थप समाचार मेनु

एनएमबि बैंकद्वारा १५ वर्षका लागि ११.९९ प्रतिशतमा स्थिर अवधिको घर कर्जा घोषणा

- फरक दृष्टि / शुक्रबार, चैत ३, २०७९ १6:४४

एनएमबि बैंकले १५ वर्षका लागि ११.९९% स्थिर ब्याजदर सहितको नयाँ घर कर्जा घोषणा गरेको छ । यो नयाँ कर्जाले घरधनीहरूलाई कर्जाको स्थिर मासिक भुक्तानीको साथै व्यक्तिको दीर्घकालीन वित्तीय योजनामा समेत मद्दत पुर्याउनेछ । सो योजनाले लामो अवधिको लागि कम र अनुमानित ब्याज दर सुरक्षित गर्न मद्दत पुर्याउनेछ भन्ने बैंकले विश्वास राखेको छ ।

यो कर्जाले नयाँ ग्राहकहरू कुनै पनि बजार उतार–चढाव वा ब्याज दरहरूमा परिवर्तन भएता पनि उहाँहरूको मासिक भुक्तानी ऋण अवधिसम्म स्थिर रहनेछ भनी विश्वस्त हुन सक्नुहुनेछ । “घरमा लगानी गर्नु एक व्यक्ति र परिवारको लागि ठूलो लगानी हो, र हामीले मासिक भुक्तानी व्यवस्थापन गर्ने सन्दर्भमा स्थिरता को महत्त्व बुझ्दछौं,“ एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुनील केसी ज्युले आफ्नो विचार व्यक्त गरे ।

एनएमबि बैंक विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

सम्बन्धित समाचार

छाउपडी प्रथा उन्मूलन गर्ने संस्थालाई महालक्ष्मी विकास बैंकको सहयोग

- / सोमबार, चैत १३, २०७९

 

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम जिल्लाका ग्रामीण क्षेत्रमा छाउपडी प्रथा उन्मूलनमा काम गर्दै आइरहेको योजनालाई सहयोग गरेको छ ।

सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा जिल्लाका ग्रामीण क्षेत्रहरुमा प्रचलित छाउपडी प्रथा उन्मूलन रोक्न एक्सन वर्क्स नेपाल (एनजीओ) द्वारा स

 

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम जिल्लाका ग्रामीण क्षेत्रमा छाउपडी प्रथा उन्मूलनमा काम गर्दै आइरहेको योजनालाई सहयोग गरेको छ ।

सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा जिल्लाका ग्रामीण क्षेत्रहरुमा प्रचलित छाउपडी प्रथा उन्मूलन रोक्न एक्सन वर्क्स नेपाल (एनजीओ) द्वारा साञ्चालित छाउपडी एन्ड मेन्स्ट्रुअल हेल्थ हाइजिन म्यानेजमेन्ट प्रोजेक्टलाई आर्थिक सहयोग प्रदान गरेको बैंकले जनाएको छ ।

छाउपडी प्रथाप्रति रहेको पुरातन विश्वास, मान्यता र प्रचलन विरुद्ध जनचेतना जगाउने र त्यस प्रथाबाट प्रत्यक्षरुपमा प्रभावित बालिका तथा महिलाहरुलाई स्वास्थ्य सेवा तथा पोषणका सम्बन्धमा जानकारी प्रदान गर्ने उद्देश्यले सञ्चलित यस योजना बैतडी जिल्लाको दिलासैनी गाँउपालिकामा करिब चार महिना सञ्चालन गरिने छ ।

उक्त योजना अन्तर्गत गाँउपालिकाका विभिन्न वडामा सामाजिक सचेतनाका कक्षाहरु, सडक नाटक, डेउडा नाच तथा स्थानीय स्रोतसाधाको प्रयोग गरी पुनः प्रयोग गर्न सकिने सेनिटरी प्याड बनाउने तालिम प्रदान गरिने छ ।

Read More

कुमारी बैंकको ६१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

- / सोमबार, चैत १३, २०७९

 

काठमाडौं । कुमारी बैंकले १ जना संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले राजेन्द्र कुमार घिसिङको नाममा रहेको ६१ हजार ४ सय २५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । 

यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज सोमबार (चैत १३ गते) बाट ३५ दिनभित्र आव

 

काठमाडौं । कुमारी बैंकले १ जना संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले राजेन्द्र कुमार घिसिङको नाममा रहेको ६१ हजार ४ सय २५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । 

यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज सोमबार (चैत १३ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । 
 
बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । 

सेयर भाउ भने बिक्रेताले तेको वमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
 

Read More
ads-image
ads-image
ads-image
ads-image