थप समाचार मेनु

हामी अर्थात पुरुषहरू

- बलराम तिमल्सिना / मंगलबार, माघ १७, २०७९ ११:४९

हामी अर्थात पुरुषहरू
धर्म, परम्परा या कानूनको आड लिएर
या तिनीहरूको बहाना बनाएर
पैत्रिक सम्पत्ति सबै कब्जा गरेर
दिदी बहिनी ठग्ने 
महाठग दाजुभाइहरू हौं !

हामी अर्थात पुरुषहरू
धर्म‌,परम्परा र कानूनकै तरवार बोकेर
या तिनीहरूको बहाना बनाएर
आफ्नै छोरा र छोरीमा भेदभाव गर्ने
सारा सम्पत्ति छोराको नाममा नामसारी गरिदिएर
छोरीको थरसारी गरिदिने
असभ्य, अनैतिक र अत्याचारी बाबुहरू हौं ।

हामी अर्थात पुरुषहरू 
बिना तलव 
र बिना अधिकारमा‌
हाम्रो अङ्शको रक्षा 
हाम्रो भोक तिर्खा र काम वासनाको ख्याल
र वङ्शको निरन्तरता दिन
महिलाहरूलाई
बैबाहिक/बैधानिक दासी बनाउने
माचिस्मो लोग्नेहरू हौं ।

हामी अर्थात पुरुषहरू 
पावर-प्लस गोली खाएर 
कृतिम तथा अतिरिक्त शक्ति प्रदर्शन गर्ने 
घरदेखि राज्यसम्म 
सबैतिर हालिमुहाली गर्ने 
स्वघोषित राजाहरू हौं ।

हामी अर्थात पुरुषहरू 
कसैका पति परमेश्वर
कसैका पिता परमेश्वर
र कसैका पुत्र परमेश्वर 
देउताहरू हौं ।

हामी अर्थात पुरुषहरू
इतिहासको कठघरामा
घुँडा टेकेर माफी माग्न 
र कहिलै विगत नदोहोर्याउने कसम खान योग्य
अभियुक्तहरू हौं ।

हामीले गर्नु पर्ने छ 
प्रायश्चित अनुष्ठान हजारौं
हाम्रा पुर्वजदेखि हामीसम्मको लागि 
र घोषणा गर्नु छ-
अब हामीहरू मानिस बन्न चाहन्छौं 
त्यसो गर्न सक्दैनौं भने हामी
हामी अर्थात पुरुषहरूले
हामी अर्थात ठगहरूले
हामी अर्थात अनैतिकहरूले
हामी अर्थात स्वघोषित परमेश्वरहरूले
बढ्ता नखोकेको राम्रो 
अहम् नबोकेको राम्रो ।

सम्बन्धित समाचार

‘कोरोनातन्त्र’ ले गरेको शासन सूत्रउपन्यासमा

- / बिहीबार, चैत ९, २०७९

काठमाडौं । आख्यानकार रवीन्द्र समीरको नयाँ उपन्यास ‘कोरोनातन्त्र’ सार्वजनिक भएको छ । चिकित्सा क्षेत्रमा डा रवीन्द्र पाण्डे नामले चिरपरिचित उनको सो सूत्र उपन्यासमा वैश्विक महामारी कोरोनासँग सम्बन्धित अनेक घटनालाई लघुकथा शैलीमा तीक्ष्ण व्यङ्ग्य गरिएको छ । 

    महामारीको यो अत्यासलाग्दो विभीषिकालाई शब्दमा सङ्गठित गर्दै कल्पना मिसेर व्यङ्ग्य

काठमाडौं । आख्यानकार रवीन्द्र समीरको नयाँ उपन्यास ‘कोरोनातन्त्र’ सार्वजनिक भएको छ । चिकित्सा क्षेत्रमा डा रवीन्द्र पाण्डे नामले चिरपरिचित उनको सो सूत्र उपन्यासमा वैश्विक महामारी कोरोनासँग सम्बन्धित अनेक घटनालाई लघुकथा शैलीमा तीक्ष्ण व्यङ्ग्य गरिएको छ । 

