थप समाचार मेनु

इसेवा १५औँ वर्षमा प्रवेश, यस्ता छन् वार्षिक उत्सवका अफरहरु

डिजिटल अर्थतन्त्रनिर्माणमा निरन्तर अगाडी बढिने प्रतिबद्धता 

- फरक दृष्टि / मंगलबार, माघ १०, २०७९ १८:०९

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १४ वर्ष पुरा गरेर १५ औँ वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले १४वर्ष पार गरेको हो । मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै इसेवाले डिजिटल अर्थतन्त्र निर्माणमा थप सेवा सुविधा ल्याउने प्रतिबद्धता समेत जनाएको छ ।

पत्रकार सम्मेलनमा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले भने “हामी जहिले पनि हाम्रा प्रयोगकर्ताको दैनिकी कसरी सहज बनाउन सकिन्छ भन्ने कुरामा केन्द्रित हुने गरेका छौँ ।आगामी दिनमा पनि अहिले भइरहेका सेवालाई थप परिस्कृत गर्दै वित्तीय सेवालाई सहज बनाइ डिजिटल अर्थतन्त्रलाई बलियो बनाउँदै लैजानेछौँ ”। कार्यक्रममा उनले थपे “ हामीलाई यस अवस्थासम्म ल्याउन सहयोग गर्नुहुने आम नेपाली, प्रत्यक्ष र अप्रत्यक्ष रुपमा इसेवामा जोडिनु भएका प्रयोगकर्ता, हाम्रा साझेदार बैंक तथावित्तीय संस्था, हाम्रातीनलाखभन्दा बढि मर्चेन्ट, नियामक निकाय, हाम्रा सम्पूर्ण एजेन्ट नेटवर्क, कर्मचारी तथा मिडियाकर्मी साथीहरू तथाआम सुभचिन्तकको ठुलो सहयोग छ । म तपाईहरूको यो सहयोग र विश्वासलाई विशष धन्यवाद दिन चाहान्छु” ।

कार्यक्रममा इसेवाका प्रमुख म्यानेजर आशिष गौतमले इसेवाले बुधवार भएको आफ्नो वार्षिक उत्सवमा इसेवाले सार्बजनिक गरेका अफरहरूका विषयमा जानकारी गराएका थिए । १४ औँ वार्षिक उत्सवको अवशरमा इसेवाले बुधवार बिहान ९ बजेदेखि दिउसो ३ बजेसम्महुने कारोबारमा विभिन्न अफरहरू सार्बजनिक गरेको छ । जसमा बिहान ९ बजेदेखि १० बजेको अवधिमाआफ्नो बैंक एकाउन्ट इसेवामालिंक गरेमा रू १४० क्यनसब पाइनेछ । यसैगरी बिहान १० देखि ११ बजेसम्मलाई डाइमण्ड अफर सञ्चालनहुनेछ । जसमा एक रिवार्ड पोइन्टसहित ७जना भाग्यशाली विजेताले हिरा उपहार पाउनेछन् ।

यसैगरी ११ देखि १२ बजेसम्म मुभिआवर सञ्चालन हुनेछ । यो अवधिमा मुभि टिकट खरिद गर्दा २०० रिवार्ड पोइन्ट प्राप्तगर्न सकिनेछ । यसैगरी १२ बजेसम्म होटल बुक अफर सञ्चालन हुनेछ । यो अवधिमा होटल बुक गर्दा विभिन्न होटलमा कोठाहरु निशुल्क प्राप्त गर्न सकिनेछ । यस्तै १ देखि २ बजेसम्म भौचर मेलाआवर सञ्चालन हुनेछ । जसमा विभिन्न किसिमका डिस्काउन्ट भौचर प्राप्त गर्न सकिनेछ । यसैगरी २ बजेदेखि ३ बजेसम्म क्यासब्याक अफर सञ्चालन हुनेछ । यस अवधिमा मोबाईल टपअप, एयरलाइन्स् टिकट, इन्टरनेट टिभिको बिलभुक्तानी, विद्युत् महशुल भुक्तानीमा १४ प्रतिशतसम्म क्यास ब्याक प्राप्त गर्न सकिनेछ । यसैगरी ३ देखि ४ बजेसम्म मेरो सेयर अफर सञ्चालन हुनेछ । यो अवधिमा रु ५० सम्मको शतप्रतिशत क्यास ब्याक प्राप्त गर्न सकिनेछ । यसैगरी इसेवाले आफ्नो वार्षिक उत्सवको अवसरमा छात्रवृति कोष समेत सञ्चालन गरेको छ । यसको राशी र प्रक्रियाका विषयमा केही समय पछि एक कार्यक्रममार्फत जानकारी गराउने इसेवाको भनाई छ ।

