थप समाचार मेनु

अर्थतन्त्रलाई चलायमान बनाउन एकल अंकको ब्याजदर आवश्यक : अध्यक्ष मल्ल

- / शनिबार, चैत ४, २०७९ १७:५१

 

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई चलायमान बनाउने हो भने एकल अंकको ब्याजदर कायम गरिनुपर्ने बताएका छन् । हाल कायम उच्च ब्याजदरले उद्योग व्यवसाय एवं लगानी प्रभावित भएको अध्यक्ष मल्लले बताएका हुन् । 

तुलसीपुर चेम्बर अफ कमर्सको दोस्रो साधारण सभालाई शनिवार सम्बोधन गर्दै अध्यक्ष मल्लले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि पनि एकल अंकको ब्याजदर आवश्यक रहेकोमा जोड दिए । आर्थिक स्थायित्व र व्यावसायिक वातावरण निर्माणका लागि ब्याजदरमा लकअप प्रणाली लागु गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ  । 

ब्याजदर अस्थिर हुँदा ऋणीहरु मर्कामा परेको र लगानीको वातावरण सिर्जना हुन नसकेको भन्दै अध्यक्ष मल्लले लकअप प्रणालीमा जानुपर्ने बताए । उद्योग व्यवसाय सञ्चालन, घरजग्गा, कृषि लगायत विभिन्न प्रयोजनमा ऋण लिने प्रक्रियामा सुरुवाती चरणमै निश्चित ब्याजदर कायम गर्ने र पछि फेरबदल नहुने हो भने वित्तीय क्षेत्रमा अस्थिरता नआउने अध्यक्ष मल्लको भनाई छ । 

अर्थतन्त्रको वर्तमान अवस्थालाई सुधार गर्न सरकार निजी क्षेत्र मिलेर हातेमालो गर्नुपर्ने अध्यक्ष मल्लले बताए । उनले भने, ‘अन्त्रको आन्तरिक पाटो अहिले पनि जोखिमकै अवस्थामा छ ,। रोजगारी सिर्जना हुन सकेको छैन । उत्पादन हुन नसक्दा कृषिजन्य बस्तुहरु समेत आयत गर्नु पर्ने अवस्था आउनु विडम्बना भएको छ, ।’ ब्याजदर एकल अंकमा आउन सक्यो भने अर्थतन्त्र पुन चलायमान हुने अध्यक्ष मल्लले बताए । 

सम्बन्धित समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा अस्तित्व नेपाल फाउन्डेसनलाई आर्थिक सहयोग

- / सोमबार, चैत १३, २०७९

काठमाडाै‌ । सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा अस्तित्व नेपाल फाउन्डेसनलाई आर्थिक सहयोग

सिटी एक्सप्रेस मनी ट्रान्सफरले सामाजिक उत्तरदायित्व अन्तर्गत आज सोमबार अस्तित्व नेपाल फाउन्डेसनलाई रु १ लाख रकम सहयोग गरेको छ ।

अस्तित्व नेपाल, एक गैर नाफामुखी संस्था जस्ले २०१८ देखी एसिड तथा अग्नीजन्य हिंसा बिरुद्ध काम गर्दै आइरहेको छ साथ–साथै शिक्षा, छात्रवृत

काठमाडाै‌ । सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा अस्तित्व नेपाल फाउन्डेसनलाई आर्थिक सहयोग

सिटी एक्सप्रेस मनी ट्रान्सफरले सामाजिक उत्तरदायित्व अन्तर्गत आज सोमबार अस्तित्व नेपाल फाउन्डेसनलाई रु १ लाख रकम सहयोग गरेको छ ।

अस्तित्व नेपाल, एक गैर नाफामुखी संस्था जस्ले २०१८ देखी एसिड तथा अग्नीजन्य हिंसा बिरुद्ध काम गर्दै आइरहेको छ साथ–साथै शिक्षा, छात्रवृत्ति कार्यक्रम, मनोवैज्ञानिक परामर्श, सीपमा आधारित तालिम, र सचेतना कार्यक्रमहरु पनि चलाउदै आइरहेको छ । उक्त संस्थाको सद्भावना दूत प्रसिद्ध अभिनेत्री शिल्पा मास्के रहेकी छिन् ।   