    महामारीको यो अत्यासलाग्दो विभीषिकालाई शब्दमा सङ्गठित गर्दै कल्पना मिसेर व्यङ्ग्यात्मक शैलीमा लेखिएको सूत्रउपन्यास वर्तमान पुस्ताका लागि आफूले भोगेको विगत तथा भावी पुस्ताका लागि महामारीको गतिलो इतिहास हुनेछ । लघुकथाका थुँगाहरूलाई पृथक् आयामबाट एउटै सूत्रमा उनेर बनाइएको माला जस्तो यो उपन्यास भित्र  पृथक् अस्तित्व बोकेका स्वतन्त्र लघुकथा छन् । तिनलाई समयको डोरीले बाँधेर सूत्रउपन्यास बनाइएको हो ।  

वैश्विक महामारीको सुरुदेखि समाजमा देखिएका डर, हल्ला, उपचारको अनिश्चितता, शय्या र  अक्सिजन अभाव, सरकारी अकर्मण्यता, खोपबारे उत्पन्न भ्रम तथा महामारीबाट सिर्जित मनोसामाजिक अवस्थालाई उपन्यासमा बुनिएको छ ।  कोरोनातन्त्रका हरेक लघुकथामा कोरोनाकालका उखान तथा शास्त्रीय भनाइले पुस्तकलाई थप ओजिलो बनाएको छ ।   पुस्तकको केन्द्रीय पात्र डा शर्माको भोगाइ तथा अनुभवले उपन्यास निकै बाँधिएको छ ।  कोरोना भाइरसले कोरोनातन्त्रका गरेको शासनलाई पुस्तकमा सुललित रूपमा उतारिएको छ ।  इन्डिगो इन्कले बजारमा ल्याएको सो पुस्तक महामारीको जीवन्त दस्तावेजका रूपमा रहने विश्वास गरिएको छ । 

    कोरोनाकालमा लेखकले चिकित्सकका हैसियतले नेपाल सरकारका विभिन्न निकायका साथै जनताका घरदैलामा स्वयंसेवक भई सेवा गर्नुभएको थियो । नेपाली साहित्य विशेषगरी लघुकथा र लघुकथात्मक उपन्यासका सर्जक समीरका यसअघि ‘तेस्रो आँखा’ ( २०५३ ), ‘पोस्टमार्टम’ ( २०६२ ), ‘विकिरण’ ( २०६३ ), ‘ईश्वरका कथा’ ( २०६५ ), ‘अर्जुनदृष्टि’ ( २०६७ ), ‘अणु र पहाड’ ( २०६९ ), ‘व्यंग्यम् शरणं गच्छामि’ ( २०७० ) र ‘एकलव्य दृष्टि’ ( २०७१ ) लघुकथासङ्ग्रह प्रकाशित छन् । 
    
    उनका ‘चाँदीको घेरा’ ( मुक्तकसङ्ग्रह, २०६२), ‘ग्रेटवालको ग्रेट अनुभूति’ (नियात्रासङ्ग्रह, २०६६), ‘भूकम्पमा मल्हमपट्टी’ (संस्मरण, २०७३), ‘मृत्युको आयु’ (उपन्यास, २०७६ ) पनि प्रकाशित छन् । समीरले पद्मश्री साहित्य पुरस्कार, उत्तमशान्ति पुरस्कार, युवा वर्ष मोती पुरस्कार, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, रमेश विकल समाजसेवा सम्मान, साहित्य सन्ध्या पुरस्कार, नेपाल विद्याभूषण पदकलगायत दर्जनौँ राष्ट्रिय तथा अन्तरराष्ट्रिय पुरस्कार एवम् सम्मान प्राप्त गरेका छन् । 

Read More

तोयनाथ अर्ज्यालद्वारा लिखित आत्मवृत्तान्त 'जिन्दगीका पानाहरू'को लोकार्पण 

- फरक दृष्टि / बिहीबार, चैत २, २०७९

धादिङका ज्यो.पं. तोयनाथ अर्ज्यालको ९० औँ जन्मदिवसको उपलक्ष्यमा उनको लिखित आत्मवृत्तान्त 'जिन्दगीका पानाहरू'को लोकार्पण समारोह नेपाल प्रज्ञा-प्रतिष्ठान, काठमाडौँमा प्रतिष्ठानका कुलपति श्री भूपाल राईज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त समारोहमा प्राज्ञ सदस्य एवम् युवा आख्यानकार अमर न्यौपाने, प्रा. डा. रामचन्द्र लम्साल, 'नेपाली भाषा बचाऔँ अभियान' का अभियन्ता डा बलदेव शर्म

