थप समाचार मेनु

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

- / शुक्रबार, चैत ३, २०७९ ११:५३

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य दिनप्रतिदिन बढ्दै गएको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ७ हजार १ सय रुपैयाँ कायम भएको छ।

आज छापावाला सुनको मूल्य ४ सय रुपैयाँले बढेर १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। बिहिबार सुनको मूल्य प्रति तोला १ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ। यता, चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रति तोला १ हजार ३ सय १० रुपैयाँ कायम भएको छ। बिहिबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय १० रुपैयाँ रहेको थियो।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

सम्बन्धित समाचार

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना

- / सोमबार, चैत १३, २०७९

काठमाडौँ । हुन्डाई अटोमोबाइल्सको आधिकारीक विक्रेता  लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना ल्याएको छ । यो योजना सोमबारदेखि सुरु भएको छ ।

यस योजना अन्तर्गत, ग्राहकहरुले रु ५,००,००० सम्मको आकर्षक नगद छुटका साथै गाडीको निर्माण वर्षको आधारमा रु २,००,००० सम्मको छुट पाउनेछन् । 

यस्तै नयाँ वर्ष बोनस रु ८०,००० सम्म र एक्सचेन्ज बोनस रु ८०,००० सम्म छुट प्राप्त गर्न सक्नेछन् । यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा थप १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन् । सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्गका साथै निःशुल्क सडक कर भुक्तानी सहित उपलब्ध हुनेछन् ।

Read More

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

- / सोमबार, चैत १३, २०७९

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख नौ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख नौ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला रू दुई सयले घटेको हो ।
 
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख आठ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख आ

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख नौ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख नौ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला रू दुई सयले घटेको हो ।
 
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख आठ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख आठ हजार सात सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रू १० ले घटेर रू एक हजार तीन सय ६० मा आएको महासङ्घले जनाएको छ ।
 
     महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Read More
ads-image
ads-image
ads-image
ads-image