थप समाचार मेनु

"द पोइट आइडल"को उत्कृष्ट १२ कञ्चनपुरकी पिंकी बोहरा, यसरी दिनुहोस् पिंकीलाई भोट

- फरक दृष्टि / बिहीबार, माघ १९, २०७९ १6:०७

नेपाली कविताको इतिहासमा पहिलोपटक आयोजना भएको कविता रियालिटि सो "The poet idol" मा  सुदुरपश्चिम प्रदेश  कंचनपुरकी पिंकी बोहरा अन्तिम १२ मा उक्लिएकी छन् । अत्यन्तै प्रतिस्पर्धात्मक तवरले चलिरहेको कविता रियालिटि सो "The poet idol" मा पिंकी अन्तिम १२ को सुचिमा अटाएकी हुन् । ‘द पोइट आइडल’ मा १५०० बढी डिजिटल अडिसनबाट १७५ त्यसपछि ९० हुँदै उत्कृष्ट १४ जना कवि छानिएका थिए । त्यसपछि उत्कृष्ट १३ हुँदै उत्कृष्ट १२ सम्म पिँकी बोहराले आफ्नो स्थान सुरक्षित गरेकी छन्  । A र B समूह गरि विभाजित गरि संचालन भैरहेको द पोइट आइडलमा पिंकी बोहोरा ग्रुप A मा रहेकी छन्  ।

बोहरा सामान्य विषयवस्तु तर अत्यन्तै चोटिलो तवरले प्रस्तुत गर्ने गर्दछिन । अघिल्लो शुक्रबार उनले "सिनो" शीर्षकको कविता प्रस्तुति गर्दा दर्शकको वाहिवाही मात्र पाइनन जजहरुलाई समेत स्तब्ध पारेकी थिइन । अस्थिर राजनीति, बढ्दो अपराधीक घटना, छोरीमाथीका हिंसात्मक घटनाका कारण आमा बनेकी एक आमाको मनमा सन्तानको भविष्यको बारेमा उब्जिएका प्रश्न कविताले बोलेको छ । सुदूरपश्चिमको मौलिकता दर्शाउने गुनिउ चौलोमा सजिएकी पिंकीले कविता प्रस्तुति शैली र कविताले दर्शाएको भावले सुन्ने जो सुकैको पनि आँखा रसाउन्छ भने भावुक बनाउँछउँछ ।

को हुन पिंकी बोहोरा ? 
कंचनपुरको महेन्द्रनगरमा रहेको सुदूरपश्चिम विश्वविद्यालयमा व्यवस्थापन संकायमा स्नातकोत्तर तहमा अध्ययनरत पिंकी बोहोरा ‘द पोइट आइडल’ को उत्कृष्ट १२ सम्म छानिएकी  कवि हुन । विद्यालय जिवनबाटै कवितामा रुचि राख्ने उनी कविकै रूपमा भने कोभिड -१९ माहामारीले निम्त्याएको लकडाउनपछि मात्र चिनिएकी हुन् । आफुले सयौं कविता लकडाउन आसपास लेखेपनि आफन्त,साथीहरू कसैलाई पनि सुनाएकी थिएन तर आफैभने वाचन गर्दै अभ्यास गर्थे पछि "द पोइट आइडल" हुँदैछ भन्ने खबर पाएर डिजिटल अडिसन दिएको पिंकी बताउँछन् । तपाईं व्यवस्थापन संकायको विद्यार्थी साहित्य तिर कसरी रुचि बढ्यो नि भन्दा मेलै पढ्दा व्यवस्थापन संकाय रोजेपनी साहित्यले जहिल्यै तानी नै रहेको र साहित्यबाट अलग हुन नसक्ने बोहोरा बताउँछन् । पिंकी बोहरा कवि मात्र होइन पुर्व महिला कृकेटर पनि हुन । उनले जिल्ला ,क्षेत्र हुँदै राष्ट्रिय कृकेट प्रतियोगितामा समेत सहभागिता जनाइसकेकी छन् । साहित्यिक चौतारी नेपालको सुदुरपश्चिम शाखामा सह सचिवको भुमिकामा रहेर काम गर्दै आएकी बोहोरा महेन्द्रनगरका साहित्यिक गतिविधिमा संलग्न हुने सकृय स्रस्टा हुन । 

