थप समाचार मेनु

लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्स मर्ज हुने, दुवै कम्पनीको तर्फबाट ३-३ जना र एक जना स्वतन्त्र सञ्चालक रहने

- फरक दृष्टि / मंगलबार, माघ १७, २०७९ १७:४४

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनी मर्ज हुने भएका छन् । दुबै संस्थाहरुबिच मंगलवार होटल र्‍याडिसन, लाजिम्पाट, काठमाडौंमा एक कार्यक्रम आयोजना गरी दुबै कम्पनीहरु एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको हो ।

सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट अध्यक्ष मनोहर दास मुल र सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट अध्यक्ष रामकृष्ण मानन्धरले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा दुबै कम्पनीका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृतहरु लगायतका पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

उक्त सम्झौता अनुसार दुवै कम्पनी एकआपसमा गाभिए पश्चात बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड रहने सहमती भएको छ । मर्जर सम्बन्धी विशेष प्रस्ताव दुवै कम्पनीको आगामी हुने साधारण सभामा लगिनेछ । त्यसै गरी दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमती एवं डिडिए रिर्पोट समेतका आधारमा सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको शेयर आदान प्रदान अनुपात क्रमश १००:८० कायम रहनेछ ।

साथै दुवै कम्पनीको आ.ब. २०७८/०७९ को वित्तीय विवरण अनुसार प्रस्तावित बोनस शेयर वितरण पश्चात क्धबउ च्बतष्य गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पुजी दुई अर्ब ६२ करोड २६ लाख ३८ हजार एक सय ९५ रुपैंयाँ कायम रहने छ ।

त्यसैगरी, मर्जर पश्चात बन्ने कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा दुवै कम्पनीको तर्फबाट ३-३ जना र एक जना स्वतन्त्र सञ्चालक रहने छन् भने सञ्चालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्स कम्पनी लि।का तर्फबाट हाल रहेका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री रहने व्यवस्था गरिएको छ ।

सम्बन्धित तस्बिरहरू

लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्स मर्ज हुने, दुवै कम्पनीको तर्फबाट ३-३ जना र एक जना स्वतन्त्र सञ्चालक रहने
सम्बन्धित समाचार

गुराँस लाइफ इन्सुरेन्सको बोनस सेयर घोषणा

- / आइतबार, चैत १२, २०७९

गुराँस लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले बोनस सेयर घोषणा गरेको छ । 

कम्पनीको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले १३.२७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सो बोनस सेयर वितरण गरिनेछ। कम्पनीका अनुसार बोनस सेयरमा लाग्ने करको रकम सेयरधनी आफैले तिर्नु पर्ने हुन्छ । 

नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधार

गुराँस लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले बोनस सेयर घोषणा गरेको छ । 

कम्पनीको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले १३.२७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सो बोनस सेयर वितरण गरिनेछ। कम्पनीका अनुसार बोनस सेयरमा लाग्ने करको रकम सेयरधनी आफैले तिर्नु पर्ने हुन्छ । 

नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लाभांश वितरण हुनेछ ।

Read More

प्रभु लाइफ इन्स्योरेन्सद्वारा ‘सक्सेस मन्त्र फर लिडरसिप’ कार्यक्रम सम्पन्न

- फरक दृष्टि / आइतबार, चैत १२, २०७९

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले ‘सक्सेस मन्त्र फर लिडरसिप’ कार्यक्रम सम्पन्न गरेको छ । शनिबार सम्पन्न  भएको उक्त कार्यक्रममा कम्पनीका बाग्मती प्रदेश अन्तर्गतका एजेन्सी लिडर्स एवं कर्मचारीहरुको सहभागी रहेको थियो ।

उक्त कार्यक्रमको सुरुवात कम्पनीका नायब महाप्रबन्धक सोन आले मगरले गरेका थिए । उक्त अवसरमा नायब महाप्रबन्धक आले मगरले लिडरसिप कार्

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले ‘सक्सेस मन्त्र फर लिडरसिप’ कार्यक्रम सम्पन्न गरेको छ । शनिबार सम्पन्न  भएको उक्त कार्यक्रममा कम्पनीका बाग्मती प्रदेश अन्तर्गतका एजेन्सी लिडर्स एवं कर्मचारीहरुको सहभागी रहेको थियो ।

उक्त कार्यक्रमको सुरुवात कम्पनीका नायब महाप्रबन्धक सोन आले मगरले गरेका थिए । उक्त अवसरमा नायब महाप्रबन्धक आले मगरले लिडरसिप कार्यक्रमले बीमा मध्यस्थकर्ता एवं कर्मचारीहरुको कार्यक्षमता वृद्धि एवं व्यवसायीक सफलतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  त्यस्तै, प्रभु लाइफका जोनल हेड प्रयास श्रेष्ठ, एजेन्सी प्रमुख प्रभात शिवाकोटी, ब्राण्डिङ प्रमुख विनोद घिमिरे, सूचना प्रविधि प्रमुख राजु घिमिरेले उपस्थिती जनाएका थिए ।

अन्तराष्ट्रिय नेपाली ट्रेनर मिनबहादुर घल डरसिप सेसन कार्यक्रमको मुख्य आकर्षणको रुपमा थिए । उनले व्यवहारीक तरिकाले व्यवसायीक वृद्धिका सुत्रहरु दिएका थिए । अभिकर्ताहरुको व्यवसायीक जीवनका आयामहरु र सफलताका यात्राहरुका विषयमा कार्यक्रममा चर्चा गरिएको थियो ।

Read More
ads-image
ads-image
ads-image
ads-image