थप समाचार मेनु

हेटौँडाको वन विज्ञान अध्ययन संस्थानको सङ्ग्रहालय प्रयोगविहीन

- / बुधबार, माघ १८, २०७९ ०९:००

मकवानपुर । मकवानपुरको हेटौँडास्थित वन विज्ञान अध्ययन संस्थानको हाताभित्र रहेको सङ्ग्रहालय संरक्षणको अभावमा प्रयोगविहीन अवस्थामा छ ।

हेटाँैडामा वन पैदावार र वन्यजन्तुको संरक्षण तथा अध्ययन गर्नका लागि निर्माण गरिएको पुस्तकालयसहितको सो सङग्रहालय संरक्षणको पर्खाइमा छ । मित्रराष्ट्र भारत सरकारको सहयोगमा २०६३ सालमा निर्माण भएको सो सङ्ग्राहलयको संरक्षणका लागि पटक–पटक माग भए पनि सम्बन्धित निकायले कुनै चासो नदेखाएको यहाँ अध्ययनरत् विद्यार्थी बताउँछन् । 

भारतको रु दुई करोड ६० लाख लागतमा निर्माण भएको सो सङ्ग्राहलय सुरुआतमा सञ्चालनमा आए पनि पछि संरक्षण र प्रचार–प्रसारको अभावमा ओझेलमा परेको हो । यहाँ रहेका महत्वपूर्ण सामग्री तथा संरचना संरक्षण अभावमा जीर्ण भइसकेका छन् । सङग्रहालयभित्र पुस्तकालय, वन विज्ञान, जडीबुटी, चराचुरुङ्गी, जनावर तथा वन्यजन्तुका अवशेष अध्ययन तथा अवलोकनका लागि राखिएका छन् । सङ्ग्रहालयलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न सकेमा आन्तरिक पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।
 
त्रिभुवन विश्वविद्यालय डिनको कार्यालयको बेवास्ताले न त सङ्ग्रहालय विद्यार्थीका लागि उपयोगी भएको छ न अवलोकनकर्तालाई नै आकिर्षत गर्न सकिएको छ । त्रिभुवन विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थान र कृषि वन विज्ञान  विश्वविद्यालयको बीचमा रहेको सो सङ्ग्रहालयको संरक्षणमा सरकारले र त्रिभुवन विश्वविद्यालयले चासो नदिएकाले लथालिङ्ग भएको वन विज्ञान अध्ययन संस्थानका कर्मचारीको गुनासो छ ।

सङ्ग्रहालयका प्रमुख राजबाबु पहाडीले सरकारले प्राथमिकतामा नराखेकाले सङ्ग्रहालयले गति नलिएको बताउनुभयो । “बजेटको अभाव भएको छ”, उहाँले भन्नुभयो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत डिनको कार्यालयबाट सञ्चालित सङ्ग्रहालयको संरक्षणका लागि पटक–पटक ध्यानाकर्षण गराए पनि बेवस्ता गरिएको उहाँको भनाइ छ । यहाँ कर्मचारीको समेत अभाव छ ।

वनविज्ञान अध्ययन संस्थानले विद्यार्थीको अध्ययनका लागि कक्षा कोठा, फर्निचर तथा भवन मर्मत गर्नुका साथै तारबार गरी सरसफाइमा जोड दिएको छ । हाताभित्र हाल शैक्षिक भवनको अगाडि सरस्वतीको मूर्ति स्थापित गरिएको सो संस्थानका प्रमुख शिवकुमार महाजनले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

यसवर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि

- / सोमबार, चैत १३, २०७९

 

भक्तपुर। प्रत्येक नयाँ वर्षमा भक्तपुरबासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुने भएको छ ।

नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिङ्खेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो

 

भक्तपुर। प्रत्येक नयाँ वर्षमा भक्तपुरबासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुने भएको छ ।

नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिङ्खेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो ढालेर जात्रा मनाइन्छ । जात्राका लागि अत्यावश्यक रहेको भैरव र भद्रकालीको रथ निर्माण सुरु भएको छ ।

टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा एक महिना अगाडिदेखि रथ निर्माणका लागि बिभिन्न आकारका काठ तयार गर्ने, पाङ्ग्रा बनाउने, बिग्रिएका सामानको मर्मत गर्ने, बुट्टा बनाउने कार्य भइरहेको गुठी संस्थान भक्तपुरको प्रमुख खीमा वलीले जानकारी दिइन्।