इसेवाले आफ्नो १४ वर्षे यात्रामा नगदरहित (क्यासलेस) अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदानपुर्याउन सफल भएको छ । १४ वर्षको अवधिमा इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ७० लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ७० लाख जनसंख्याले इसेवा मार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब १ लाख८५हजार एजेन्ट (इसेवाजोन तथापोइन्ट) रहेका छन् । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै सहजता ल्याएको छ । १४वर्षे यात्रामा आममानिसलाई जुनसुकै सेवाको लागिलाइन बस्नुपरेमा सबैभन्दा पहिले इसेवालाई सम्झने अवस्थामा ल्याइ पुर्याएको छ । 

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० भन्दा धेरै बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

पहिलो अफरः इ–सेवाको अफरमा ९ बजेदेखि १० बजेसम्म अकाउण्ट लिंकको अफर रहेको छ । उक्त अफरमा पहिलो चोटी इसेवाको अकाउण्ट लिंक गर्नेलाई १४० रुपैयाँ जित्न सक्नेछन् । यो अफर सबै ग्राहकलाई उपलब्ध हुने छ ।

दोस्रो अफरः १०–११ बजेसम्म डाइमण्ड अफर रहेको  छ । उक्त अफरमा पार्टिसिपेट हुन रिवार्ड पोइन्ट भन्ने सेक्सनमा गएर रिवार्ड गर्नुपर्नेछ । यसका साथै, त्यो १ घण्टामा इ–सेवामा गएर १०० रुपैयाँको ट्रान्जेक्सन गरिएमा ७ जना ग्राहकले लक्की ड्र मार्फत डाइमण्ड अफर जित्न सक्नेछन् । 

तेस्रो अफरः ११–१२ बजेसम्म चल्नेछ । उक्त समयमा २०० रिवार्ड पोइन्टबाट ग्राहकले आफैं मुभी टिकेट पाउने छन् । मुभी टिकट कुन समयको लागि हुन्छ भन्ने कुरा ग्राहकले अफरमा सहभागी भएपछि थाहा पाउने छन् । 

चौथो अफरः १२–१ बजेसम्म रहेको छ । उक्त अफर होटलको अफर हुने छ । उक्त अफरमा सहभागी हुन ग्राहकले रिवार्ड पोइन्टमा गएर १०० रुपैयाँको ट्रान्जेक्सन गर्नुपर्छ । त्यसमा ९ जना भाग्यशाली जोडीलाई होटल फ्रि स्टे अफर उपलब्ध हुनेछ । 

पाँचौं अफरः अन्तर्गत भौचर मेलाको अफर रहेको छ । उक्त अफर १ –२ बजेसम्म चल्नेछ । उक्त अफरमा रिवार्ड पोइन्टमा विभिन्न भौचरहरु रहने छन् । ग्राहकहरुले त्यहाँ गएर भौंचर रिडिङ गर्नुपर्ने हुन्छ । के कस्तो र कति रिडिङ गर्ने भन्ने कुरा पहिले रिवार्ड पोइन्ट मै गएर थाहा पाउने छन् । 

छैठौं अफरः  यो अफर २ बजेदेखि ३ बजेसम्मको हुनेछ । उक्त अफर क्यास व्याक आवरको हुनेछ । त्यसमा मेजर आइएसपीटी, इ–सेवा क्यास व्याक, इसेवा सर्भिसेस, इ–सेवा टप–अप तथा एअर लाइन्स टप–अपहरुमा ग्राहकले १४ प्रतिशत अथवा १४० रुपैयाँ क्यास व्याक प्राप्त गर्न सक्नेछन् । यसको लागि ग्राहकले eSewa 14 भन्ने प्रोमोकोड प्रयोग गर्नुपर्ने हुन्छ । 

त्यस्तै ३ बजेदेखि ४ बजेसम्म रहने छ । उक्त समयमा मेरो सेयरका अफर हुनेछ । अफर अन्तर्गत ग्राहकले मेरो सेयरमा पेमेन्ट गरेमा सबै ग्राहकले एक वर्षको रि–न्यु अल इसेवाले निःशुल्क उपलब्ध गर्नेछ । 

योजनामा सहभागी हुन एकाउन्ट लिंक गरी कारोबार गर्नुपर्नेछ भने एकाउन्ट भेरिफाइ भएको हुनुपर्नेछ । इ–सेवाले नेपालका सुविधासम्पन्न क्षेत्रदेखि विकट बस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै किसिमका सहजता ल्याएको दावी गरेको छ । इसेवाबाट इस्योरेन्सको प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायत सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

सम्बन्धित तस्बिरहरू

इसेवा १५औँ वर्षमा प्रवेश, यस्ता छन् वार्षिक उत्सवका अफरहरु
इसेवा १५औँ वर्षमा प्रवेश, यस्ता छन् वार्षिक उत्सवका अफरहरु
इसेवा १५औँ वर्षमा प्रवेश, यस्ता छन् वार्षिक उत्सवका अफरहरु
इसेवा १५औँ वर्षमा प्रवेश, यस्ता छन् वार्षिक उत्सवका अफरहरु
इसेवा १५औँ वर्षमा प्रवेश, यस्ता छन् वार्षिक उत्सवका अफरहरु
इसेवा १५औँ वर्षमा प्रवेश, यस्ता छन् वार्षिक उत्सवका अफरहरु
सम्बन्धित समाचार

