थप समाचार मेनु

भैरव आर्यालको जीवनीमा आधारित ‘भग्न भैरव’ उपन्यास लोकार्पण

- / आइतबार, बैशाख १७, २०८० १२:१५

 

काठमाडौँ । कुशल हास्य–व्यङ्ग्यशिल्पी भैरव अर्यालको जीवनीमा आधारित ‘भग्न भैरव’ उपन्यास लोकार्पण गरिएको छ । लेखक प्रोल्लास सिन्धुलीयद्वारा लिखित भग्न भैरव काठमाडौँस्थित बत्तिसपुतलिको शिल्पी थिएटरमा लोकार्पण गरिएको हो ।

उपन्यासमा अर्यालको जीवनी र आख्यानलाई एकसाथ प्रस्तुत गरिएको छ । आफू रोएर पनि अरुलाई हसाउन सक्ने स्वभावका भैरव अर्यालको वास्तविक घटनामा आधारित रही पुस्तक लेखिएको लेखक सिन्धुलीयको भनाइ छ । 

कार्यक्रममा पत्रकार रोचक घिमिरेले हास्यव्यङ्ग्य क्षेत्रमा भैरव अर्यालको अतुलनीय योगदान रहेको बताए । भैरव आर्यालले हास्यव्यङ्ग्य क्षेत्रमा लेख्नुभएका लेखमार्फत नेपाली साहित्य जगतले ठूलो फड्को मारेको उनको भनाइ छ ।

भैरव अर्यालसँग निकट सम्बन्ध भएका कारण पत्रकार घिमिरेले आफू यो स्थान सम्म पुग्न सहयोग मिलेको बताए । भैरव अर्याल र रमेश विकलका लेखमार्फत साहित्य क्षेत्रमा आफ्नो रुचि बढेको उनको भनाइ छ । भैरव अर्यालसँगको पहिलो भेटबाटै एक अर्का प्रति आकर्षित भएका कारण पनि साहित्य क्षेत्रमा केही सहजता पाएको उनले स्मरण गरे ।

कवियत्री ज्योती जंगलले आफूले प्रत्यक्ष देख्न भेट्न नपाए पनि पुस्तकमार्फत उनलाई नियाल्दा सकारात्मक धारणा पाएको बताए । पुस्तकमा उपन्यासको भाषिक लय लवज बाह्य आचरण पनि सुन्दर रहेको र पुस्तक नाट्य शैलिमा उत्कृष्ट ढंगले प्रस्तुत गरिएको उनको भनाइ छ । साहित्यकार नारायण ढकालले आफू भैरव अर्यालका छिमेकी रहेको भन्दै उनीसँग प्रभावित भइ नयाँ कुरा सिक्ने अवसर पाएको बताए । 

पुस्तकमा भैरव अर्यालको जीवनीका ७० वटा घटनाक्रम प्रस्तुत गरिएको छ । लेखक प्रोल्लास सिन्धुलीयले भग्न भैरव पुस्तक लेखनका क्रममा पत्रकार रोचक घिमिरेको ठूलो भूमिका महत्वपूर्ण रहेको बताए । उनले भैरव अर्यालसँग बिताएका कतिपय घटनाक्रम, कथावस्तु, प्रसङ्गमा प्रत्यक्ष सहभागिता र उल्लेखनीय सहयोग रहेको स्पष्ट पारे

सम्बन्धित समाचार

डा खनालको कविताकृति ‘सन्देश’ सार्वजनिक

- / शनिबार, जेठ २०, २०८०

काठमाडाैं । डा दामोदर खनालको कविता कृति ‘सन्देश’ सार्वजनिक भएको छ । 

‘सन्देश’ कविता सङ्ग्रहमा कवि डा खनालले, राष्ट्रिय जीवन, समाज, राष्ट्रिय  विभूति र राजनीतिलगायतका विषयमा लेखेका छन् । कृतिको पहिलो खण्डमा धर्म, संस्कृति र चाडपर्वलगायत विषयमा लेखिएका १३ वटा कविता समावेश छन् । कविता सङ्ग्रहको दोस्रो खण्डमा अध्यात्म र विज्ञानका १९ वटा क

