थप समाचार मेनु

एनभीए पुरुष तथा महिला भलिबल : एपीएफ तेस्रो स्थानमा 

- / आइतबार, माघ १, २०७९ १०:५०

काठमाडाै‌ । राजधानीमा जारी सातौं एनभीए पुरुष तथा महिला क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ सशस्त्र प्रहरीको एपीएफ तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुंग्याउन सफल भएको छ ।

सेमिफाइनलमा पराजित भएको एपीएफ र अर्को विभागीय क्लब नेपाल पुलिस तेस्रो स्थानको प्रतिस्पर्धामा रहेका थिए । आज विहान भएको खेलमा एपीएफले नेपाल पुलिसमाथि ३–१ को सेटमा जित दर्ता गर्दै तेस्रो भयो ।

पहिलो सेट १५–२५ ले पुलिसलाई सुम्पिएको एपीएफले त्यसपछि उत्कृष्ट कमब्याक गरेको थियो ।

पुरुषतर्फको उपाधि भिडन्त आज हुँदै छ ।
 

सम्बन्धित समाचार

साफ यू–२० महिला टोलीको बिदाइ

- / मंगलबार, माघ १७, २०७९

काठमाडौं । बङ्गलादेशमा फेब्रुअरी ३ देखि ९ तारिखसम्म आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मंगलबार सातदोवाटोमा आयोजित कार्यक्रमबीच खेलाडीको बिदाइ गरेको हो । 

च्याम्पियनसिपमा आयोजक बङ्गलादेशसहित नेपाल, भारत र भुटानको सहभागिता रहनेछ । च्याम्पियनसिपको उपाधि चुम्ने लक्ष्य

काठमाडौं । बङ्गलादेशमा फेब्रुअरी ३ देखि ९ तारिखसम्म आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मंगलबार सातदोवाटोमा आयोजित कार्यक्रमबीच खेलाडीको बिदाइ गरेको हो । 

च्याम्पियनसिपमा आयोजक बङ्गलादेशसहित नेपाल, भारत र भुटानको सहभागिता रहनेछ । च्याम्पियनसिपको उपाधि चुम्ने लक्ष्य राखेको नेपालले पहिलो खेल ३ तारिख आयोजक बङ्गलादेशसँग खेल्नेछ । नेपालले दोस्रो खेल ५ तारिख भुटान र अन्तिम खेल ७ तारिख भारतसँग खेल्नेछ । लिग चरणको शीर्ष दुई टोलीबीच ९ तारिख फाइनल खेल हुनेछ । 

नेपाली टोलीको प्रशिक्षकमा यामबहादुर गुरुङ हुनुहुन्छ । प्रीति राईको कप्तानमा रहेको नेपाली टोलीको गोलरक्षकमा कविता विक, सावित्री किसन र लीला जोशी हुनुहुन्छ । रक्षकमा सविना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भोलान, दिव्या यसमलाई मगर, प्रतीक्षा चौधरी र कुमारी तामाङ छन् । 

यसैगरी मिडफिल्डरमा कप्तान राईसहित तुलसा बोहरा, कुसुम खतिवडा, साराह बज्राचार्य, सुनकला राई, मनमाया दमाई, अञ्जलि मचामसी, सरस्वती हमाल र दिपा शाही छन् । स्ट्राइकरमा गरिमा राई, अमिसा कार्की, ममता पुन र अञ्जलि चन्द छन् । 

टोलीलाई एन्फाका कार्यवाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही, महासचिव किरण राईलगायतले बिदाइ गर्नुभयो । नेपाली महिला टोली बुधबार बङ्गलादेश प्रस्थान गर्नेछ । 

Read More

कोपाको सेमिफाइनलमा बार्सिलोना र रियल म्याड्रिड भिड्ने

- / मंगलबार, माघ १७, २०७९

काठमाडौँ । बार्सिलोना र रियल म्याड्रिड यस वर्षको कोपा डेल रेको सेमिफाइनलमा एक अर्काविरुद्ध खेल्ने भएका छन् । सोमबार भएको सेमिफाइनलको ड्र मा बार्सिलोनाले रियल म्याड्रिड प्रतिद्वन्द्वी पाएको हो ।

अब कोपा डेल रे को सेमिफाइनल यस सिजनको तेस्रो एल क्लासिको हुने भएको छ । यस सिजनको शुरुमा अक्टोबरमा ला लिग अन्तर्गतको खेलमा रियल म्याड्रिडले बार्सिलोनालाई ३-१ गोल अन्तरले पराजित

काठमाडौँ । बार्सिलोना र रियल म्याड्रिड यस वर्षको कोपा डेल रेको सेमिफाइनलमा एक अर्काविरुद्ध खेल्ने भएका छन् । सोमबार भएको सेमिफाइनलको ड्र मा बार्सिलोनाले रियल म्याड्रिड प्रतिद्वन्द्वी पाएको हो ।

अब कोपा डेल रे को सेमिफाइनल यस सिजनको तेस्रो एल क्लासिको हुने भएको छ । यस सिजनको शुरुमा अक्टोबरमा ला लिग अन्तर्गतको खेलमा रियल म्याड्रिडले बार्सिलोनालाई ३-१ गोल अन्तरले पराजित गरेको थियो भने बार्सिलोनाले त्यसको बदला लिँदै रियादमा सम्पन्न स्पेनिस सुपर कपको फाइनलमा रियल म्याड्रिडलाई ३-१ गोल अन्तरले नै पराजित गरेको थियो ।

अब सेमिफाइनलको पहिलो लिग मार्च १ मा रियलको घरेलु मैदानमा हुने छ भने दोस्रो लिग अप्रिल पहिलो साता क्याम्प नेउमा हुने छ । त्यस्तै कोपाको अर्को सेमिफाइनलमा भने एथलेटिक कल्ब र ओसासुनाले प्रतिष्पर्धा गर्ने भएका छन् ।

Read More