थप समाचार मेनु

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मर्न थालेपछि उच्च सतर्कता

- / सोमबार, माघ ९, २०७९ १२:४१

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा तस्करीका कारण गैँडा मर्न थालेपछि उच्च सतर्ककता अपनाइएको छ । यही माघ ६ मा चोरी शिकारी गर्नेहरुले गैँडा मारेपछि निकुञ्जले गैँडा संरक्षणका लागि उच्च सर्तकता अपनाएको हो ।

निकुञ्जका अनुसार २०७८ साउनपछि चोरी शिकारीका कारण गैँडा मरेका थिएनन् । शिकारीले गैँडा मार्न थालेपछि उच्च सर्तकता अपनाउन थालिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।

उहाँका अनुसार निकुञ्ज क्षेत्रभित्रका २२ वटा उपभोक्ता समिति अन्र्तगत रहेका चोरी शिकारी नियन्त्रण इकाइलाई प्रभावकारी रुपले चलायमान बनाउन सुरु गरिएको छ ।

उनले भने, “चोरी शिकारीसम्बन्धी जनचेतनासहित इकाइलाई सक्रिय बनाइएको छ ।” निकुञ्जमा गैँडा तस्कर बढेपछि यस विषयमा अनुसन्धान सुरु गरिएको छ । गैँडा संरक्षणसँग आवद्ध सरोकारवाला निकायबीच छलफल गरी सचेतना तीव्र बनाउदै सूचना संयन्त्र थप प्रभावकारी बनाउन गृहकार्य सुरु गरिएको उहाँले बताउनुभयो ।

गैँडाको बाक्लो बासस्थान रहेको क्षेत्रमा नियमित गस्ती बढाइएको र सो क्षेत्रमा रहेका समुदायलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको निकुञ्जले जनाएको छ ।

चालु आर्थिक वर्षमा निकुञ्जमा ११ गैँडा मरेका छन् । जसमध्ये ८ गैँडा कालगतिले मरेका हुन भने दुईवटा चोरी शिकारीले मारेका छन् । एउटा गैँडा गाउँ पस्ने क्रममा विद्युतीय करेन्ट लागेर मरेको तिवारीले जानकारी दिए ।

गैँडा मर्ने क्रम बढेसँगै निकुञ्जले वन र वन्यजन्तुसम्बन्धी सुरक्षामा विशेष काम सुरु गरेको छ । निकुञ्जमा नेपाली सेना र कर्मचारीको संयुक्त र एकल गरी ५७ पोष्ट छन् । ती पोष्टमध्ये कतिपयमा हात्तीसमेत छन् ।

निकुञ्जमा दैनिक पैदल, साइकल, डुङ्गा, हात्ती र गाडीबाट नियमित गस्ती गरिँदै आएको छ । तिवारीका अनुसार अनुसन्धानमा कुकुरसमेत प्रयोग गरिन्छ । तस्करले गँैंडा मारेपछि गस्ती कडाइका गरिनुका साथै तस्करीमा संलग्न भएकाको खोजी तीव्रता दिइएको उनले बताए ।

सशस्त्रद्वन्द्वको समयमा चोरी तस्करीबाट एकै वर्षमा ४२ वटासम्म गैँडा मारिएका थिए । पछिल्ला वर्षमा चोरी शिकार नियन्त्रण हुँदै शून्यमा झरेको थियो । पुनः तस्करी सुरु भएपछि यसलाई विशेष ध्यान दिएर नियन्त्रणको अभियानमा निकुञ्ज प्रशासन लागेको जनाइएको छ । पछिल्लो गणना अनुसार नेपालमा सात सय ५२ एकसिङ्गे गैँडा छन्, जसमध्ये छ सय ९४ चितवन राष्ट्रिय निकुञ्जमा छन् ।

सम्बन्धित समाचार

ब्रान्डसहित सिस्नु उत्पादनमा महिला

- / मंगलबार, माघ १७, २०७९

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–२ कुञ्चोकका महिला गाउँमै उत्पादन गरिएको प्राङ्गारिक सिस्नुको पाउडरलाई ब्रान्ड बनाएर बिक्री गर्न  एकजुट भएका छन् । जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाका महिलाले खेरगइरहेको बाँझो जग्गा तथा करेसाबारीमा सिस्नु खेती गरेका छन् । 

