थप समाचार मेनु

प्रधानमन्त्रीद्वारा विजेता क्रिकेट खेलाडीलाई ३ लाख पुरस्कारको घोषणा

- / शुक्रबार, चैत ३, २०७९ ११:१२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई जनही रु तीन लाख राशिको पुरस्कार घोषणा गरेका छन् । विजेता खेलाडीलाई आज बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै उनले उक्त पुरस्कारको घोषणा गरेका हुन् । 

“मलाई अत्यन्त खुसी लागेको छ । हिजो तपाईँहरूले जसरी खेल प्रदर्शन गर्नुभयो, तपाईँहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ । देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ । आगामी दिनमा समेत तपाईँहरूको प्रदर्शन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु”, खेलाडीलाई सम्मान गर्दै प्रधानमन्त्री दाहालले भने– “विश्वकप छनोटका लागि तपाईँहरूलाई थप सफलता मिलोस् । म तपाईँहरूको सुख, दुःखमा साथमै हुनेछ ।”

प्रधानमन्त्री दाहालले यसअघि पनि सरकारले जनही रु दुई लाख राशिले पुरस्कृत गरिसकिएको उल्लेख गरे । प्रधानमन्त्री दाहालले कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई निर्देशन दिएका छन् । उनले भने, “यस सन्दर्भमा मूलपानी, चितवनलगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रङ्गशाला निर्माण तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।”

बिहीबार नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई नौ रनले पराजित गरेको थियो । प्रधानमन्त्री दाहालले क्रिकेट खेलाडीको मेहनतलाई सरकारको तर्फबाट सम्मान गर्ने र आगामी दिनमा थप भौतिक पूर्वाधारको विकास तथा खेलाडीका लागि थप सुविधाको प्रबन्ध गर्ने विश्वाससमेत दिलाएका छन् । प्रधानमन्त्री निवासमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ र अन्य पदाधिकारीको समेत सहभागिता थियो ।

बिहीबार प्रधानमन्त्री दाहाल आफैँ कीर्तिपुर क्रिमेट मैदान पुगेर खेलाडीलाई प्रोत्साहित गरेका थिए । 

सम्बन्धित समाचार

ललितपुर मेयर कप महिला क्रिकेट : आयोजकविरुद्धको खेलमा मधेस विजयी

- / सोमबार, चैत १३, २०७९

ललितपुर  । मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस प्रदेश एक विकेटले विजयी भएको हो । 

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ललितपुर मेयर्सले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाएर ९६ रन बन

ललितपुर  । मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस प्रदेश एक विकेटले विजयी भएको हो । 

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ललितपुर मेयर्सले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाएर ९६ रन बनायो । मधेस प्रदेशले ९७ रनको विजयी लक्ष्य १९ दशमलव दुई ओभरमा नौ विकेट गुमाएर पूरा ग¥यो । मधेसका लागि सरस्वती कुमारीले अविजित ३२, एलिसा यादवले १६ र सीमा कँवरले १५ रन बनाइन् । बलिङतर्फ ललितपुर मेयर्सकी सोनी पाख्रीन र कृतिका मरासैनीले दुई दुई तथा अश्मिना कर्माचार्य र मनिषा उपाध्यायले एक एक विकेट लिइन् । 

    यसअघि ब्याटिङ गर्दै ललितपुर मेयर्सका लागि सोनी पाख्रीनले ३४, लक्ष्मी चौधरीले २३ तथा सृष्टी जैसीले १५ रन बनाइन् । बलिङतर्फ मधेसका लागि सरस्वती कुमारीले दुई तथा कविता गौतम, रोजी कडारी र अनुराधा चौधरीले एक एक विकेट लिइन् । जितसँगै मधेस प्रदेश अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ । आयोजक ललितपुर मेयर्स जितबिहीन रहँदै अङ्क तालिकाको पुछारमा छ । 

    ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत केहीबेरमा कीर्तिपुरस्थित मैदानमा अर्को खेल कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुँदैछ । 

Read More

एक खेलअघि अफगानिस्तानले जित्यो पाकिस्तानविरुद्धको टी-२० सिरिज

- / सोमबार, चैत १३, २०७९

काठमाडौं । अफगानिस्तानले एक खेल अगावै पाकिस्तानविरुद्धको टी-२० सिरिज जितेको छ ।

दोस्रो खेलमा आइतबार राति पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै अफगानिस्तानले ऐतिहासिक सिरिज जितेको हो । पहिलो खेल अफगानिस्तानले ६ विकेटले जितेको थियो । पाकिस्तानविरुद्धको अफगानिस्तानले पहिलो पटक सिरिज जितेको हो ।

शारजाहमा भएको खेलमा पाकिस्तानले दिएको १३१ रनको लक्ष्य अफगानिस्तानले १

काठमाडौं । अफगानिस्तानले एक खेल अगावै पाकिस्तानविरुद्धको टी-२० सिरिज जितेको छ ।

दोस्रो खेलमा आइतबार राति पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै अफगानिस्तानले ऐतिहासिक सिरिज जितेको हो । पहिलो खेल अफगानिस्तानले ६ विकेटले जितेको थियो । पाकिस्तानविरुद्धको अफगानिस्तानले पहिलो पटक सिरिज जितेको हो ।

शारजाहमा भएको खेलमा पाकिस्तानले दिएको १३१ रनको लक्ष्य अफगानिस्तानले १९.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो ।

अफगानिस्तानका लागि ओपनर रहमानुल्लाह गुर्बाजले ४९ बलमा सर्वाधिक ४४ रन बनाए । उनले  २ चौका र १ छक्का प्रहार गरे । इब्राहिम जद्रान ४० बलमा ३८ रन जोडे ।

नजिबुल्लाह १२ बलमा २ चौका र १ छक्का मदतमा अविजित २३ रन बनाए । यस्तै मोहम्मद नावीले ९ बलमा अविजित १४ रन जोडे । उनले एक छक्का प्रहार गरे । पाकिस्तानका जमान खान र इनसाहउल्लाहले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनाएको थियो ।

पाकिस्तानका लागि इमाद वासिम ५७ बलमा ३ चौका र २ छक्कासहित अविजित रहँदै सर्वाधिक ६४ रन बनाए । कप्तान शादब खानले ३२ रन जोडे ।

अफगानिस्तानका लागि फजलहक फारुकीले २ तथा नविन उल हक, राशिद खान र करिम जन्नतले १-१ विकेट लिए । पाकिस्तान र अफगानिस्तानबीचको तेस्रो टी-२० सोमबार हुनेछ ।

Read More
ads-image
ads-image
ads-image
ads-image