थप समाचार मेनु

थप दुई जीवन बीमा कम्पनीको शेयरमूल्य नेप्सेमा समायोजन

- / बिहीबार, जेठ ११, २०८० १२:०५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले थप दुई जीवन बीमा कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेशनल लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम नेशनल लाइफको शेयरमूल्य ६४९ रुपैयाँ ८० पैसाका आधारमा नेप्सेले ८ प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य ६०१ रुपैयाँ ६७ पैसा कायम गरेको छ ।

त्यस्तै, प्रभु लाइफको ४७० रुपैयाँका आधारमा नेप्सेले ९.८० प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य ४२८ रुपैयाँ ५ पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा अब धितोपत्र दोस्रो बजारमा कारोबार खुल्नेछ ।

सम्बन्धित समाचार

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

- / बुधबार, जेठ २४, २०८०

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ६८ अङ्कले बढेर एक हजार नौ सय ३२ दशमलव ३३  विन्दुमा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३८ अङ्कले बढेर तीन सय ६५ दशमलव ४७ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उप

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ६८ अङ्कले बढेर एक हजार नौ सय ३२ दशमलव ३३  विन्दुमा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३८ अङ्कले बढेर तीन सय ६५ दशमलव ४७ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा आठ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ । 

विभिन्न कम्पनीका ६५ लाख ४१ हजार तीन सय ८८ कित्ता शेयर रु दुई अर्ब ३६ करोड ८८ लाख १५ हजार छ सय ३५ मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार कारोबार रकमका आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ । सोल्टी होटलको रु १० करोड १३ लाख १० हजार सात सय ३४ बराबरको कारोबार भयो । शिवम् सिमेन्ट रु आठ करोड ९७ लाख २१ हजार चार सय ९१, नागरिक लगानी कोष रु छ करोड ९० लाख ३८ हजार, नेपाल दूरसञ्चार कम्पनी रु छ करोड ५२ लाख ९० हजार दुई सय ६३ र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको रु पाँच करोड ६७ लाख ७१ हजार एक सय ५५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । 

नेप्सेका अनसार, युनिक नेपाल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । खप्तड लघुवित्त आठ दशमलव शून्य दुई, स्वाभिमान लघुवित्त पाँच दशमलव ९५, साल्ट टे«डिङ कर्पोरेशनको पाँच दशमलव ४२ र सगरमाथा जलविद्युत् कम्पनीको शेयर मूल्य  पाँच दशमलव १५ प्रतिशतले घटेको छ । 

यस्तै, सिद्धार्थ इक्विटी फण्ड चार दशमलब ३५, सनराइज फोकस्ड इक्विटी फण्ड तीन दशमलव ८२, मनकामना स्मार्ट लघुवित्त तीन दशमलव ६५, एनआइबीएल ग्रोथ फण्ड तीन दशमलव ५३ र आरबीबी म्युचुअल फण्ड पहिलोको शेयर मूल्य  तीन दशमलव २५ प्रतिशतले घटेको छ । आजको कारोबारपछि बजार पुँजीकरण रु २८ खर्ब २० अर्ब ९९ करोड पुगेको छ ।

Read More

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

- / बुधबार, जेठ २४, २०८०

काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.५१ अंकले बढेको छ। यससँगै सूचक १९२९.२६ विन्दुमा आएको छ ।

५८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कुल ११ कम्पनीको २०८ कित्ता सेयर कारोवार भएको हो। यो सेसनमा ६ कम्पनीको भाउ बढ्दा ४ वटाको भने मूल्य घटेको छ। एउटाको भाउमा कुनै परिवर्तन भएको छैन।

काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.५१ अंकले बढेको छ। यससँगै सूचक १९२९.२६ विन्दुमा आएको छ ।

५८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कुल ११ कम्पनीको २०८ कित्ता सेयर कारोवार भएको हो। यो सेसनमा ६ कम्पनीको भाउ बढ्दा ४ वटाको भने मूल्य घटेको छ। एउटाको भाउमा कुनै परिवर्तन भएको छैन।

Read More
ads-image
ads-image
ads-image
ads-image