थप समाचार मेनु

रानी जमरा कुलरिया सिँचाइ आयोजना : ११ वर्षमा  ३० प्रतिशत काम

- / सोमबार, माघ ९, २०७९ ०९:२८

कैलाली । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको समयावधि सकिन लाग्दा पनि काम पूरा नहुने सङ्केत देखिएपछि सरोकारवाला चिन्तित भएका छन् ।  टीकापुरस्थित संवाद समूहले आयोजना गरेको छलफलमा सिँचाइ आयोजनाबाट लाभान्वित हुनेहरु यतिखेर चिन्तामा छन् ।

मूल कुलाका पदाधिकारी र रानी जमरा कुलरिया गरी तीन वटै नदी प्रणाली उपभोक्ता समितिका पदाधिकारी,  पत्रकार र आयोजनाका डिभिजनल इन्जिनियर प्रेम लासिवा भएको छलफलमा उपभोक्ताका पदाधिकारीले भनेकै समयमा काम नसकिने र विश्व बैंकले लगानीमा हात झिके कृषक समस्यामा पर्ने चिन्ता गरिएको थियो । 
    
 बैंकले काममा ढिलासुस्ती भएपछि एक वर्षपछि आयोजनामा खर्च नगर्ने कुरा मूल समितिलाई जानकारी गराएको जनाउँदै सरोकारवालाले निर्माण कम्पनी र कर्मचारीले काममा गती नबढाएको गुनासो गरे । सोह्र हजार किसान लाभान्वित हुने आयोजना काम पूरा नहुँदै जान्छ कि भनेर यस क्षेत्रका सामाजिक अगुवा, कृषकका अगुवाहरु चिन्तित छन् ।  

“कुलरिया कुलामा काम गर्ने ठेकेदार भेटिँदैन, भेटिएपछि गर्छौं भन्छन्”, कुलरिया उपभोक्ता समितिका अध्यक्ष रविलाल चौधरीले भने, “आयोजनाले काम सुरु गरेको ११ वर्ष भयो तर कामको प्रगति ३० प्रतिशत भएको छ । जमरामा कामको प्रगती भएपनि कुलरियामा खासै काम भएको छैन, किसानले पटकपटक गाली गर्छन् ।” 

कतिपय निर्माण भएका संरचना पुनः बनाउनुपर्ने अवस्था भएको उहाँको भनाइ छ । “एक वर्षमात्र समय छ भन्छन् त्यतिमा हाम्रो कुलाको काम कुनै हालतमा सकिँदैन”, अध्यक्ष चौधरीले भने, “ढिला हुनुको कारण मूल कुलाको लापर्बाही पनि हो । मूल कुलाका पदाधिकारीले समयमै घच्घच्याएको पाइएन ।”

राष्ट्रिय गौरवको आयोजना प्रणाली अहिलेसम्म सुरु भएको छैन भने निर्माण भएका इन्टेकमा समस्या देखिन थालेका छन् । सिँचाइ आयोजनाले जमरा कुलामा ४५ प्रतिशत प्रगती गरेको भए पनि कुलरिया र रानीमा खासै प्रगति गरेको पाइँदैन । आयोजनाले ३० किलोमिटर तटबन्ध गरेको छ भने २०÷२५  पुल निर्माण भएका छन् । 
    
आयोजनाले गरेको कामको प्रचार नभएकै कारण काम भएको नदेखिएको आयोजनाका डिई लासिवाले भन्नुभयो । “काम भएको छैन भन्ने हो भने २०÷२५  ठूला पुल, सयौँ किलोमिटर ग्राभेल भएका छन् तर सन् २०११ ९२०५८ साल० बाट सुरु भएको आयोजनाको धेरै काम भयो भन्न पनि मिल्दैन”, उनले भने, “६१ मिलियनमा ३० प्रतिशत मात्र खर्च भएको छ, ८० प्रतिशत ठेक्का भइसकेको छ ।” उहाँले एक वर्षमा बाँकी काम हुन्छ भन्नुभयो । 

“जमराको काम एक वर्षमा सकिन्छ, कामको प्रगति भयो भने डेढ वर्ष म्याद थप हुन्छ”, डिभिजनल इन्जिनियर लासिवाले भने, “लागत अनुमान गर्दा कुलाको गहिराइभन्दा अहिलेको गहिराइ २० इञ्चभन्दा बढी माथि आएको छ ।” 

नेपालको सफल आयोजना भएकाले स्थानीय सरोकारवाला पनि आयोजनाका बारेमा गम्भीर हुन जरुरी छ भने । “कर्णाली नदीमा ३० किलोमिटर तटबन्ध भएको छ, नदीको पानी कर्णाली र गेरुवामा आधाआधा होला भनेर लागत अनुमान गरिएको भए पनि पूरै पानी कर्णालीमा आएको छ, यसले गर्दा निर्माण भएका तटबन्ध भत्कन थालेका हुन्,” डिइ लासिवाले भने । 

