थप समाचार मेनु

‘मेरो यात्रा’ कविता सङ्ग्रह  लोकार्पण

- / आइतबार, माघ ८, २०७९ १७:४०

मोरङ । मोरङ सुन्दरहरैँचाका कवि आचार्यको ‘मेरो यात्रा’ कविता सङ्ग्रह सार्वजनिक गरिएको छ । प्रगतिशिल लेखक संघका महासचिब डा देवी दुलाल क्षेत्रीले उक्त कृति लोकार्पण गर्दै आफूहरुले  सर्जकलाई प्रोत्साहित गर्ने कार्यक्रम अगाडि बढाइरहेको बताए । 

लोकार्पित कृतिमा  डा दीपकप्रसाद न्यौपानेले समीक्षा गरेका थिए । भाषाविद् तथा साहित्कारका रूपमा समेत परिचित लेखक आचार्यले  लामो समयसम्म सुकुना बहुमुखी क्याम्पसमा प्राध्यापन गरेका थिए । 

कार्यक्रममा सहभागी साहित्यकारले आफ्ना कविता, लघुकथा, कृतिभित्रका कविता, गजल, मुक्तक र हाइकु वाचन गरेका थिए । 

सम्बन्धित समाचार

हामी अर्थात पुरुषहरू

- बलराम तिमल्सिना / मंगलबार, माघ १७, २०७९

हामी अर्थात पुरुषहरू
धर्म, परम्परा या कानूनको आड लिएर
या तिनीहरूको बहाना बनाएर
पैत्रिक सम्पत्ति सबै कब्जा गरेर
दिदी बहिनी ठग्ने 
महाठग दाजुभाइहरू हौं !

हामी अर्थात पुरुषहरू
धर्म‌,परम्परा र कानूनकै तरवार बोकेर
या तिनीहरूको बहाना बनाएर
आफ्नै छोरा र छोरीमा भेदभाव गर्ने
सारा सम्पत्ति छोराको नामम

हामी अर्थात पुरुषहरू
धर्म, परम्परा या कानूनको आड लिएर
या तिनीहरूको बहाना बनाएर
पैत्रिक सम्पत्ति सबै कब्जा गरेर
दिदी बहिनी ठग्ने 
महाठग दाजुभाइहरू हौं !

हामी अर्थात पुरुषहरू
धर्म‌,परम्परा र कानूनकै तरवार बोकेर
या तिनीहरूको बहाना बनाएर
आफ्नै छोरा र छोरीमा भेदभाव गर्ने
सारा सम्पत्ति छोराको नाममा नामसारी गरिदिएर
छोरीको थरसारी गरिदिने
असभ्य, अनैतिक र अत्याचारी बाबुहरू हौं ।

हामी अर्थात पुरुषहरू 
बिना तलव 
र बिना अधिकारमा‌
हाम्रो अङ्शको रक्षा 
हाम्रो भोक तिर्खा र काम वासनाको ख्याल
र वङ्शको निरन्तरता दिन
महिलाहरूलाई
बैबाहिक/बैधानिक दासी बनाउने
माचिस्मो लोग्नेहरू हौं ।

हामी अर्थात पुरुषहरू 
पावर-प्लस गोली खाएर 
कृतिम तथा अतिरिक्त शक्ति प्रदर्शन गर्ने 
घरदेखि राज्यसम्म 
सबैतिर हालिमुहाली गर्ने 
स्वघोषित राजाहरू हौं ।

हामी अर्थात पुरुषहरू 
कसैका पति परमेश्वर
कसैका पिता परमेश्वर
र कसैका पुत्र परमेश्वर 
देउताहरू हौं ।

हामी अर्थात पुरुषहरू
इतिहासको कठघरामा
घुँडा टेकेर माफी माग्न 
र कहिलै विगत नदोहोर्याउने कसम खान योग्य
अभियुक्तहरू हौं ।

हामीले गर्नु पर्ने छ 
प्रायश्चित अनुष्ठान हजारौं
हाम्रा पुर्वजदेखि हामीसम्मको लागि 
र घोषणा गर्नु छ-
अब हामीहरू मानिस बन्न चाहन्छौं 
त्यसो गर्न सक्दैनौं भने हामी
हामी अर्थात पुरुषहरूले
हामी अर्थात ठगहरूले
हामी अर्थात अनैतिकहरूले
हामी अर्थात स्वघोषित परमेश्वरहरूले
बढ्ता नखोकेको राम्रो 
अहम् नबोकेको राम्रो ।

Read More

कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार कवि रोशन परियारलाई

- फरक दृष्टि / शनिबार, पौष ३०, २०७९

कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले विस २०७८ को तीन पुरस्कार सम्मानको घोषणा गरेको छ । प्रतिष्ठानले कवि तथा गीतकार दिनेश अधिकारीलाई तीसको दशकदेखि नेपाली साहित्यमा कविता र गीत विधामा पुर्‍याएको योगदानका लागि कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार प्रदान गर्ने भएको छ ।

पुरस्कार राशि रु २५ हजार र सम्मानपत्र छ । प्रतिष्ठानले कृष्णभूषण बल स्मृति सिर्जना विशेष सम्मान कवि सुधा एम राई

कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले विस २०७८ को तीन पुरस्कार सम्मानको घोषणा गरेको छ । प्रतिष्ठानले कवि तथा गीतकार दिनेश अधिकारीलाई तीसको दशकदेखि नेपाली साहित्यमा कविता र गीत विधामा पुर्‍याएको योगदानका लागि कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार प्रदान गर्ने भएको छ ।

पुरस्कार राशि रु २५ हजार र सम्मानपत्र छ । प्रतिष्ठानले कृष्णभूषण बल स्मृति सिर्जना विशेष सम्मान कवि सुधा एम राई (सिक्किम) र कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार कवि रोशन परियारलाई प्रदान गर्ने निर्णय गरेको छ । नेपाली कविता विधामा दिएका योगदानका लागि कवि राई र युवाकवि परियारलाई ती पुरस्कार सम्मान प्रदान गर्न लागिएको हो ।

सम्मान र पुरस्कारको राशि जनही क्रमशः १५ हजार र ११ हजार छ । प्रतिष्ठानका प्रमुख संरक्षक शोभा लामा बल, अध्यक्ष प्रा डा टङ्कप्रसाद न्यौपानेको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । पुरस्कार आगामी फागुन २० गते विराटनगरमा समर्पण गरिने प्रतिष्ठानले जनाएको छ ।

Read More