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न क्षेत्रहरुमा साथ सहयोग प्रदान गर्दै आइरहेको छ  । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १६ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

Read More

एनआईसी एशिया लघुवित्तद्धारा अभिमुखीकरण कार्यक्रम सञ्चालन

- / सोमबार, चैत १३, २०७९

काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभरिका विभिन्न स्थानमा विश्व वित्तीय सप्ताह २०२३ (ग्लोबल मनी विक–२०२३)को अवसरमा देशव्यापी रुपमा वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।

विश्व वित्तीय सप्ताहलाई सार्थक र सफल पार्न ग्रामीण समुदायमा लक्षित गरी वित्तीय सचेतना फैलाउने उद्देश्यका साथ एनआईसी एशिया लघुवित्तले देशैभरि वित्तीय साक्

काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभरिका विभिन्न स्थानमा विश्व वित्तीय सप्ताह २०२३ (ग्लोबल मनी विक–२०२३)को अवसरमा देशव्यापी रुपमा वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।

विश्व वित्तीय सप्ताहलाई सार्थक र सफल पार्न ग्रामीण समुदायमा लक्षित गरी वित्तीय सचेतना फैलाउने उद्देश्यका साथ एनआईसी एशिया लघुवित्तले देशैभरि वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण तथा र्‍याली कार्यक्रमको आयोजना गरेको हो।

 संस्थासँग आबद्ध सदस्यहरु तथा लघुवित्तका कर्मचारीहरुको सहभागिता रहेका कार्यक्रहरु मधेश प्रदेशअन्तर्गतका  बर्दिबास, बट्टेश्वर, कल्याणपुर, कोशी प्रदेशअन्तर्गतका भद्रपुर र धाईजान, गण्डकी प्रदेशअन्तर्गतको क्यामिन (आबुखैरेनी), लुम्बिनी प्रदेशअन्तर्गतको महाराजगन्ज (डुमरा) तथा सुदूरपश्चिम प्रदेशअन्तर्गतको बहुनिया आदि स्थानहरुमा वित्तीय साक्षरता अभिमुखीकरणका साथै वित्तीय साक्षरता झल्काउने नाराहरुको प्लेकार्डसहितको र्‍याली कार्यक्रम सञ्चालन भएका हुन्। जसबाट समुदायस्तरमा रहेका सदस्यहरुलाई वित्तीय कारोबार, दैनिक आम्दानी तथा खर्चको विश्लेषण गर्न, बचत गर्ने बानी, कर्जाको सही सदुपयोग, वित्तीय सेवासम्बन्धी ज्ञान, व्यवसाय व्यवस्थापन, बीमा, विप्रेषणजस्ता कुराहरुमा चेतना वृद्धि भई आर्थिक व्यवस्थापनमा सहज हुने विश्वास संस्थाले लिएको छ।

“साथी सँगै सबल बन्दै” भन्ने मूल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एनआईसी एशिया लघुवित्त देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल र देशकै एक ठूलो सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाका रुपमा स्थापित भइरहेको छ।

त्यस्तै उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एनआईसी एशिया लघुवित्तले वित्तीय समावेशीकरणका लागि डोटी, जुम्ला, दार्चुला, जाजरकोट, बैतडी, अछाम, बजाङ, सल्यान, रसुवा, सिन्धुपाल्चोकजस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेको दुर्गम जिल्लाहरुसहित नेपालभरि आफ्ना २८७ शाखामार्फत २ लाखभन्दा बढी न्यून आय भएका तथा साना तथा मझौला उद्यमी सदस्यलाई गुणस्तरीय वित्तीय सेवा तथा गैरवित्तीय सेवा उपलब्ध गराउँदै आएको र आगामी दिनहरुमा पनि सोहीअनुरुप कार्य गर्ने प्रतिबद्धता जनाएको छ। 

Read More
ads-image
ads-image
ads-image
ads-image