कवि पिंकी बोहोरालाई यसरी भोट गर्न सकिन्छ 
भोट गर्ने तरिका:
Osr connect app download गर्ने ।
app खोलेर The poet idol मा click गर्ने ।
pinki bohara को photo मा click गर्ने ।
vote मा click गर्ने त्यसपछि successful भनेर लेखिएको आयो भने तपाईंको भोट पिंकी बोहरालाई जानेछ । 

प्रतियोगिताको निर्णायकमा कविद्वय विप्लव प्रतीक र उपेन्द्र सुब्बाका साथै निर्देशक तथा रंगकर्मी अनुप बराल र अभिनेत्री सुरक्षा पन्त रहेकाछन् । कार्यक्रम अभिनेता दिव्यदेव पन्तले सञ्चालन गरेका छन् । द पोइट आइडल हरेक साता बिहिवार र शुक्रबार राती एपिवान टेलिभिजन र ओएसआर रियालिटीमा आउने गर्दछ ।

सम्बन्धित तस्बिरहरू

"द पोइट आइडल"को उत्कृष्ट १२ कञ्चनपुरकी पिंकी बोहरा, यसरी दिनुहोस् पिंकीलाई भोट
"द पोइट आइडल"को उत्कृष्ट १२ कञ्चनपुरकी पिंकी बोहरा, यसरी दिनुहोस् पिंकीलाई भोट
"द पोइट आइडल"को उत्कृष्ट १२ कञ्चनपुरकी पिंकी बोहरा, यसरी दिनुहोस् पिंकीलाई भोट
"द पोइट आइडल"को उत्कृष्ट १२ कञ्चनपुरकी पिंकी बोहरा, यसरी दिनुहोस् पिंकीलाई भोट
"द पोइट आइडल"को उत्कृष्ट १२ कञ्चनपुरकी पिंकी बोहरा, यसरी दिनुहोस् पिंकीलाई भोट
सम्बन्धित समाचार

‘कोरोनातन्त्र’ ले गरेको शासन सूत्रउपन्यासमा

- / बिहीबार, चैत ९, २०७९

काठमाडौं । आख्यानकार रवीन्द्र समीरको नयाँ उपन्यास ‘कोरोनातन्त्र’ सार्वजनिक भएको छ । चिकित्सा क्षेत्रमा डा रवीन्द्र पाण्डे नामले चिरपरिचित उनको सो सूत्र उपन्यासमा वैश्विक महामारी कोरोनासँग सम्बन्धित अनेक घटनालाई लघुकथा शैलीमा तीक्ष्ण व्यङ्ग्य गरिएको छ । 

    महामारीको यो अत्यासलाग्दो विभीषिकालाई शब्दमा सङ्गठित गर्दै कल्पना मिसेर व्यङ्ग्य

काठमाडौं । आख्यानकार रवीन्द्र समीरको नयाँ उपन्यास ‘कोरोनातन्त्र’ सार्वजनिक भएको छ । चिकित्सा क्षेत्रमा डा रवीन्द्र पाण्डे नामले चिरपरिचित उनको सो सूत्र उपन्यासमा वैश्विक महामारी कोरोनासँग सम्बन्धित अनेक घटनालाई लघुकथा शैलीमा तीक्ष्ण व्यङ्ग्य गरिएको छ । 

