थप समाचार मेनु

बाल यौन दुरुपयोग मुद्दामा मनोज पाण्डे दोषी ठहर

- फरक दृष्टि / मंगलबार, माघ १०, २०७९ २१:०४

बाल यौन दुरुपयोग र मानव वेचबिखनको मुद्दामा कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे दोषी ठहर भएका छन् । मंगलबार काठमाडौैं जिल्ला अदालतले पाण्डेलाई दोषी ठहर गरेको हो । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार मंगलबार न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई दोषी ठहर गरेको हो । प्रहरीले पाण्डेविरुद्ध बाल यौन दुरुपयोग र मानव वेचबिखनको छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो ।

जसमध्ये बाल यौन दुरुपयोगमा पाण्डेलाई ६ महिनाको कैद, पाँच हजार रुपैयाँ जरिवाना र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ । त्यसैगरी मानव वेचबिखनको मुद्दामासमेत पाण्डे दोषी ठहर भएका छन् । दोषी ठहर भएपनि सजाय निर्धारणका लागि भने माघ २३ गतेको पेशी तोकिएको छ ।

मुलुकी फौजदारी कार्याविधि संहिताअनुसार तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा सजाय निर्धारणका लागि छुट्टै पेशी तोक्ने व्यवस्था छ । सोही अनुसार पाण्डेलाई मानव वेचबिखनको मुद्दामा सजाय निर्धारका लागि माघ २३ को पेशी तोकिएको हो ।

सम्बन्धित समाचार

कर्णाली राजमार्गमा हाईस दुर्घटना, सात जना घाइते

- फरक दृष्टि / मंगलबार, माघ १७, २०७९

कर्णाली राजमार्ग अन्तर्गत पश्चिम दैलेखको पालेतडामा हाईस दुर्घटना भएको छ । दुर्घटनामा परी कम्तिमा ७ जना घाइते भएको दैलेख प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार क्षतिको थप विवरण आउन बाँकी रहेको छ । रामाघाट र पालेतडा बजारको बीच भागमा कर्णाली प्रदेश ०२०००१ ख ०१६६ नम्बरको गाडी दुर्घटना भएको हो । गाडी सडकबाट ८० मिटर तल खसेको दैलेखका प्रहरी प्रमुख भुवनेश्वर शाहले जानकारी दिए ।

उनका अन

उनका अनुसार गाडीमा चालकसहित १५ जना सवार थिए । दुर्घटनामा घाइतेहरुको उद्धार कार्य भइरहेको र पालेतडास्थित शाही मेडेकल हलमा उपचार भइरहेको उनले बताए । गाडी सुर्खेतबाट कालिकोटतर्फ जाँदै थियो ।

Read More

नाबालिकामाथि यौन शोषण आरोपमा अनाथालयका प्रमुख पक्राउ

- फरक दृष्टि / मंगलबार, माघ १७, २०७९

नाबालिकामाथि यौन शोषण गरेको आरोपमा महेन्द्रनगरस्थित अञ्चल बाल अनाथालयका प्रमुख शङ्करबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मंगलबार भीमदत्त नगरपालिका–४ स्थित अञ्चल बाल अनाथालयको कार्यालयबाटै प्रमुख चन्दलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता चक्रबहादुर शाहले अनाथालयमा आश्रय लिएका नाबालिकासँग अनैतिक सम्बन्ध रहेको सू

नाबालिकामाथि यौन शोषण गरेको आरोपमा महेन्द्रनगरस्थित अञ्चल बाल अनाथालयका प्रमुख शङ्करबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मंगलबार भीमदत्त नगरपालिका–४ स्थित अञ्चल बाल अनाथालयको कार्यालयबाटै प्रमुख चन्दलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता चक्रबहादुर शाहले अनाथालयमा आश्रय लिएका नाबालिकासँग अनैतिक सम्बन्ध रहेको सूचना आएपछि अनुसन्धानका लागि पक्राउ गरिएको बताए । ‘कार्यालय प्रमुखबाट नाबालिकामाथि यौनजन्य दुर्व्यवहार भएको सूचना पाएपछि नियन्त्रणमा लिएका हौँ ।’ उनले भने, ‘मौखिक सूचना आएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौँ ।’

अनाथालयमै आश्रय लिएका एक नाबालिकको गर्भ तुहाएपछि घटना बाहिरिएको हो । अभिभावकविहीन बालबालिकाको आश्रयस्थलमै नाबालिक असुरक्षित भएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

Read More