धादिङका ज्यो.पं. तोयनाथ अर्ज्यालको ९० औँ जन्मदिवसको उपलक्ष्यमा उनको लिखित आत्मवृत्तान्त 'जिन्दगीका पानाहरू'को लोकार्पण समारोह नेपाल प्रज्ञा-प्रतिष्ठान, काठमाडौँमा प्रतिष्ठानका कुलपति श्री भूपाल राईज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त समारोहमा प्राज्ञ सदस्य एवम् युवा आख्यानकार अमर न्यौपाने, प्रा. डा. रामचन्द्र लम्साल, 'नेपाली भाषा बचाऔँ अभियान' का अभियन्ता डा बलदेव शर्मा अधिकारी, लोकप्रिय सञ्चारकर्मी एवम् कवि डा. नवराज लम्साल र पूर्व प्रशासक राममणि दुवाडी ।सामुदायिक रेडियो प्रसारक संघका निबर्तामन अध्यक्ष सुवास  खतिवडाको विशेष अतिथिका रूपमा रहेका थिए ।

विमोचित कृतिमाथि टिप्पणी गर्दै प्रमुख अतिथि तथा विशेष अतिथि वक्ताहरूले प्रस्तुत कृति  “जिन्दगीका पानाहरू” मानव जीवनमा आइपर्ने थरी थरीका कथा/व्यथा, हाँसो/रोदन, सदाशय, सद्विचार, उत्प्रेरणा, हौसला, आरोह/अवरोह आदिले भरिपूर्ण रहेको बताए। यो कृति उनको जीवनका कथा/व्यथाले मात्र भरिएको नभई वर्तमान र भावी पिँढीलाई समेत प्रेरणादायी र ज्ञानवर्द्धक सामग्रीयुक्त रहेको उनिहरूले उल्लेख गरे ।

२६ खण्ड र ६४ उपखण्ड बिभाजित आत्मवृत्तान्त 'जिन्दगीका पानाहरू' असाध्यै सरल भईकन सरस भाषाशैलीमा लेखिएको यो संस्मरण नेपाली साहित्यको मूल्यवान् सम्पत्तिका रूपमा सुरक्षित हुने, वर्ण-विन्यास विज्ञानलाई पालना गर्दै लेखिएको यस पुस्तकले प्रत्येक पाठकलाई प्रसन्न पार्ने धारणा समेत उनिहरूले व्यक्त गरे । साथै आफ्नो जन्मथलो र वरपरका गाउँहरुमा समेत शिक्षाको जग बसाल्न योगदान पुर्‍याउनु हुने लेखकले धादिङको नलाङ, सांकोसदेखि नर्वे र अमेरिकासम्मको सजीव चित्र उतारेका उनिसँग कृषि, प्रविधि, प्रशासन, अध्यापन र ज्योतिष-शास्त्र समेतको गहिरो ज्ञान तथा अनुभव रहेको स्पष्ट सूचना दिने यस पुस्तकले इतिहास विधामा समेत प्रभाव पार्ने धारणा टिप्पणीकर्ताहरूले व्यक्त गरे ।  

“जिन्दगीका पानाहरू” को लोकार्पण समारोहको सर्जकका पुत्रहरु टीकानाथ अर्यालले कार्यक्रम संचालन,दामोदर अर्यालले आमन्त्रित पाहुनालाई मन्तव्यद्वारा स्वागत र लेखनाथ अर्यालले धन्यवाद ज्ञापन गरेका थिए । “जिन्दगीका पानाहरू” को लोकार्पण समारोहमा विभिन्न साहित्यकार, समाजसेवी,बिदेशी पाहुना,आफन्तजन र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

Read More
ads-image
ads-image
ads-image
ads-image