हेला तथा तिरस्कारको हदसम्मको ज्ञान राख्छु, मैले गरेको र तिमीले नफर्काएको नमन हूँ म
- लोकेन्द्र बञ्जारा / बिहीबार, पौष २८, २०७९ २०:२५
- लोकेन्द्र बञ्जारा / बिहीबार, पौष २८, २०७९ २०:२५
एउटा उदास धराशायी दु:खी रहनसहन हुँ म
चौबाटोमा बिच्छयाइको सुदामाको नयन हूँ म ।
पाण्डवपक्षबाट चित्रित अधुरो एक वर्णन हूँ म
छल गरेर मारिएको उहि कर्णको गर्धन हूँ म ।
किन्यौ भने तिमीलाई सौदा हूँला फाइदाकै,
नाथे ढोडको भाउमा राखिएको रक्तचन्दन हूँ म।
मलाई कहीँ लगिन्छ र मलाई नसोधी बेचिन्छ,
मलाई पनि थाहादेऊ आखिर कसको खटन हूँ म?
हेला तथा तिरस्कारको हदसम्मको ज्ञान राख्छु,
मैले गरेको र तिमीले नफर्काएको नमन हूँ म ।
मैले भरिनलाई अब म मा पहिरो खस्नुपर्छ,
घर बनाउदा घर बनाउदै निखृएको आँगन हूँ म।
- लोकेन्द्र बञ्जारा
दमक,झापा