थप समाचार मेनु

लामो समयपछि कोरोना भाइरसका शून्य संक्रमित

- / शनिबार, माघ १४, २०७९ १6:३७

काठमाडौं । पछिल्लो २४ घण्टामा गरिएको कोरोना भाइरसको परीक्षणमा कसैमा पनि संक्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले शनिवार अद्यावधिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ३ सय ३३ जनाको परीरण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको हो । यो अवधिमा ३ सय ३३ जनाकै पीसीआर परीक्षण गरिएको थियो । यो अवधिमा तीन जना संक्रमण संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा कोरोना भाइरसका संक्रिय संक्रमितको संख्या १५ रहेको समेत मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

बढ्दै सङ्क्रमण कोरोना : सक्रिय सङ्क्रमितको सङ्ख्या ४२ पुग्यो

- / आइतबार, चैत १२, २०७९

 

काठमाडौँ । पछिल्ला केही दिनमा नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढ्दो क्रममा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर ४२ पुगेको छ । 

मन्त्रालयका अनुसार आज थप १६ जना सङ्क्रमित थपिएका छन् । पीसीआर विधिबाट पुष्टि भएका यसमा पछिल्ला ५ दिनको सञ्चित रहेको सङ्ख्या पनि समावेश छ । पछिल्लो २४ घण्टामा २

 

काठमाडौँ । पछिल्ला केही दिनमा नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढ्दो क्रममा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर ४२ पुगेको छ । 

मन्त्रालयका अनुसार आज थप १६ जना सङ्क्रमित थपिएका छन् । पीसीआर विधिबाट पुष्टि भएका यसमा पछिल्ला ५ दिनको सञ्चित रहेको सङ्ख्या पनि समावेश छ । पछिल्लो २४ घण्टामा २ जना निको पनि भएका छन् ।

नेपालमा हालसम्म पीसीआर विधिबाट १० लाख १ हजार २२३ जना तथा एन्टिजेन विधिबाट १ लाख ५२ हजार २३३ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै ९ लाख ८९ हजार १६१ जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा निको हुने दर ९८.८ प्रतिशत रहेको छ ।

नेपालमा हालसम्म १२ हजार २० जनाको मृत्यु भएको छ । नेपालमा मृत्यु हुने दर १.२ रहेको छ ।

Read More

सीमाक्षेत्रमा कोरोना सङ्क्रमणदर बढ्यो

- / शुक्रबार, चैत १०, २०७९

बैतडी । भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका जिल्लामा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ ।

    केही महिना सङ्क्रमण शून्य रहेको भए पनि हाल दिनहुँजसो सङ्क्रमित देखिरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । निर्देशनालयको तथ्याङ्कअनुसार  चैत सुरु भएयता मात्रै यहाँ २४ जनामा सङ्क्रमण पुष्टि

बैतडी । भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका जिल्लामा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ ।

    केही महिना सङ्क्रमण शून्य रहेको भए पनि हाल दिनहुँजसो सङ्क्रमित देखिरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । निर्देशनालयको तथ्याङ्कअनुसार  चैत सुरु भएयता मात्रै यहाँ २४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

    भारतका विभिन्न सहरमा कोरोना सङ्क्रमण देखिएकाले त्यसको प्रभाव यहाँ पनि परेको जोशीको भनाइ छ । उनले भने, “भारतका विभिन्न सहरमा कोरोना फैलिएको भन्नेछ, त्यसको प्रभाव यहाँ पनि पर्न थालेको हो । सङ्क्रमित पुष्टि हुने सबै भारतबाट फर्किएका रहेका छन् ।” 

    भारतसँग जोडिएका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकामा नियमित रुपमा कोरोना परीक्षण जारी रहेको निर्देशनालयले जनाएको छ । नयाँ वर्ष नजिक आइरहेका बेला यहाँका नाकामा भारतबाट स्वदेश फर्किनेको सङ्ख्या पनि बढ्दै गएको छ । नयाँ वर्ष तथा बिशु पर्व मनाउन गाउँ फर्किनेको सङ्ख्या बढेकाले  सङ्क्रमणदर पनि वृद्धि भएको  जोशीले बताए । 

    भारतमा सङ्क्रमण देखिएका सहरहरूसित दूरीका हिसाबले यो प्रदेश नजिक भएकाले उच्च जोखिम रहेको र सतर्कता अपनाउन आवश्यक  रहेको छ । भारतमा ओमिक्रोनको सङ्क्रमण तीव्र रुपमा फैलिरहेकाले यहाँका नाकामा स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको छ । उनले भने, “सीमानाकामै हेल्थ डेस्क स्थापना गरी एन्टीजेन परीक्षणमार्फत परीक्षणको काम भइरहेको छ, सङ्क्रमण देखिनेलाई सम्बन्धित पालिकासँग समन्वय गरेर होम आइसोलेसन बस्न भन्ने गरेका छौँ । यसले जोखिम कम गर्न सकिन्छ ।”

    साथै कोभिड–१९ सम्पर्क व्यक्ति जोशीका अनुसार कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोना विरुद्धको खोप अभियानलाई निरन्तरता दिइएको छ । प्रदेशका सबै स्थानीय तहमा हाल ५५ वर्षमाथिकालाई कोरोनाविरुद्धको बुस्टर डोज लगाउन थालिएको जोशीको भनाइ छ । 

    सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ लाख ४२ हजार तीन सय ६४ जनाको कोरोना परीक्षण गरिएकामा ६१ हजार नौ सय आठजनामा सङ्क्रमण भइसकेको छ । सङ्क्रमणकै कारण यस प्रदेशमा छ सय ३५ जनाको ज्यान गइसकेको छ । भारतसँग सीमा जोडिएको यस प्रदेशमा कोरोना सङ्क्रमण बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्देशनालयको आग्रह छ ।   

Read More
ads-image
ads-image
ads-image
ads-image