सुरुमा सिस्नु खेती गर्दा गाउँवासीले गिज््याए पनि अहिले यसले व्यावसायिक

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–२ कुञ्चोकका महिला गाउँमै उत्पादन गरिएको प्राङ्गारिक सिस्नुको पाउडरलाई ब्रान्ड बनाएर बिक्री गर्न  एकजुट भएका छन् । जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाका महिलाले खेरगइरहेको बाँझो जग्गा तथा करेसाबारीमा सिस्नु खेती गरेका छन् । 

सुरुमा सिस्नु खेती गर्दा गाउँवासीले गिज््याए पनि अहिले यसले व्यावसायिकरूप लिएपछि अन्य महिला दिदीबहिनी पनि यसतर्फ आकर्षित भएको स्थानीयवासी निर्मला सुनारले बताइन् । “अब सिस्नुको धुलो प्याकेटमा बिक्री गर्छौ चाहिएमा हरियो सिस्नु पनि उपलब्ध गराउँछौँ,” उनले भनिन् । अहिले नवलपुर बजारमा रहेका पसलबाट सिस्नुको धुलो बिक्री भइरहेको छ ।

माग आएअनुसार मेलम्ची र चौतारा बजारसम्म यहाँको उत्पादन पुग्ने गरेको छ । सहकारीमा छलफल भएपछि महिलाले यसको खेती सुरु गरेका हुन् । सिस्नुलाई पाउडर, हरियो सिस्नुका साथै अनेक परिकार बनाउने  गरिएको जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष रति थापामगरले बताइन् ।

“यसलाई एउटा नाम दिएर राजधानीलगायत अन्य स्थानमा पु¥यााउने लक्ष्य लिएका छौँ,” उनले भनिन्,“यसका लागि गाउँपालिकामा कुरा गरेका छाँै ” । सुरुमा दश जनाको महिला समूहले कृषि उत्पादनमा सिस्नुलाई नै रोजेका हुन् । अहिले गाउँका अन्य महिलालेसमेत सिस्नु खेती गरेका छन् । 

“सुस्नु उत्पादन गर्न थालेयता हाम्रो छुट्टै पहिचान बनेको छ।” अध्यक्ष थामामगरले भनिन्। सिस्नुबाट महिला समूहले अहिलेसम्म मासिक रु १५ हजारसम्म आम्दानी गर्दै आएका छन्  । “उत्पादन धेरै ठूलो परिणाममा हुने थालेपछि बजारको खोजीमा छौँ” व्यावसायिक सिस्नु खेतीमा रमाएकी सुन्तली नेपालीले भनिन्,“त्यत्तिकै खेर गइरहेको सिस्नुबाट घरखर्च चल्ने रहेछ ।” यताउति यत्तिकै उम्रिरहेका सिस्नुलाई पनि त्यत्तिकै खेर जान दिनुभन्दा बजारीकरणमा जोड दिनुपर्ने उनको भनाइ थियो ।

अक्सफाम र महिला आत्मनिर्भरता केन्द्रले सिस्नुलाई धुलो पार्ने उपकरण उपलब्ध गराएपछि महिलाले यो खेतीलाई व्यावासयिक बनाएका हुन् । पच्चिस सदस्यमध्ये दश जनालाई विभिन्न संस्थाले  तालिम दिनाका  साथै उपकरण उपलब्ध गराएका थिए  । सिस्नुको उत्पादन देखेपछि गाउँमा यसको लहर नै चलेको छ । गाउँलेले खेतबारीमा पनि सिस्नुको उत्पादन बढाउन थालेपछि महिलाको समूहमा झनै उत्साह बढेको छ । ठूलो परिणाममा उत्पादन हुन थालेपछि बजारका लागि गाउँपालिकामा  सहकारीले अनुरोध गरेको अध्यक्षले थापामगरेले  बताइन् । 

Read More

कमलामाई नगरपालिमा रहेको कलात्मक बुलबुले कटेज

- / मंगलबार, माघ १७, २०७९

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–४ मल्लगाउँमा हालैमात्र सञ्चालनमा आएको बुलबुले कटेज । स्थानीय स्रोतसाधन (बाँस र फुस) को प्रयोग गरी बनाइएका कलात्मक संरचना र यहाँको रमणीय वातावरणले सबैलाई मोहित बनाउँछ । 

तस्बिर: राधिका बुढाथोकी/रासस

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–४ मल्लगाउँमा हालैमात्र सञ्चालनमा आएको बुलबुले कटेज । स्थानीय स्रोतसाधन (बाँस र फुस) को प्रयोग गरी बनाइएका कलात्मक संरचना र यहाँको रमणीय वातावरणले सबैलाई मोहित बनाउँछ । 

तस्बिर: राधिका बुढाथोकी/रासस

Read More