थप समाचार मेनु

कालिञ्चोक दर्शनको आईपीओमा १८ गुणा बढी आवेदन

- / शनिबार, माघ ७, २०७९ १२:१८

काठमाडाैँ । कालिञ्चोक दर्शनको साधारण सेयर (आईपीओ)मा १४ लाख ३२ हजार ८८१ जनाले आवेदन दिएका छन् । सीडीएसी एण्ड क्लियरिङका अनुसार अन्तिम समयसम्म उक्त आवेदन परेको हो । उक्त सङ्ख्याका आवेदकले १ अर्ब ६६ करोड ८ लाख रुपैयाँ बराबरको सेयर माग गरेका छन् ।

कम्पनीले माघ २ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आईपीओ बिक्री खुलाएको थियो । जसमध्ये १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा गएकाहरूका लागि र ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको थियो । यस्तै, २१ हजार ६०० कित्ता कर्मचारीलाई छुट्टाइएको थियो ।

बाँकी रहेको ८ लाख ९६हजार ४०० कित्ता सेयरमा सर्वसाधारणलाई बिक्री खुलाइएको थियो । तर, यस अवधिमा सर्वसाधारणबाट बिक्री खुलाइएकोभन्दा साढे १८ गुणा बढी सेयर माग भएको हो ।

सम्बन्धित समाचार

नेप्सेमा आज पनि १५ अंकको गिरावट, कारोबार २ अर्बमा झर्‍यो

- / मंगलबार, माघ १७, २०७९

काठमाडौं । अघिल्लो दिन ४१ अंकले घटेर २१२७.५२ विन्दुमा झरेको सेयर बजार परिसूचक नेप्से आज पनि १५ अंकमाथिले घट्न पुगेको छ । 

नेपाल स्टक एक्सचेञ्ज अनुसार आज नेप्से सूचक १५.७४ अंकले घट्दै २१११.६३ विन्दुमा झरेको हो । 

दोहोरो अंकले नेप्से घटेको यसदिन कारोबार रकम समेत २ अर्बमा झरेको छ । आज कूल २ अर्ब ८२ करोड ४५ लाख रुपैयाँ बराबरको ७५ लाख ५

काठमाडौं । अघिल्लो दिन ४१ अंकले घटेर २१२७.५२ विन्दुमा झरेको सेयर बजार परिसूचक नेप्से आज पनि १५ अंकमाथिले घट्न पुगेको छ । 

नेपाल स्टक एक्सचेञ्ज अनुसार आज नेप्से सूचक १५.७४ अंकले घट्दै २१११.६३ विन्दुमा झरेको हो । 

दोहोरो अंकले नेप्से घटेको यसदिन कारोबार रकम समेत २ अर्बमा झरेको छ । आज कूल २ अर्ब ८२ करोड ४५ लाख रुपैयाँ बराबरको ७५ लाख ५३ हजार २३५ कित्ता सेयर किनबेच भएको छ । 

सबैभन्दा बढी रिडी पावर कम्पनीको १९ करोड २० लाख ५४ हजार ५८७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने लुम्बिनी जनरल इन्स्योरेन्सको आज १४ करोड ३७ लाख ३ हजार ४६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज हाइड्रोपावर कम्पनी समूहको उपसूचक झिनो अंकले बढेको छ भने बाँकी १२ वटा उपसूचक ऋणात्मक भएका छन् । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ भने प्राइम लाइफ इन्स्योरेन्सको सेयर मूल्य ५.२१ प्रतिशतले घट्न पुगेको छ ।

Read More

नेपाल इन्भेष्मेन्ट बैंकको ७३ लाख कित्ता बोनस शेयर सूचीकृत

- / मंगलबार, माघ १७, २०७९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ७३ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

मंगलबार नेप्सेले नेपाल इन्भेष्मेन्ट बैंकको ४ प्रतिशत बोनस पछिको शेयर सूचीकृत गरेको हो ।

 नेप्सेका अनुसार बैंकको ७३ लाख २३ हजार ०१६ दशमलव ५३ कित्ता शेयर सूचीकृत गरेको हो । 