थप समाचार मेनु

टेलिकमको मोबाइल सेवा अवरुद्ध हुने समस्या समाधान गर्न प्रणालीगत सुधार गरिने

- फरक दृष्टि / बुधबार, माघ ४, २०७९ १८:२6

नेपाल टेलिकमले मोबाइल तथा पिएसटिएन टेलिफोन सेवा अवरुद्ध हुने समस्या दोहोरिन नदिन प्रणालीगत सुधार गर्ने भएको छ । मङ्गलबार करिब १२ बजेदेखि केही समय कम्पनीका केही उपकरणमा प्राविधिक समस्या आई छोटो अवधिका लागि मोबाइल तथा पिएसटिएन टेलिफोन सेवा अवरुद्ध हुन गएकोमा कम्पनीका प्राविधिकबाट तत्काल समाधान गरिएको जनाउँदै त्यसको प्रणालीगत सुधार गर्ने टेलिकमले जनाएको छ ।

टेलिकमले आज विज्ञप्ति जारी गरी भनेको छ, ‘समाधान भइसकेपश्चात् छोटो अवधिमा पनि रोकिएका कलहरूको संख्यामा एक्कासी अत्यधिक वृद्धि हुन गई नेटवर्क कञ्जेसनका कारण केही समय कल आदान प्रदानमा ग्राहक महानुभावले असजिलोपन व्यहोर्नुपर्‍यो, यसरी प्राविधिक समस्याका कारण ग्राहक महानुभावमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमा प्रार्थी छ ।’

सेवाग्राहीलाई अविच्छिन्न, निर्वाध गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्न कम्पनी सदा प्रतिबद्ध रहेको जनाउँदै भविष्यमा यस्ता समस्या दोहोरिन नदिन दीर्घकालीन समाधान गर्ने टेलिकमको प्रतिबद्धता छ । साथै मोबाइल, टेलिफोन तथा कम्पनीका अन्य सेवामा कुनै समस्या आएमा १४९८ र १९८ मा सम्पर्क गरी समाधानका लागि पहल गर्न पनि कम्पनीले सम्पूर्ण ग्राहक महानुभावमा अनुरोध समेत गरेको छ ।

सम्बन्धित तस्बिरहरू

टेलिकमको मोबाइल सेवा अवरुद्ध हुने समस्या समाधान गर्न प्रणालीगत सुधार गरिने
सम्बन्धित समाचार

साल्ट ट्रेडिङ्ग कर्पोरेशनले फेब्रुअरीलाई ‘आयोडिन मन्थ’ का रुपमा मनाउने

- फरक दृष्टि / मंगलबार, माघ १७, २०७९

साल्ट ट्रेडिङ्ग कर्पोरेशनले १ महिना ‘आयोडिन मन्थ’ का रुपमा मनाउने भएको छ । आयोडिनयुक्त नुनकी प्रवर्द्धन तथा यस सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीले एक महिने ‘आयोडिन मन्थ’ मनाउन लागेको हो ।

आयोडिनको कमीबाट हुने विकृति निवारण सम्बन्धि जनचेतना जगाउने उद्देश्य अनुरुप कम्पनीले फेब्रुअरी महिनालाई ‘योरै साओ, सही मात्रामा साओ, दुई वालवालिकाको चिन्

साल्ट ट्रेडिङ्ग कर्पोरेशनले १ महिना ‘आयोडिन मन्थ’ का रुपमा मनाउने भएको छ । आयोडिनयुक्त नुनकी प्रवर्द्धन तथा यस सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीले एक महिने ‘आयोडिन मन्थ’ मनाउन लागेको हो ।

आयोडिनको कमीबाट हुने विकृति निवारण सम्बन्धि जनचेतना जगाउने उद्देश्य अनुरुप कम्पनीले फेब्रुअरी महिनालाई ‘योरै साओ, सही मात्रामा साओ, दुई वालवालिकाको चिन्ह अंकित आयोडिनयुक्त नुन ने साज’ भन्ने नारालाई साकार तुल्याउन १ महिनाभरी आयोडिन मन्थका रुपमा मनाउने भएको हो । आयोडिनको कमीबाट उत्पन्न विभिन्न विकृतिहरु मध्ये भिजिबर जोएटर सन १९८६ मा ४४.२ प्रतिशत रहेकोमा सन् २००७ मा ०.४ प्रतिशतमा झर्न गएको छ ।

नेपाल सरकारले दिएको निर्देशन अनुसार यस कर्पोरेशनले आयोडिनयुक्त नुनको आपूर्ति गर्दै आएको र नेपाल सरकारले लिएको सह शताब्दी विकास लक्ष्य अनुरूप सन् २०१८ सम्ममा उचित मात्रामा आयोडिन भएको नून उपभोग गर्ने घर संख्या १० प्रतिशतमा पुर्याउने लक्ष्य लिएकोमा सन् २०१६ को नेपाल सरकारले गरेको एनएनएमएस सर्वे अनुसार ९१ प्रतिशत घर परिवारले उपयुक्त मात्रामा आयोडिन भएको नून उपभोग गरेको पाईएको कर्पोरेशनले जनाएको छ ।

आयोडिनको कमीबाट हुने शारिरीक एवं मानसिक कमजोरीका सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरुबाट जानकारी दिन शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायहरुलाई क्रमशः स्वास्थ्य चौकिहरुमा कार्यक्रम, विद्यालयमा कार्यक्रम, हाटबजारमा माईकिङ्ग, चेतना मूलक सामग्री बितरण, प्रदर्शनी कक्षास्टल० राख्ने, जस्ता गतिविधि महिनाभरी संचालन गर्ने साल्ट ट्रेडिङ्गले जनाएको छ ।

भोलिदेखी शुरु हुने आयोडिन मन्थमा आयोडिन सम्बन्धी चेतनामूलक सन्देश लेखिएको सपिङ्ग झोला, स्कुल झोला, टी–सर्ट तथा पम्पलेट जस्ता सामग्री वितरण गर्न विभिन्न विद्यालय तथा हाट बजारमा टोली खटाईने छ । त्यस्तै उक्त अवसरमा आयोडिनको महत्वबारे जनचेतना जगाउन कार्यक्रम संचालन गर्न लागेको कम्पनीले जनाएको छ ।

Read More

सुनको भाउ तोलामा ५ सय रुपैयाँले घट्यो, ताेलाकाे कति ?

- फरक दृष्टि / मंगलबार, माघ १७, २०७९

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले घट्दै १ लाख ५ हजार ८ सय रुपैयाँमा झरेको हो । 

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रुपैयाँले नै घट्दै १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले ज

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले घट्दै १ लाख ५ हजार ८ सय रुपैयाँमा झरेको हो । 

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रुपैयाँले नै घट्दै १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने आज स्थिर रहँदै प्रतितोला एक हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More