    महामारीको यो अत्यासलाग्दो विभीषिकालाई शब्दमा सङ्गठित गर्दै कल्पना मिसेर व्यङ्ग्यात्मक शैलीमा लेखिएको सूत्रउपन्यास वर्तमान पुस्ताका लागि आफूले भोगेको विगत तथा भावी पुस्ताका लागि महामारीको गतिलो इतिहास हुनेछ । लघुकथाका थुँगाहरूलाई पृथक् आयामबाट एउटै सूत्रमा उनेर बनाइएको माला जस्तो यो उपन्यास भित्र  पृथक् अस्तित्व बोकेका स्वतन्त्र लघुकथा छन् । तिनलाई समयको डोरीले बाँधेर सूत्रउपन्यास बनाइएको हो ।  

वैश्विक महामारीको सुरुदेखि समाजमा देखिएका डर, हल्ला, उपचारको अनिश्चितता, शय्या र  अक्सिजन अभाव, सरकारी अकर्मण्यता, खोपबारे उत्पन्न भ्रम तथा महामारीबाट सिर्जित मनोसामाजिक अवस्थालाई उपन्यासमा बुनिएको छ ।  कोरोनातन्त्रका हरेक लघुकथामा कोरोनाकालका उखान तथा शास्त्रीय भनाइले पुस्तकलाई थप ओजिलो बनाएको छ ।   पुस्तकको केन्द्रीय पात्र डा शर्माको भोगाइ तथा अनुभवले उपन्यास निकै बाँधिएको छ ।  कोरोना भाइरसले कोरोनातन्त्रका गरेको शासनलाई पुस्तकमा सुललित रूपमा उतारिएको छ ।  इन्डिगो इन्कले बजारमा ल्याएको सो पुस्तक महामारीको जीवन्त दस्तावेजका रूपमा रहने विश्वास गरिएको छ । 

    कोरोनाकालमा लेखकले चिकित्सकका हैसियतले नेपाल सरकारका विभिन्न निकायका साथै जनताका घरदैलामा स्वयंसेवक भई सेवा गर्नुभएको थियो । नेपाली साहित्य विशेषगरी लघुकथा र लघुकथात्मक उपन्यासका सर्जक समीरका यसअघि ‘तेस्रो आँखा’ ( २०५३ ), ‘पोस्टमार्टम’ ( २०६२ ), ‘विकिरण’ ( २०६३ ), ‘ईश्वरका कथा’ ( २०६५ ), ‘अर्जुनदृष्टि’ ( २०६७ ), ‘अणु र पहाड’ ( २०६९ ), ‘व्यंग्यम् शरणं गच्छामि’ ( २०७० ) र ‘एकलव्य दृष्टि’ ( २०७१ ) लघुकथासङ्ग्रह प्रकाशित छन् । 
    
    उनका ‘चाँदीको घेरा’ ( मुक्तकसङ्ग्रह, २०६२), ‘ग्रेटवालको ग्रेट अनुभूति’ (नियात्रासङ्ग्रह, २०६६), ‘भूकम्पमा मल्हमपट्टी’ (संस्मरण, २०७३), ‘मृत्युको आयु’ (उपन्यास, २०७६ ) पनि प्रकाशित छन् । समीरले पद्मश्री साहित्य पुरस्कार, उत्तमशान्ति पुरस्कार, युवा वर्ष मोती पुरस्कार, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, रमेश विकल समाजसेवा सम्मान, साहित्य सन्ध्या पुरस्कार, नेपाल विद्याभूषण पदकलगायत दर्जनौँ राष्ट्रिय तथा अन्तरराष्ट्रिय पुरस्कार एवम् सम्मान प्राप्त गरेका छन् । 

Read More

तोयनाथ अर्ज्यालद्वारा लिखित आत्मवृत्तान्त 'जिन्दगीका पानाहरू'को लोकार्पण 

- फरक दृष्टि / बिहीबार, चैत २, २०७९

धादिङका ज्यो.पं. तोयनाथ अर्ज्यालको ९० औँ जन्मदिवसको उपलक्ष्यमा उनको लिखित आत्मवृत्तान्त 'जिन्दगीका पानाहरू'को लोकार्पण समारोह नेपाल प्रज्ञा-प्रतिष्ठान, काठमाडौँमा प्रतिष्ठानका कुलपति श्री भूपाल राईज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त समारोहमा प्राज्ञ सदस्य एवम् युवा आख्यानकार अमर न्यौपाने, प्रा. डा. रामचन्द्र लम्साल, 'नेपाली भाषा बचाऔँ अभियान' का अभियन्ता डा बलदेव शर्म