साल्ट ट्रेडिङ्ग कर्पोरेशनले फेब्रुअरीलाई ‘आयोडिन मन्थ’ का रुपमा मनाउने

- फरक दृष्टि / मंगलबार, माघ १७, २०७९

साल्ट ट्रेडिङ्ग कर्पोरेशनले १ महिना ‘आयोडिन मन्थ’ का रुपमा मनाउने भएको छ । आयोडिनयुक्त नुनकी प्रवर्द्धन तथा यस सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीले एक महिने ‘आयोडिन मन्थ’ मनाउन लागेको हो ।

आयोडिनको कमीबाट हुने विकृति निवारण सम्बन्धि जनचेतना जगाउने उद्देश्य अनुरुप कम्पनीले फेब्रुअरी महिनालाई ‘योरै साओ, सही मात्रामा साओ, दुई वालवालिकाको चिन्

साल्ट ट्रेडिङ्ग कर्पोरेशनले १ महिना ‘आयोडिन मन्थ’ का रुपमा मनाउने भएको छ । आयोडिनयुक्त नुनकी प्रवर्द्धन तथा यस सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीले एक महिने ‘आयोडिन मन्थ’ मनाउन लागेको हो ।

आयोडिनको कमीबाट हुने विकृति निवारण सम्बन्धि जनचेतना जगाउने उद्देश्य अनुरुप कम्पनीले फेब्रुअरी महिनालाई ‘योरै साओ, सही मात्रामा साओ, दुई वालवालिकाको चिन्ह अंकित आयोडिनयुक्त नुन ने साज’ भन्ने नारालाई साकार तुल्याउन १ महिनाभरी आयोडिन मन्थका रुपमा मनाउने भएको हो । आयोडिनको कमीबाट उत्पन्न विभिन्न विकृतिहरु मध्ये भिजिबर जोएटर सन १९८६ मा ४४.२ प्रतिशत रहेकोमा सन् २००७ मा ०.४ प्रतिशतमा झर्न गएको छ ।

नेपाल सरकारले दिएको निर्देशन अनुसार यस कर्पोरेशनले आयोडिनयुक्त नुनको आपूर्ति गर्दै आएको र नेपाल सरकारले लिएको सह शताब्दी विकास लक्ष्य अनुरूप सन् २०१८ सम्ममा उचित मात्रामा आयोडिन भएको नून उपभोग गर्ने घर संख्या १० प्रतिशतमा पुर्याउने लक्ष्य लिएकोमा सन् २०१६ को नेपाल सरकारले गरेको एनएनएमएस सर्वे अनुसार ९१ प्रतिशत घर परिवारले उपयुक्त मात्रामा आयोडिन भएको नून उपभोग गरेको पाईएको कर्पोरेशनले जनाएको छ ।

आयोडिनको कमीबाट हुने शारिरीक एवं मानसिक कमजोरीका सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरुबाट जानकारी दिन शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायहरुलाई क्रमशः स्वास्थ्य चौकिहरुमा कार्यक्रम, विद्यालयमा कार्यक्रम, हाटबजारमा माईकिङ्ग, चेतना मूलक सामग्री बितरण, प्रदर्शनी कक्षास्टल० राख्ने, जस्ता गतिविधि महिनाभरी संचालन गर्ने साल्ट ट्रेडिङ्गले जनाएको छ ।

भोलिदेखी शुरु हुने आयोडिन मन्थमा आयोडिन सम्बन्धी चेतनामूलक सन्देश लेखिएको सपिङ्ग झोला, स्कुल झोला, टी–सर्ट तथा पम्पलेट जस्ता सामग्री वितरण गर्न विभिन्न विद्यालय तथा हाट बजारमा टोली खटाईने छ । त्यस्तै उक्त अवसरमा आयोडिनको महत्वबारे जनचेतना जगाउन कार्यक्रम संचालन गर्न लागेको कम्पनीले जनाएको छ ।

Read More

सुनको भाउ तोलामा ५ सय रुपैयाँले घट्यो, ताेलाकाे कति ?

- फरक दृष्टि / मंगलबार, माघ १७, २०७९

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले घट्दै १ लाख ५ हजार ८ सय रुपैयाँमा झरेको हो । 

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रुपैयाँले नै घट्दै १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले ज

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले घट्दै १ लाख ५ हजार ८ सय रुपैयाँमा झरेको हो । 

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रुपैयाँले नै घट्दै १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने आज स्थिर रहँदै प्रतितोला एक हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More