थप समाचार मेनु

रामपुर नगर बसपार्कलाई व्यवस्थित गर्न माग

- फरक दृष्टि / मंगल, कार्तिक ८, २०७९

हिउँदमा धुलाम्य, वर्षायाममा हिलाम्य रामपुर नगर बसपार्क हरेक यात्रु तथा सर्वसाधारण, सरोकारवालाको चिन्ताको विषय बनेको छ । बसपार्क सञ्चालनमा आएको करिब एक दशक हुँदा पनि यसले बसपार्कका रुपमा स्वरुप फेर्न नसक्दा बेलाबेलामा चर्चा र बहस हुने गरिरहेको पाइन्छ ।

रामपुरमा पछिल्लो समय सवारी साधनको संख्या बाक्लिँदै छ । नमस्ते रामपुर यातायात प्रालिका सञ्चालक भोजराज भट्टराईले अस्तव्यस्त बनेको यहाँको बसपार्क हिउँदमा धुलो उड्ने, वर्षायाममा हिलाम्य भएर आवतजावतमा नै सास्ती खेप्नु परेको समस्या बताउँदै यस क्षेत्रलाई व्यवस्थापन गर्न सुझाव दिएका छन् । ‘शहरीकरणतर्फ उन्मुख हुँदै गरेको रामपुरमा धेरै यात्रु आवतजावत गर्ने बसपार्कको अवस्था लाजमर्दो रहेको छ’, उनले भने, ‘यसलाई स्तरोन्नति गरेर व्यवस्थापन गर्नु जरुरी छ ।’

नगर बसपार्क परिसरमा नयाँ टिकट काउन्टर भवनबाट हालै काम सञ्चालन गरिएको छ । सो कार्य शुरुआतका अवसरमा सहभागी सरोकारवालाले विभिन्न ठाउँबाट यात्रु आउने क्रम बढेकाले गाडीबाट ओर्लने रामपुरको पहिलो मुख्य ठाउँ नै बसपार्क व्यवस्थित नहुँदा सकारात्मक सन्देश बाहिर नजाने बताएका छन् ।

समितिलाई बसपार्कमा आवश्यक पूर्वाधारसहितको संरचना तयार पार्न पर्याप्त बजेट अभावमा चुनौती देखिएको छ । आर्थिक अभावमा बसपार्कले गति लिन नसकेको र यसै आर्थिक वर्षमा नगरपालिकाबाट परेको बजेटले स्तरोन्नतिका कार्यहरु हुने बताउँछन्, नगर बसपार्क व्यवस्थापन समितिका अध्यक्ष विनोद श्रेष्ठ । यसभन्दा अघि नगरपालिकाबाट प्राप्त सानो रकमबाट ठूलो काम नदेखिने भए पनि यहाँ सामान्य संरचनाहरु तयार भएका छन् तर व्यवस्थित बनाउन भने नसकिरहेको अध्यक्ष श्रेष्ठ बताए ।

सुन्दर शहरको परिकल्पनासहित अगाडि बढेको रामपुर नगरपालिकामा व्यवस्थित बसपार्क नहुँदा आमनागरिकको चिन्ताको विषय बनेको हुँदा जतिसक्दो स्तरोन्नतिमा सम्बन्धित निकायको ध्यान जानुपर्ने नेकपा एमाले रामपुर–५ का वडा कमिटी अध्यक्ष मीनराज रेग्मीले बताए ।

सवारी साधन बिसौनी ठाउँ राम्रो नहुँदा वर्षायाममा हिलाम्य भएर गाडी डोजर लगाएर तान्नुपर्ने अवस्था समेत व्यवसायीले झेलिरहेका छन् । रामपुरमा यातायातका साधन थपिँदै गएको अवस्थामा बसपार्क स्तरोन्नति नहुँदा सवारी साधन पार्किङमा समस्या देखिएको बताउँछन्, नेकपा माओवादी केन्द्र रामपुर नगर कमिटी अध्यक्ष यमबहादुर सुनार ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले मौलिक सहरका रुपमा विकास गर्नका लागि शहरी विकास मन्त्रालयबाट रु २६ करोड ७१ लाख बजेट क्रमागत परेकोमध्ये रु चार करोड २६ लाख रकमबाट बसपार्क व्यवस्थापनका लागि यसै आर्थिक वर्षमा काम हुने बताउँछन् । ‘बसपार्कलाई विनियोजन भएको रकम यसै आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने हुँदा अब जतिसक्दो चाँडो व्यवस्थित रुपमा यहाँ आवश्यक पर्ने संरचना तयार हुनेछन्’, नगर प्रमुख थापाले भने ।