धादिङका ज्यो.पं. तोयनाथ अर्ज्यालको ९० औँ जन्मदिवसको उपलक्ष्यमा उनको लिखित आत्मवृत्तान्त 'जिन्दगीका पानाहरू'को लोकार्पण समारोह नेपाल प्रज्ञा-प्रतिष्ठान, काठमाडौँमा प्रतिष्ठानका कुलपति श्री भूपाल राईज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त समारोहमा प्राज्ञ सदस्य एवम् युवा आख्यानकार अमर न्यौपाने, प्रा. डा. रामचन्द्र लम्साल, 'नेपाली भाषा बचाऔँ अभियान' का अभियन्ता डा बलदेव शर्मा अधिकारी, लोकप्रिय सञ्चारकर्मी एवम् कवि डा. नवराज लम्साल र पूर्व प्रशासक राममणि दुवाडी ।सामुदायिक रेडियो प्रसारक संघका निबर्तामन अध्यक्ष सुवास  खतिवडाको विशेष अतिथिका रूपमा रहेका थिए ।

विमोचित कृतिमाथि टिप्पणी गर्दै प्रमुख अतिथि तथा विशेष अतिथि वक्ताहरूले प्रस्तुत कृति  “जिन्दगीका पानाहरू” मानव जीवनमा आइपर्ने थरी थरीका कथा/व्यथा, हाँसो/रोदन, सदाशय, सद्विचार, उत्प्रेरणा, हौसला, आरोह/अवरोह आदिले भरिपूर्ण रहेको बताए। यो कृति उनको जीवनका कथा/व्यथाले मात्र भरिएको नभई वर्तमान र भावी पिँढीलाई समेत प्रेरणादायी र ज्ञानवर्द्धक सामग्रीयुक्त रहेको उनिहरूले उल्लेख गरे ।

२६ खण्ड र ६४ उपखण्ड बिभाजित आत्मवृत्तान्त 'जिन्दगीका पानाहरू' असाध्यै सरल भईकन सरस भाषाशैलीमा लेखिएको यो संस्मरण नेपाली साहित्यको मूल्यवान् सम्पत्तिका रूपमा सुरक्षित हुने, वर्ण-विन्यास विज्ञानलाई पालना गर्दै लेखिएको यस पुस्तकले प्रत्येक पाठकलाई प्रसन्न पार्ने धारणा समेत उनिहरूले व्यक्त गरे । साथै आफ्नो जन्मथलो र वरपरका गाउँहरुमा समेत शिक्षाको जग बसाल्न योगदान पुर्‍याउनु हुने लेखकले धादिङको नलाङ, सांकोसदेखि नर्वे र अमेरिकासम्मको सजीव चित्र उतारेका उनिसँग कृषि, प्रविधि, प्रशासन, अध्यापन र ज्योतिष-शास्त्र समेतको गहिरो ज्ञान तथा अनुभव रहेको स्पष्ट सूचना दिने यस पुस्तकले इतिहास विधामा समेत प्रभाव पार्ने धारणा टिप्पणीकर्ताहरूले व्यक्त गरे ।  

“जिन्दगीका पानाहरू” को लोकार्पण समारोहको सर्जकका पुत्रहरु टीकानाथ अर्यालले कार्यक्रम संचालन,दामोदर अर्यालले आमन्त्रित पाहुनालाई मन्तव्यद्वारा स्वागत र लेखनाथ अर्यालले धन्यवाद ज्ञापन गरेका थिए । “जिन्दगीका पानाहरू” को लोकार्पण समारोहमा विभिन्न साहित्यकार, समाजसेवी,बिदेशी पाहुना,आफन्तजन र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

Read More
ads-image
ads-image
ads-image
ads-image