थप समाचार मेनु

बिपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँट, ८ हजार ९५ जनाले पाए सेयर 

- / शुक्रबार, चैत ३, २०७९ १२:०३

काठमाडौं । बिपिडब्लु लघुवित्तको आइपीओ शुक्रबार (चैत ३ गते) बाँडफाँट भएको छ । यसमा ८ हजार ९५ जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन् । आइपीओका लागि कुल १४ लाख ५९ हजार ७८४ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये १ हजार ५०६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक मेगा क्यापिटलले जानकारी गराएको छ ।
 
बिपिडब्लु लघुवित्तले फागुन १८ गतेदेखि २३ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि ८० हजार ९५० कित्ता सेयर बिक्री गरेको थियो । कम्पनीले जारी पुँजी ३ करोड रुपैयाँको ३२.३३% ले हुने ९७ हजार कित्ता सेयरमध्ये ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको थियो । यस्तै, १ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको हो ।
 
लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, बिपिडब्लु लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ । नतिजा हेर्न भने केही समय प्रतिक्षा गर्नुपर्नेछ ।

सम्बन्धित समाचार

आज नेप्सेमा हरियाली, १७.७० अंकले बढ्याे नेप्से 

- / सोमबार, चैत १३, २०७९

काठमाडाै‌ । आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से १७.७० अंकले बढेर १ हजार ९ सय ६ दशमलव ०० विन्दु कायम भएको हो । 

आइतबार भने नेप्से दोहोरो अंकले घटेको थियो । हिजो नेप्से २६.८७ अंकले घटेर १ हजार ८ सय ८८ दशमलव २७ विन्दु कायम भएको थियो। 

आज नेप्सेमा १ अर्ब ३८ कारेड २७ लाख ६७ हजार बराबरको कारोबार

काठमाडाै‌ । आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से १७.७० अंकले बढेर १ हजार ९ सय ६ दशमलव ०० विन्दु कायम भएको हो । 

आइतबार भने नेप्से दोहोरो अंकले घटेको थियो । हिजो नेप्से २६.८७ अंकले घटेर १ हजार ८ सय ८८ दशमलव २७ विन्दु कायम भएको थियो। 

आज नेप्सेमा १ अर्ब ३८ कारेड २७ लाख ६७ हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये १६७ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ४४ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ४ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। आज हिमालयन डिस्टीलेरीको कारोबार अब्बल रह्यो ।

Read More

एनएलजी इन्सुरेन्सको बोनस सेयरमा मूल्य समायोजन

- / सोमबार, चैत १३, २०७९

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनएलजी इन्सुरेन्सको १०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । 

नेप्सेका अनुसार आइतबारको अन्तिमा कारोबार मूल्य ६५१ रुपैयाँलाई आधार मानरे भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यस इन्सुरेन्सको भाउ ५९१ रुपैयाँ ८२ पैसा कायम भएको छ । 

यही मूल्यलाई आधार मानेर अब आज यसको पहिलो कारोबार खुल्नेछ ।

ads-image
ads-image
ads-image
ads-image