उनका अनुसार नयाँ काठ किनेर एउटा नयाँ पाङ्ग्रा निर्माण गरिएको र अरु पाङ्ग्रा मर्मत गरिएको छ भने १६ गतेदेखि भैरवको रथको पाङ्ग्रा र विभिन्न पाटपुर्जा जडान गर्दै करिब २३ गतेसम्म प्यागोडा शैलीको तीन तले रथ निर्माण सम्पन्न गरेर रङरोगन गरिने छ ।

रथ निर्माणका लागि दाताबाट ठूलो काठ आएको र गुठी संस्थानले रथ निर्माण तथा मर्मत आवश्यक पर्ने काठ समयमै ल्याएको छ ।

‘रथ तान्न ठेकेदारलाई ९० हात लामो कसिलो एकदमै बलियो डोरी ल्याउन निर्देशन दिएका छौँ, जात्रा व्यवस्थापन समितिसमेतको टोलीले डोरीको परीक्षण गरिएको छ, ५५ हात लामो, नाङ्लोजस्तो फराकिलो फेद भएको लिङ्गो जात्राका लागि चाहिन्छ,’ ‘ उनले भनिन्, ‘गतवर्ष दुई लिङ्गो रहेकाले यस वर्ष नयाँ लिङ्गो भने ल्याइएन, यसवर्ष २७ गते भैरवको रथ दिउँसो ३ बजे तानेर अपराह्न ५ बजे सम्पन्न गर्ने निर्णय गरेका छौँ।’

पोटरीस्क्वायमा प्रजापति समाजले उठाउने बिना हातको लिङ्गो भने भक्तपुरको सूर्यविनायक नगरपालिका-१० चित्तपोलस्थित सल्लाघारीबाट ल्याइएको छ ।

यसवर्ष बिस्केट जात्राका लागि पूजा खर्चबाहेक रथ निर्माण, डोरी, बेत, विभिन्न साइजका काठ खरिद एवं ज्यालालगायत रु २५ लाख बजेट रहेको उनले जानकारी दिए ।

२६ गते हनुमान ढोकाबाट खड्ग ल्याएर गुठीका एक कर्मचारीलाई राजाको प्रतीक बनाएर बाजागाजासहित च्याङ्गा गणेश मन्दिरको जङ्गलमा रुखलाई पूजा गरेर खड्ग भित्र्याएपछि जात्रा सुरु हुने परम्परा रहेको छ ।

लिच्छवीकालदेखि सुरु भएको सो जात्रा वैशाख १ गतेभन्दा चार दिनअगाडि भैरव र भद्रकालीको रथयात्रा गरी सुरु गरिने परम्परा छ । जात्राको मुख्य आकर्षण भनेकै रथजात्रा र लिङ्गोजात्रा हो ।

तान्त्रिक विधिअनुसार काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिने ३५ फिट अग्लो तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथलाई तानेर लैजाने परम्परा छ ।

सुरुको दिनमा तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी, इनाचो, दत्तात्रय पुर्‍याई रथ फर्काउने प्रचलन छ । नयाँ वर्षको चार दिनअघि अर्थात् चैत २७ गते दिउँसो तान्त्रिक विधिअनुसार भैरवनाथको रथमा खड्ग, तरबार र निसान राखिसकेपछि अपराह्नदेखि रथ तान्ने क्रम सुरु गर्ने परम्परा रहेको छ ।

विक्रम संवत्अनुसार सौरमासका आधारमा तान्त्रिक विधिअनुसार चल्ने बिस्केट जात्रा नेपाल भाषामा बीःसित (नाग मर्‍यो), बीय जात्रा (नागको जात्रा), बीःस्यात (नाग मारियो) हुँदै पछि अपभ्रंश भई बिस्केट जात्रा हुन गएको बताइन्छ ।

रथ तल्लो क्षेत्रमा बुलुचा, नासमना, वंशगोपाल, तेखापुखुतिर लैजाने प्रचलन छ भने भैरव तथा भद्रकालीको रथजात्रा गरी गःहिटी पुर्‍याएर पहिलो दिनको रथयात्रा विसर्जन गर्ने परम्परा छ ।

