्जन पुनःउत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) का जिविकोपार्जन विज्ञ धर्म दवाडीले जानकारी दिए ।

 तालिममा नेपाल पर्वतारोहण पथ प्रर्दशक संघका उपाध्यक्ष तथा अन्तरराष्ट्रिय प्रशिक्षक छिरिङ पाण्डे भोटे, एनएमएका प्रशिक्षक सञ्जय भट्टले ककनीमा प्रयोगात्मक प्रशिक्षण दिनुभएको थियो भने काठमाण्डौमा नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए) का कार्यकारी निर्देशक अर्जुन राई सहित विभिन्न विधाका २० जना प्रशिक्षकले तालिम दिएका थिए । तालिमको शैद्धान्तिक कक्षा नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए) मा तथा व्यवहारिक कक्षा नुवाकोटको ककनीमा आयोजना गरिएको प्रतिष्ठान (एनएमए) सूचना अधिकारी हिमाल पण्डितले जानकारी दिए ।  तालिमका सहभागीहरुले समेत तालीम व्यबहारिक भएको र यसले आफुहरुमा कम प्रतिको आत्मविश्वास बढाएको बताए । 
 
सम्बन्धित तस्बिरहरू

पर्यटन बोर्ड, एसटीएलआरपी र एनएमएको सहकार्यमा ८१ जनालाई ट्रेकिङ गाईड तालिम
पर्यटन बोर्ड, एसटीएलआरपी र एनएमएको सहकार्यमा ८१ जनालाई ट्रेकिङ गाईड तालिम
पर्यटन बोर्ड, एसटीएलआरपी र एनएमएको सहकार्यमा ८१ जनालाई ट्रेकिङ गाईड तालिम
पर्यटन बोर्ड, एसटीएलआरपी र एनएमएको सहकार्यमा ८१ जनालाई ट्रेकिङ गाईड तालिम
पर्यटन बोर्ड, एसटीएलआरपी र एनएमएको सहकार्यमा ८१ जनालाई ट्रेकिङ गाईड तालिम
सम्बन्धित समाचार

अन्नपूर्ण आधार शिविरमा पर्यटक

- / मंगलबार, जेठ २३, २०८०

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण हिमालको आधार शिविरमा पुगेका पर्यटक । दुई दिनमै आधार शिविर पुग्न सकिने गरी पदमार्गको यात्रा छोटिएपछि आधार शिविर क्षेत्रको भ्रमणमा पुग्ने पर्यटकहरु बढेका छन् । 

तस्बिरः कमल खत्री/रासस

Read More

पाँच महिनामा चार लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए

- / बिहीबार, जेठ १८, २०८०

काठमाडाैं । सन् २०२३ को पाँच महिनामा चार लाख चार हजार दुई सय ५७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार जनवरीदेखि मे महिनासम्म सो सङ्ख्यामा पर्यटक भित्रिएका हुन् । 

मे महिनामा मात्रै ७७ हजार सात सय ३० पर्यटक नेपाल आएका छन् । यस वर्षको जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार दुई सय ५५, मार्चमा ९९ हजार चार सय २६ र अप्र

काठमाडाैं । सन् २०२३ को पाँच महिनामा चार लाख चार हजार दुई सय ५७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार जनवरीदेखि मे महिनासम्म सो सङ्ख्यामा पर्यटक भित्रिएका हुन् । 

मे महिनामा मात्रै ७७ हजार सात सय ३० पर्यटक नेपाल आएका छन् । यस वर्षको जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार दुई सय ५५, मार्चमा ९९ हजार चार सय २६ र अप्रिलमा ९८ हजार सात सय ७३ पर्यटक भित्रिएका थिए ।
 
तथ्याङ्कअनुसार मे महिनामा पनि सबैभन्दा बढी भारतबाट ३६ हजार पाँच सय ७५ पर्यटक भित्रिएका छन् । भारतपछि अमेरिकाबाट आठ हजार पाँच सय ४५, चीनबाट चार हजार छ सय ६७, बेलायतबाट दुई हजार नौ सय २७, अष्ट्रेलियाबाट दुई हजार एक सय ८४ जना पर्यटक आएका छन् ।
    
    बङ्गलादेशबाट दुई हजार एक सय ६४, मलेसियाबाट एक हजार तीन सय २१, जर्मनीबाट एक हजार एक सय ६५, फ्रान्सबाट एक हजार ९७ र दक्षिण कोरियाबाट एक हजार ३९ जना पर्यटक भित्रिएका छन् । 

    कोभिडले सुस्ताएको पर्यटन क्षेत्रले पछिल्लो समयमा गति लिँदै गएको छ । स्थलमार्गबाट आउने भारतीय पर्यटक बाहेक सन् २०१९ मा करिब १२ लाख पर्यटकको आगमन भएकोमा कोभिड महामारीका कारण सन् २०२० र २०२१ मा पर्यटक आगमन सङ्ख्या क्रमः दुई लाख ३० हजार र एक लाख ५१ हजारमा सीमित रहन पुगेको थियो । 

    यद्यपि, सन् २०२२ मा भने पर्यटक आगमनमा उल्लेख्य वृद्धि भई छ लाख १४ हजार आठ सय ६९ पुगेको छ । सन् २०२३ मा पर्यटक आगमन निरन्तर बढिरहेको छ ।

Read More
ads-image
ads-image
ads-image
ads-image