बजार क्षेत्रमा यत्रतत्र पार्किङ गरेर राख्ने, तोकिएको ठाउँबाहेक गाडी मनपरी ठाउँबाट यात्रु चढाउने र ओराल्ने कार्य भइरहेको हुँदा यस कार्यमा सम्बद्ध यातायात व्यवसायी जिम्मेवार बन्नुपर्ने नगर प्रमुख थापाको भनाइ छ । रामपुर बसपार्कबाट दैनिकजसो करिब दुई सय यात्रु अन्यत्र जाने गरेको पश्चिम नेपाल बस व्यवसायी समितिका कर्मचारी नारायण रेग्मी बताउँछन् । बिहान ५ः३० देखि साँझ ६ः०० बजेसम्म नम्बरअनुसार दैनिक सवारी साधन यहाँबाट लामो तथा छोटो दूरीका लागि छुट्ने गर्दछन् । बसपार्कमा बसको रु ६० र जिपको रु ४० पार्किङ शुल्क तोकिएको छ ।

बेझाड बजारको मुख्य चोकमा अस्तव्यस्त रुपमा सवारी साधन पार्किङ गरेर राखिन्थ्यो । जनघनत्व बढ्दै जाँदा यहाँ बसपार्कको अवधारणा ल्याएर सिमलीघारी क्षेत्रमा बसपार्क राख्ने सर्वपक्षीय निर्णय भएपश्चात् २०६९ सालदेखि यहाँबाट सवारी साधन पार्किङ गरी छुटाउन थालिएको हो ।

रामपुरमा बसपार्क सञ्चालन गर्नका लागि विसं २०६७ मा तत्कालीन नगर विकास समितिले रु एक लाख ५० हजार रकम उपलब्ध गराएपछि हालको रामपुर नगरपालिका–५ स्थित सिमलीघारी क्षेत्रमा काम थालनी गरी क्रमिक रुपमा बसपार्क निर्माणको काम थालनी गरियो । समितिले पहिलो चरणमा रु दुई लाख २० हजारको काम ग¥यो भने दोस्रो चरणमा तत्कालीन वडा नागरिक मञ्चको जिम्मेवारीमा रु ७५ हजार उपलब्ध भई काम गरियो ।

त्यसपश्चात् २०७४ को स्थानीय तहको निर्वाचन सकिएपछि नगरपालिकाबाट रु पाँच लाख रकम विनियोजन गरिए पनि उपभोक्ता समितिले काम नगरेपछि रकम फिर्ता भयो । ०७६ मा नगरपालिकाबाट प्राप्त रु आठ लाख रकमले बसपार्कको जग्गा वर्गीकरण, झाँडी फँडानी, रूखबिरुवा कटान तथा गिट्टी बिच्छाउने जस्ता काम गरियो । आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकाबाट प्राप्त रु पाँच लाख रकम र जनसहभागिता रु ९० हजार रकमले यात्रु बस्ने एकवटा ट्रस्टसहित टिकट काउन्टर भवन निर्माणको काम गरिएको छ ।

रामपुरबाट दैनिक रुपमा सदरमुकाम तानसेन, बुटवल, कावासोती, नारायणघाट, पोखरा, मुग्लिङ, काठमाण्डौँ लगायतका स्थानमा सवारी साधन छुट्ने गर्दछन् । पश्चिम नेपाल यातायात प्रालि, नमस्ते रामपुर यातायात प्रालि, श्रृङ्गा तथा स्थानीय यातायात कम्पनी, गण्डकी यातायात गल्याङ, लेकबेंसी यातायात प्रालि र श्रीनगर यातायात कम्पनीका सवारी साधन यहाँ ओहोरदोहोर गर्दछन् ।

चार जिल्ला (पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासी सुस्ता पूर्व नवलपुर) को मुटु भनेर चिनिने रामपुर बसपार्क व्यवस्थित नहुँदा यात्रु तथा व्यवसायीलाई सकस भएको छ । बसपार्क व्यवस्थित नभएपछि सवारीधनीले यहाँ गाडी खासै पार्किङ गरेर राख्दैनन् । चारैतिर खुल्ला रहेको हुँदा बजारका छेउ, होटल तथा घरमा लगेर पार्किङ गर्न व्यवसायी बाध्य छन् । खाल्डाखुल्डी, हिलाम्य र धुलाम्य ठाउँमा आवतजावतमा समस्या अर्कोतर्फ चारै दिशा खुल्ला रहँदा यहाँको बसपार्क असुरक्षित बनेको छ ।

सम्बन्धित समाचार

सरस्वती आधारभूत विद्यालय प्राङ्गणमा पालिकाभित्रका विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