दोस्रो दिन भद्रकालीको रथ गःहिटी खलाटोल अजिमा देवताघर पुर्‍याइन्छ भने तेस्रो दिन गःहिटीमा भैरवलाई बलि चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ ।ल्यासिंखेलमा चैत मसान्तको साँझ ५५ हात लामो इन्द्रध्वजासहितको लिङ्गो उभ्याउने परम्परा छ । सुरुमा बिस्केट जात्रा लिङ्गो उभ्याउने र ढाल्ने दिनमा मात्र मनाइन्थ्यो ।

पछि मल्लकालमा यो जात्रा भैरव र भद्रकालीको रथयात्रा गरी प्रत्येक टोल-टोलमा शक्तिशाली देवीदेवताको पूजा गर्दै मनाउने प्रचलन रहेको हो। रथ तान्दा अप्रिय घटना नहोस् भनेर रथ तान्ने दिन रथमा छ भैरव नाइके, पाँच चौगुठी र दुईजना तलेजुका पुजारी रहने चलन रहेको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी बताए।

वैशाख ५ गते जात्राको अन्तिम दिन भएकाले सो दिन पनि सुरुको दिनजस्तै प्रसिद्ध पाँचतले मन्दिरस्थित तौमढी टोलबाट भैरवको रथ दुई सय फिट लामो चार–चारवटा डोरीले बाँधेर तल्लो र माथ्लो टोलका बासिन्दाले आ–आफ्नो टोलमा लैजान दुवैतिर तान्ने गर्छन्।

त्यसपछि रथ पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई पूजा गरेर देउतालाई भैरव मन्दिरमा भित्र्याइएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न गरिने परम्परा रहेको छ ।

Read More

कित्ताकाट खुलाउन पहल

- / आइतबार, चैत १२, २०७९

रसुवा । गत असारको तेस्रो सातादेखि रोकिएको  जमिनका कित्ताकाट  खुलाउन यहाँका पालिकाले पहल सुरुआत गरेका छन् । यसलाई कार्यान्वयन गर्न यहाँका पाँच गाउँपालिकामध्ये पहिलो चरणमा उत्तरगयाले गृहकार्य अगाडि बढाएको हो । यसका लागि उसले सुझाव सङ्कलन सम्पन्न गरेको छ ।
 
 आवास क्षेत्र र कृषियोग्य जग्गाका विषयमा यकिन गरेर मात्र कित्ताकाट गराउन संघीय सरकारले सबै

रसुवा । गत असारको तेस्रो सातादेखि रोकिएको  जमिनका कित्ताकाट  खुलाउन यहाँका पालिकाले पहल सुरुआत गरेका छन् । यसलाई कार्यान्वयन गर्न यहाँका पाँच गाउँपालिकामध्ये पहिलो चरणमा उत्तरगयाले गृहकार्य अगाडि बढाएको हो । यसका लागि उसले सुझाव सङ्कलन सम्पन्न गरेको छ ।
 
 आवास क्षेत्र र कृषियोग्य जग्गाका विषयमा यकिन गरेर मात्र कित्ताकाट गराउन संघीय सरकारले सबै पालिकालाई  पत्राचार गरेको थियो ।  उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले सुझाव सङ्कलनकार्य सम्पन्न गरी निर्णयमा जाने अन्तिम तयारी भएको जानकारी दिए ।

भू–उपयोगको नीतिअनुरूप सङ्कलित सुझाव र विज्ञको सिफारिसलाई आधार मानी यही चैत २५ गतेभित्र निर्णय लिइसक्ने उनले बताए । कृषिका लागि दुई रोपनी र घडेरीका लागि साढे चारआनाभन्दा कम कित्ताकाट गर्न नपाइने भू–उपयोग नीतिले औँल्याएको छ । 

असारदेखि हालसम्म कित्ताकाट हुन नसकेकै कारण रु ३० लाखभन्दा बढी राजस्व घटेको मालपोत कार्यालयले जनाएको छ । कित्ताको रजिष्टे«शन, मरूवा नामसारी, बैंक–वित्तीय संस्थाको धितो बन्धकको कामबाहेक कित्ताकाटबाट गरिने रजिष्ट्रेशनकार्य रोकिएको मालपोत प्रमुख गणेश श्रेष्ठले बताए । नौकुण्ड गाउँपालिकाले जमिनको कित्ता नम्बरसहितको लगत सङ्कलन सुरू गरेको अध्यक्ष नुर्पुसाङ्वो घलेले बताए ।

Read More
ads-image
ads-image
ads-image
ads-image