थप समाचार मेनु

यसपटक देखिएको डेङ्गुमा सेरोटाइप-३ स्वरुप

- / सोमबार, माघ २, २०७९ १४:२७

काठमाडौँ । नेपालमा गरिएको नमुना परीक्षणमा सेरोटाइप-३ स्वरुपको डेङ्गु धेरै देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बिपी कोराइला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र त्रिभुवन विश्वविद्यालयको प्रयोगशालामा गरिएको अध्ययनमा सेरोटाइप-३ स्वरुपको डेङ्गु पाइएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले जानकारी दिए । 

    उहाँले विगतका वर्षभन्दा यसपटक सेरोटाइप-३ धेरै देखिएको बताए । “यस भन्दाअघि पनि हामीले नमूना परीक्षण गर्दा थोरै मात्रामा सेरोटाइप-३ देखिएको थियो”, उहाँले भन्नुभयो, “यसपटक भने बिरामी पनि धेरै भएकाले धेरै जनामा सेरोटाइप-३ देखिएको छ ।”

    सामन्यता एकपटक डेङ्गु भएकालाई पुनः डेङ्गु हुँदा सेरोटाइप-३ देखिने सम्भावना रहेको उहाँको भनाइ छ । उहाँका अनुसार तीन ठाउँमा गरिएको तीन सय ३४ वटा नमूना परीक्षणमा ८१ जनामा सेरोटाइप–३ देखिएको छ भने दुवै खालका स्वरुप (मिक्स) भने छ जनाको नमूना परीक्षणमा देखिएको छ । 

    सामान्यता एकपटक डेङ्गु देखिएकालाई अर्कोपटक देखिँदा सेरोटाइप-२, सेरोटाइप-३ देखिने गर्दछ । “सरोटाइप-१ र सेरोटाइप-२ भइसकेका बिरामीले डेङ्गुसँग लड्ने क्षमता बनाइसकेका हुन्छन”, उनले भने, “यही ती दुई स्वरुपको सङ्क्रमण भइसकेका बिरामीलाई पुनःडेङ्गु भयो भने सेरोटाइप–३ हुन्छ ।”

    राष्ट्रिय प्रयोगशाला टेकुमा दुई सय ७२ परीक्षणमध्ये ५९, त्रिविको ल्यावमा गरिएका ५० नमूनामध्ये १७ र धरानमा १२ नमुना परीक्षणमध्ये पाँच जनामा सेरोटाइप-३ देखिएको छ । यस्तै टेकुमा सेरोटाइप-१ प्रजाति एक सय २६, सेरोटाइप-२ प्रजाति २९ र ५३ नमुना परीक्षणमा डेङ्गु देखिएको थिएन । यस्तै त्रिविमा ५० जनामा गरिएको नमुना परीक्षणमा सेरोटाइप-१ स्वरुप २१ र सेरोटाइप-२ स्वरुप पाँच जना र छ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थिएन । यस्तै धरानमा १२ जनामा गरिएको परीक्षणमा सात जनामा सेरोटाइप-१ देखिएको थियो । 

    महाशाखाले यसअघि २०१९ मा गरिएको नमुना परीक्षणमा सेरोटाइप–१ र सेरोटाइप–२ मात्र देखिएको उनले जानकारी दिए । डेङ्गु पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गु लाग्दछ । 
    
    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्यान्ट डा विमल चालिसेले अघिल्लो पटक बिरामीमा देखिएको डेङ्गीको स्वरुप पछिल्लो फेरि डेङ्गु देखिएका स्वरुप परिवर्तन गरी जटिल समस्या देखिने बताउँछन् । “पहिलो पटक सेरोटाइप–१ डेङ्गुको स्वरुप देखिएको छ भने अर्को पटक सङ्क्रमण हुँदा सेरोटाइप–२ वा सेरोपाइप–३ देखिन्छ”, उनले भने, “यसरी पुनः डेङ्गु देखियो भने बिरामीलाई बढी जटिल बनाउने गर्दछ ।”