- फरक दृष्टि / शुक्रबार, पौष १५, २०७९

रसुवा जिल्लाको उतरी भूभाग,आमाछोदिङमो गाउँपालिकाको थाम्बुचेतबजारको सरस्वती आधारभूत विद्यालय प्राङ्गणमा पालिकाभित्रका विद्यालय स्तरीय चित्रकला प्रतियोगिता-२०७९ कार्यक्रम आज सम्पन्न भएको छ । ५ नं वडाका अध्यक्ष दावागोम्बो तामाङ `रामदाइ'को सभापतित्वमा सम्पन्न कार्यक्रममा १२ बिधालयका २२ विद्यार्थीले सहभागीता जनाए।

पालिकाका प्रमुख प्रशासकिय अधिकृत अमर जिसीको बिशेष आतिथ्यता, र पालिका उपाध

रसुवा जिल्लाको उतरी भूभाग,आमाछोदिङमो गाउँपालिकाको थाम्बुचेतबजारको सरस्वती आधारभूत विद्यालय प्राङ्गणमा पालिकाभित्रका विद्यालय स्तरीय चित्रकला प्रतियोगिता-२०७९ कार्यक्रम आज सम्पन्न भएको छ । ५ नं वडाका अध्यक्ष दावागोम्बो तामाङ `रामदाइ'को सभापतित्वमा सम्पन्न कार्यक्रममा १२ बिधालयका २२ विद्यार्थीले सहभागीता जनाए।

पालिकाका प्रमुख प्रशासकिय अधिकृत अमर जिसीको बिशेष आतिथ्यता, र पालिका उपाध्यक्ष चण्डिका तामाङको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा उनले बाल मस्तिष्कले आफ्नो भित्री भावनालाई आत्मसात गर्दै बनेको राम्रो चित्रले आफ्नो बाल्यकालमा चित्र प्रती भएको रुचिलाई झझल्को दिएको र यस क्षेत्रलाई नै उचित ब्यवस्थापन गर्दै पेशाको रुपमा अंगाल्न सके अझै राम्रो हुने र आफ्नो जिबिकापार्जनमा समेत सहज टेवा पुग्ने भएकोले सहभागी भाइबहिनीहरुले यसै बिषयलाई पेशागत रुपमा लाग्न अनुरोध गरे।

"हाम्रो जस्तो विकट ठाउँमा चित्र ,ब्रस, पेन्टिङ सम्बन्धिको एक अर्का बिच देखासिकी सिकाइले आफ्नो कल्चर अनुसारको थान्काचित्र तथा लामा चित्र बनाउन समेत विद्यार्थीहरुमा अभिप्रेरणा मिल्ने भएकोले यो कार्यक्रमको अति महत्त्व रहेकोे"भन्ने आफ्नो सान्दर्भिक भनाइ राखे। प्रतियोगितामा आबद्ध आधारभूत विद्यालय (१-५ तर्फ) लालिमाया तामाङ, हाकु माबी. प्रथम। रिसान तामाङ हाकुबेसी माबि. द्वितीय। सन्जिता तामाङ ,पार्बतीकुण्ड माबी.तृतीय भए । यसैगरी दिब्या तामाङ, हिमालय इङलिस स्कुल - प्रथम । अनु तामाङ,  हाकुबेसी आबि.-द्वितीय । रिना तामाङ, हाकु माबी.- तृतीय आधारभूत (६-८ तहमा)भए।

यसरी नै माध्यमिक तह तर्फ-(९-१० समुहमा) सुर्यबहादुर तामाङ,  नेपाल राष्ट्रिय माबी.-तृतीय । उमेश तामाङ  हाकु मावि- द्वितीय र प्रथम हुनेमा बिकास तामाङ, पार्बतीकुण्ड माबी. का रहे! सान्त्वना पुरस्कार एलिना तामाङ, हिमालयन इङलिस स्कुलले प्राप्त गरे भने उत्कृष्ट विद्यालय तर्फ हाकु माविका लाखीमाया तामाङको चित्रले ट्रफी भित्र्याए। निर्णायक मण्डलका मुख्य चित्रकार एवं राष्ट्रिय ललितकला नेपाल संघका अध्यक्ष दिपेन्द्र बनेपालीले यस्ता कार्यक्रमले कलाको माध्यमबाट समाजमा सकारात्मक सन्देश पुर्याउनु मुल उदेश्य रहेकोे अभिव्यक्ति दिए।

शिक्षा शाखा प्रमुख राजेन्द्र आचार्यले यस्तै कार्यक्रम अबका दिनहरुमा अझै राम्रो तरिकाले बर्सेनि गरिदै लगिने र सीप मुलक चित्र कलाकारिता बिषयमा पालिकाबाट हरेक बिद्यालय र विद्यार्थीकोलागी आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाए । सहभागी विद्यार्थी सबैले सहभागीताको प्रमाण पत्र, बिजयीहुने विद्यार्थीले नगद, ट्रफी, चित्रकला सम्बन्धि सामाग्रीसहितको पुरस्कार हात पारे ।