काठमाडाैं । डा दामोदर खनालको कविता कृति ‘सन्देश’ सार्वजनिक भएको छ । 

‘सन्देश’ कविता सङ्ग्रहमा कवि डा खनालले, राष्ट्रिय जीवन, समाज, राष्ट्रिय  विभूति र राजनीतिलगायतका विषयमा लेखेका छन् । कृतिको पहिलो खण्डमा धर्म, संस्कृति र चाडपर्वलगायत विषयमा लेखिएका १३ वटा कविता समावेश छन् । कविता सङ्ग्रहको दोस्रो खण्डमा अध्यात्म र विज्ञानका १९ वटा कविता रहेका छन् । 

कर्मभूमि बेलायत बनाएका कवि डा खनालका कवितामा भने नेपाल नै नेपाल पाइन्छ । 
युनिभर्सिटी अफ म्यानचेष्टरसहितका विभिन्न शैक्षिक संस्थामा अध्यापन गर्दै आएका डा खनालका दर्जन बढी पुस्तक, जर्नल आर्टिकल र बुक च्याप्टर प्रकाशित छन् ।

Read More

आठ स्रष्टालाई सम्मान र पुरस्कार

- / शनिबार, जेठ १३, २०८०

काठमाडाैं । दायित्व वाङ्मय  प्रतिष्ठान नेपालले मुलुकको भाषा, साहित्य र व्याकरणका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

प्रतिष्ठानको २४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले उनिहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् । दायित्व वाङ्मय विशिष्ट सम्मान शशि पन्थी र रमेश गो

काठमाडाैं । दायित्व वाङ्मय  प्रतिष्ठान नेपालले मुलुकको भाषा, साहित्य र व्याकरणका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

प्रतिष्ठानको २४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले उनिहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् । दायित्व वाङ्मय विशिष्ट सम्मान शशि पन्थी र रमेश गोर्खालीलाई तथा दायित्व वाङ्मय सम्मान विष्णुबहादुर सिंह र चन्द्रकान्त आचार्यलाई प्रदान गरियो ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले विद्वच्छिरोमणि हेमराज पुरस्कार चुडामणि गौतमलाई, दायित्व मुरलीदेवी–गुरुदत्त काफ्ले स्मृति वसन्त रिजाल, हरिकला–गुणाकर दायित्व रचना पुरस्कार त्रिभुवनचन्द्र वाग्ले र  दायित्व यशोदादेवी पन्त प्रतिभा पुरस्कार जया सत्याललाई प्रदान गरे ।

सो अवसरमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले प्रतिष्ठानले मुलुकका भाषा, साहित्य र व्याकरण क्षेत्रका सोनामधन्य व्यक्तित्वलाई सम्मान र पुरस्कार प्रदान गरी न्याय गर्दै आफ्नो कर्तव्य पूरा गरेको बताए ।

उनले भने, “साहित्यका आ-आफ्ना विधामा विशिष्ट योगदान गर्नुहुने तपाईँहरू सम्मानका लागि लायक र अधिकारिक हुनुहुन्छ । सम्मान गर्नेको सही छनोट भएमा प्रतिष्ठानको आफैँ सम्मान बढछ ।”

प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त र महासचिव डा भागवत ढकालले प्रतिष्ठानले नेपाली साहित्य क्षेत्रको विकास र विस्तारका लागि गर्दै आएको योगदानको चर्चा गरे । समारोहमा अध्यक्ष पन्तको निवन्धावली र प्रतिष्ठानको द्विमासिक प्रकाशन दायित्वको वर्ष ३७ पूर्णाङ्क एक सय ४१ को लोकार्पण गरियो ।

Read More
ads-image
ads-image
ads-image
ads-image