    उच्च ज्वरो आउने र टाउको दुख्ने, बिरामीमा थकान महसुस हुने, गिँजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिने लक्षणजस्ता पहिले सङ्क्रमण भएको भन्दा दोस्रो पटक डेङ्गु भएका बिरामीलाई गराउने गर्दछ ।

    यस्तै सामान्य प्रकारको डेङ्गुमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने जस्ता लक्षण देखा पर्दछन् । नेपालमा पहिलो पटक सन २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । सन् २००५ मा भने डेङ्गुका बिरामी देखिएनन् । त्यसपछि सन् २००६ देखि डेङ्गुको सङ्क्रमण देखिँदै आएको छ ।  

    सन् २०२२ मा ५४ हजार छ सय ३० जनामा डेङ्गु देखिएको र डेङ्गुबाट ८८ जनाको ज्यान गइसकेको छ । महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा दाहालले डेङ्गु सङ्क्रमण पूर्णरुपमा नियन्त्रणमा नआइसकेकाले हप्तामा औसतमा सातदेखि आठ जनामा देखिने गरेको बताउँछन् ।

    सन् २००६ मा ३२ जना, २०१० मा नौ सय १७ जना, २०१३ मा छ सय ८६ जना, २०१६ मा एक हजार पाँच सय २७ जना, २०१७ मा दुई हजार एक सय ११ जना, २०१८ मा आठ सय ११ जना र २०१९ मा डेङ्गु बढेको पाइन्छ । तीमध्ये सबभन्दा बढी २०१९ मा १७ हजार नौ सय ९२ जनामा डेङ्गुका बिरामी देखिएका थिए । त्यसपछि कोरोना भाइरसका कारणले नेपालमा डेङ्गुको सङ्क्रमण कम देखिएको छ । सन् २०२० मा पाँच सय ३० जना र सन् २०२१ मा पाँच सय ४० जना डेङ्गुका बिरामी देखिएका थिए ।

सम्बन्धित समाचार

लामो समयपछि कोरोना भाइरसका शून्य संक्रमित

- / शनिबार, माघ १४, २०७९

काठमाडौं । पछिल्लो २४ घण्टामा गरिएको कोरोना भाइरसको परीक्षणमा कसैमा पनि संक्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले शनिवार अद्यावधिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ३ सय ३३ जनाको परीरण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको हो । यो अवधिमा ३ सय ३३ जनाकै पीसीआर परीक्षण गरिएको थियो । यो अवधिमा तीन जना संक्रमण संक्रमणमुक्त भएका छन्

काठमाडौं । पछिल्लो २४ घण्टामा गरिएको कोरोना भाइरसको परीक्षणमा कसैमा पनि संक्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले शनिवार अद्यावधिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ३ सय ३३ जनाको परीरण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको हो । यो अवधिमा ३ सय ३३ जनाकै पीसीआर परीक्षण गरिएको थियो । यो अवधिमा तीन जना संक्रमण संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा कोरोना भाइरसका संक्रिय संक्रमितको संख्या १५ रहेको समेत मन्त्रालयले जनाएको छ ।

Read More

‘पाठेघर र स्तन क्यान्सर’ सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

- / शनिबार, माघ ७, २०७९

काठमाडाै‌ । महिलाको पाठेघरको मुखको क्यान्सर र स्तन ‘ब्रेष्ट’ क्यान्सर रोगको पहिचान गरी आवश्यक स्वास्थ्य परामर्श दिने उद्देश्यले यहाँ निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

    नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीले क्यान्सर केयर फाउन्डेसन नेपालको प्राविधिक सहयोगमा काँडाघारीस्थित महागुठी परिसरमा आयोजना गरेको एकदिने स्वास

काठमाडाै‌ । महिलाको पाठेघरको मुखको क्यान्सर र स्तन ‘ब्रेष्ट’ क्यान्सर रोगको पहिचान गरी आवश्यक स्वास्थ्य परामर्श दिने उद्देश्यले यहाँ निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

    नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीले क्यान्सर केयर फाउन्डेसन नेपालको प्राविधिक सहयोगमा काँडाघारीस्थित महागुठी परिसरमा आयोजना गरेको एकदिने स्वास्थ्य शिविरमा दुई सय महिलाको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ । सो अवसरमा कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले महिला समुदायमा जटिल समस्या बनिरहेको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको समयमै पहिचान गरी उपचार गराउन र यसको जोखिमबाट बच्न चेतना अभिवृद्धि गर्न शिविर उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस किसिमको स्वास्थ्य शिविर नगरपालिकाका सबै वडामा सञ्चालन गर्ने बताउनुभयो । 

    “चेतनाको अभावले क्यान्सर महामारीका रुपमा फैलिरहेको छ । समयमा रोगको पहिचान गरेर उपचार गर्नसके यसले ठूलो धनजनको क्षति रोक्ने भएकाले यस किसिमको अभियानलाई अझ व्यापक बनाएर लैजानुपर्ने आवश्यकता छ, महागुणी, फाउन्डेसनसँगको सहकार्यमा यो कार्यक्रम  विस्तार गर्न नगरपालिकाले पहलकदमी गर्नेछ”, कार्कीले भन्नुभयो ।

    नगरपालिकाले पनि स्वास्थ्य प्रणालीलाई सुधार गर्दै भएका स्वास्थ्य सेवालाई जनमुखी र प्रभावकारी बनाउन नगरपालिकाले सरोकारवाला निकायसँग समन्वय गरेर यस्ता अभियानलाई विस्तार गर्दै लगिने उहाँले बताउनुभयो ।

    फाउन्डेसनका परामर्श चिकित्सक डा सरिता घिमिरेले महिलामा जटिल बनिरहेको पाठेघर र स्तन क्यान्सरबारे जनचेतना जगाउने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “क्यान्सरबाट बचाउन हाम्रो सानो प्रयास हो, त्यसैले यस्ता अन्य अभियानमा पनि हाम्रो सक्रियता रहनेछ ।” 
    महिलाको स्वावलम्बन, शिक्षा, स्वास्थ्य र क्षमता अभिवृद्धिमा बढी जोड दिन संस्थाले पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको जाँच गर्न शिविर सञ्चालन गरिएको महागुठीका अध्यक्ष उदयमोहन श्रेष्ठले बताउनुभयो । महागुठीले पहिलो पटक यस किसिमको स्वास्थ्य शिविर आयोजना गरेको हो । “आवश्यकताअनुसार आगामी दिनमा यस्ता शिविर सञ्चालन गछौँ”, महागुठीका कार्यकारी निर्देशक प्रेमप्रसाद लामिछानेले भन्नुभयो । फाउन्डेसनले सुलभ शुल्कमा उपचारको व्यवस्था मिलाउने उहाँको भनाइ छ ।

    महिलालाई सीपमूलक तालिम

    नेपालको पहिलो सामाजिक परोपकारी संस्था १९८३ मा ‘श्री ३ चन्द्रकामधेनु चर्खा प्रचारक महागुठी’ का नाममा स्थापना भएको पहिलो परोपरकारी संस्था हो । संस्थाका संस्थापक तुलसीमेहेर श्रेष्ठले ९६ वर्ष पहिला गान्धीको सिद्धान्तबमोजिम स्थापना गर्नुभएको संस्थाले खादी तथा घरेलु उद्यम, शिक्षा र स्वास्थ्यका माध्यमबाट गरिब, असहाय, एकल, बेसहारा दीनदुःखी महिलालाई स्वास्थ्य शिक्षा तथा रोजगारका लागि विभिन्न सीपमूलक तालिम उपलब्ध गराउँदै आएको छ ।

    संस्थाले स्थापनाकालदेखि हजारौँ महिलालाई सीपमूलक तालिम दिएर स्वावलम्बी बनाई ५० भन्दा बढी जिल्लामा सेवा दिइरहेको छ । अहिले पनि विभिन्न जिल्लाका करिब ६० महिलाले सीपमूलक तालिम लिइरहेका छन् । संस्थाले आवासीय रुपमा सिलाइबुनाइ, खेलौना र ब्युटीपार्लरको चारमहिने आधारभूत तालिम दिइरहेको कार्यकारी निर्देशक लामिछानेले बताउनुभयो ।

Read More