Read More

ललितकला प्रदर्शनीका लागि कलाकृति उपलब्ध गराउन आह्वान

- / आइतबार, पौष ३, २०७९

काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) ले राष्ट्रिय ललितकला प्रदर्शनी २०८० का लागि कलाकृति उपलब्ध गराउन नेपाली कलाकारलाई आह्वान गरेको छ । यही पुस मसान्तसम्मको समयसीमा तोकेर कला प्रदर्शनीका लागि आफ्ना सिर्जना उपलब्ध गराउन आह्वान गरिएको प्रतिष्ठानका कूलपति कान्छाकुमार कर्माचार्यले जानकारी दिए । 

प्रतिष्ठानले हरेक वर्ष वैशाख २ गते ‘राष्ट्रिय ललितकल

काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) ले राष्ट्रिय ललितकला प्रदर्शनी २०८० का लागि कलाकृति उपलब्ध गराउन नेपाली कलाकारलाई आह्वान गरेको छ । यही पुस मसान्तसम्मको समयसीमा तोकेर कला प्रदर्शनीका लागि आफ्ना सिर्जना उपलब्ध गराउन आह्वान गरिएको प्रतिष्ठानका कूलपति कान्छाकुमार कर्माचार्यले जानकारी दिए । 

प्रतिष्ठानले हरेक वर्ष वैशाख २ गते ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ गर्दै आएको छ । यो प्रदर्शनीलाई नेपाली ललितकला क्षेत्रको महाउत्सव नै मानिन्छ । विगतमा कोभिड–१९ का कारण केही असर परे पनि उक्त प्रदर्शनी नियमित रुपमा आयोजना हुँदै आएको छ । प्रतिष्ठानले प्रदर्शनीका लागि परम्परागत चित्रकला (पौभा तथा थाङ्का) आधुनिक चित्रकला (चित्र तथा मुद्रणकला), परम्परागत मूर्तिकला, लोककला (विभिन्न जातजातिका संस्कार, संस्कृति तथा भूगोलमा आधारित स्थानीय कला), हस्तकला÷शिल्पकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कलालगायत विधाका कलाकृति प्रदर्शनीमा सहभागी गराइने जनाएको छ । 

अन्य सिर्जनात्मक कलाअन्तर्गत प्रतिस्थापन तथा भावभङ्गीका कला, ग्राफिक्स कम्युनिकेशन, सिर्जनात्मक छवीकला तथा श्रव्यदृश्यकला पनि समावेश गराइनेछ । प्रदर्शनीमा सहभागी हुन कलाकारले एक वर्षभित्रै सिर्जना गरेका, मौलिक, तथा अन्य प्रदर्शनीमा सहभागी नगराइएका कलाकृति उपलब्ध गराउनुपर्ने कूलपति कर्माचार्यले जानकारी गराए । हुबहु नक्कल गरिएको कृति समावेश गराउन नपाइने तथा १८ वर्ष पुगेका कलाकारले मात्रै सहभागिता जनाउन पाउने नियम रहेको पनि उनले बताए । 

यसरी प्रदर्शनीमा समावेश कलाकृतिमध्ये उत्कृष्ट कृतिलाई विधागत र प्रादेशिक रुपमा पुरस्कार प्रदान गरिने नाफाले जनाएको छ । एक कलाकारले बढीमा तीन पटकसम्म ललितकला पुरस्कार प्राप्त गर्ने छन् भने तीन पटक एउटै विधामा पुरस्कार पाएमा त्यस्तो कलाकारलाई स्वर्णपदक प्रदान गरिने जनाइएको छ । 

विधागत रुपमा उत्कृष्ट छनोट भएका कलाकारलाई रु ६० हजारका दरले पुरस्कार प्रदान गरिनेछ भने ललितकला विशेष पुरस्कार प्राप्त गर्ने कलाकारलाई रु २५ हजार प्रदान गरिने छ । यस्तै हरेक प्रदेशबाट एक÷एकजना पर्ने गरी प्रादेशिक पुरस्कार दिइने र ती पुरस्कारको राशि पनि जनही रु २५ हजार नै रहने जनाइएको छ । उक्त प्रदर्शनी महिनाव्यापी हुने छ । 

गत वर्ष गरिएको प्रदर्शनीमा तीन सय ६५ कलाकारका चार सय २६ कलाकृति दर्ता भएकामा तीन सय ४१ कलाकारका तीन सय ८९ कलाकृति प्रदर्शनीका लागि छनोट भएका थिए । –रासस

Read More