आयोजनामार्फत निर्माण हुने दुई  ‘कोल्ड स्टोर’ र एउटा सङ्ग्रहालय निर्माण हुन बाँकी छ । कोल्ड स्टोरको लागत अनुमान तयार भइसकेको छ भने सङ्ग्रहालयका लागि एक हप्तामा सर्बे टोली टीकापुर आउने बताइएको छ । सङ्ग्रहालय टीकापुर पार्कमा निर्माण हुनुपर्छ भन्ने आम नागरिकले भन्न थालेका छन् ।

आयोजनामार्फत कृषकको क्षमता वृद्धि गर्नका लागि उपलव्ध गराइएको कृषितर्फ रु २७ करोड बजेटमध्ये कृषि यन्त्रका लागि छुट्याइएको ८० प्रतिशत बजेट खर्च भइसकेको छ भने किसानका पूर्वाधार र पटके खेतीका लागि रकम खर्च हुन बाँकी छ ।

आयोजनाको सहयोगमा निजी क्षेत्रको लागत सहभागितामा करिब रु तीन करोडको लागतमा केरा पकाउने चेम्बर सञ्चालनमा आएको छ । कृषि एकाइले कृषकलाई डेरी उद्योग सञ्चालनमा सहयोग गर्नुका साथै गोठ निर्माण र उन्नत जातका पशु उपलब्ध गराउँदै आएको छ । कृषि औजारका साथै, बीउ, मल पनि उपलब्ध गराउने गरेको छ । 

“आयोजना यस क्षेत्रका किसानले मात्र नभई हरेक नागरिकले लाभ लिने आयोजना हो”, नगर प्रमुख रामलाल डगौँरा थारुले भने, “आयोजनाको काम नसकिँदै कार्यक्रम सकिन्छ कि भन्ने चिन्ता सबैलाई छ ।” कर्मचारीले आयोजना सञ्चालन भएका पालिकासँग समन्वय नगर्दा समस्या आएको नगर प्रमुख थारुले बताए ।

 “समस्या आएपछि कुला समितिका पदाधिकारी जनप्रतिनिधि खोज्दै आउने तर समय समयमा भइरहेका कामको प्रगतिका बारेमा छलफल हुँदैन”, नगर प्रमुख थारुले भने, “आयोजना सफल पार्न मूल समिति र शाखा समितिले जति भूमिका खेल्नुपर्ने हो त्यति खेल्न नसक्दा अहिले चिन्ता गर्नुपर्ने अवस्था आएको हो ।”

राजनीतिक दललाई समेत भएका प्रगति र समस्याका बारेमा कार्यालय तथा कुला समितिले जानकारी नगराएको राजनीतिक दलले गुनासो गर्न थालेका छन् । “आयोजनाका प्रगति र समस्याका बारेमा राजनीतिक दलसँग छलफल, बहस भएन”, “नेपाली कांग्रेसका नेता भुवनेश्वर अधिकारीले भने”, “समय सकिन थाल्दा नागरिकस्तरमा चिन्ताको विषय भएको छ यतिखेर सिँचाइ आयोजना ।” उनले सरकारले आयोजनका बारेमा गम्भीर समीक्षा गर्दै बाँकी रहेका संरचना निर्माण गर्न समय थप्न जरुरी छ भने ।

सम्बन्धित समाचार

‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ : मुख्यमन्त्री रावल

- / मंगलबार, माघ १७, २०७९

सुदूरपश्चिम  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सरकारले पढाइ, कमाइ र दबाइको अभियान थालिने जानकारी दिएका छन् ।

सोमबार महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालको अनुगमन गर्दै उनले सुदूरपश्चिम प्रदेशको समृद्धिका सो अभियान गाउँगाउँमा सञ्चालन हुने बताए । “अहिले प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन, विश्वासको मत लिएपछि हामी यो अभिय

सुदूरपश्चिम  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सरकारले पढाइ, कमाइ र दबाइको अभियान थालिने जानकारी दिएका छन् ।

सोमबार महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालको अनुगमन गर्दै उनले सुदूरपश्चिम प्रदेशको समृद्धिका सो अभियान गाउँगाउँमा सञ्चालन हुने बताए । “अहिले प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन, विश्वासको मत लिएपछि हामी यो अभियानमा लाग्छाँै ।” उनले भने, “सुदूरपश्चिम प्रदेशमा रहेका थुप्रै खानीहरूको उत्खनन गर्न जरुरी छ ।” उनले यहाँ रहेका प्राकृतिक एंव सांस्कृतिक सम्पदा संरक्षण, प्रवर्दनमा प्रदेश सरकारले यसमा विशेष ध्यान दिने बताए ।

“विसं २०६२÷६३ को आन्दोलनका बेला म आफँै पनि यो अस्पताल व्यवस्थापन समितिको अध्यक्ष थिएँ, यहाँका सबै समस्या मैले बुझेको छु”, मुख्यमन्त्री रावलले भने, “अस्पतालमा ‘डायलायसिस’ र ‘सिटीस्क्यान’ सेवाका लागि संघीय सरकारसँग पहल गर्छु ।”

महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले अस्पतालमा जनशक्ति अभावकै कारण सेवा प्रभावित हुने गरेको जनाउँदै आवश्यक जनशक्तिको व्यवस्थापन गरिदिन आग्रह गरे । “हामीसँग पर्याप्त जनशक्ति छैन, भएको जनशक्तिलाई पनि तलब खुवाउन सकिने अवस्था छैन”, उनले भने, “यहाँ चिकित्सक अभावकै कारण बिरामीलाई अन्यत्र सिफारिस गर्नुपर्ने अवस्था छ, यसको अन्त्य गर्नका लागि आग्रह गर्छु ।” उनले महाकाली अस्पताललाई स्थापनाकालदेखि नै जनशक्ति अभाव रहेको जनाउँदै समस्या समाधान गर्न आग्रह गरे।

Read More

महाकाली पक्की पुलले जगाएको आशा

- / आइतबार, माघ १५, २०७९

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महाकाली नदीमा बनेको चार लनेको पक्की पुलले सुदूरपश्चिम विकासको ढोका खुल्ने आशा जगाएको छ । पुलसँगै दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह र महाकाली नदीको किनारै किनार निमार्णाधीन रहेको दार्चुलाको तिंकर भञ्जाङसम्मको महाकाली करिडोर निमार्ण सम्पन्न भए सुदूरपश्चिमको विकासमा कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ । यो नाका सञ्चालनमा आएप

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महाकाली नदीमा बनेको चार लनेको पक्की पुलले सुदूरपश्चिम विकासको ढोका खुल्ने आशा जगाएको छ । पुलसँगै दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह र महाकाली नदीको किनारै किनार निमार्णाधीन रहेको दार्चुलाको तिंकर भञ्जाङसम्मको महाकाली करिडोर निमार्ण सम्पन्न भए सुदूरपश्चिमको विकासमा कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ । यो नाका सञ्चालनमा आएपछि भारतका औद्योगिक सहर सहज पहुँच हुनेछ ।

विसं २०७४ मा सरकारले नेपालकै भूमिमा पर्ने गरी महाकालीमा चार लेनको पुल निर्माण सम्पन्न गरिसकेको छ । तीन अर्बको लगानीमा बनेको यो पुलसँगैको पहुँच मार्ग र पर्यटकका लागि चार मानव निर्मित ताल निर्माणधीन अवस्थामा छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर–१२ ओदाली र पारि दोधाराचाँदनी नगरपालिकामा चार लेनको पुल बनेको हो । सुदूरपश्चिमको मुख्य नाकाका रूपमा रहेको चार लेनको पक्की पुल त्रिदेशीय नाकाको विकास भए समृद्ध सुदूरपश्चिम बन्ने यहाँका व्यवसायी बताउँछन् ।

भारतका प्रमुख व्यापारिक सहर यहाँबाट छोटो दुरीमा पर्छन । भारतको राजधानी दिल्ली यो पुलबाट साढे तीन सय किलोमिटरको मात्रै दुरीमा छ । अझ भारतका औद्योगिक क्षेत्रहरू नोयडा, गुडगाउँ, रुद्रपुरलगायतका औद्योगिक क्षेत्र नेपालको पश्चिमी सीमाबाट धेरै नजिक छन् ।

हालसम्म प्रयोगमा आएको शारदा ब्यारेजको पुल भारतीय एकाधिकारका कारण कञ्चनपुरको आर्थिक विकास र नेपाल–भारत सहज आवागमन नहुँदा यहाँका व्यवसायीले सहज रूपमा आयात निर्यात गर्न पाएका छैन । सीमित समयका लागि खुल्ने शारदा ब्यारेजमा ठूला सवारी साधनसमेत आवतजावतमा रोक लगाएका कारण यहाँको व्यवसायमा ठूलो प्रभाव परेको व्यवसायी बताउँछन ।

महाकाली नदीमा पुल निमार्ण सम्पन्न भइसकेको र सुख्खा बन्दरगाह निमार्णको काम पनि अघि बढिसकेकाले सुदूरपश्चिमले व्यापारिक फड्को मार्ने ठूलो अवसर आएको कञ्चनपुर उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष मावध जोशीले बताए ।

उनले हाल प्रयोगमा आएको शारदा ब्यारेज दैनिक सात घण्टा मात्रै खुला हुने र त्यसमा पनि ठूला मालवाहक सवारीलाई आवागमनमा रोक लगाएका कारण अहिलको पुलबाट भारत निर्यात हुने कच्चा पदार्थ निर्यात र भारतमा उत्पादित वस्तु आयात गर्न लामो बाटो घुमाएर ल्याउनुपर्ने बाध्यता रहेको बताए।

“महाकालीमा बनेको पुल र सुख्खा बन्दरगाह सञ्चालनमा आए हाम्रो उत्पादनले विश्व बजारसंग प्रतिस्पर्धा गर्न सहज हुन्छ,” उनले भने, “यो सँगै तेस्रो मुलुकसँगको व्यापारको ढोका खुल्छ जसका कारण यहाँ हरेक किसिमका व्यापार व्यवसाय फष्टाउछन् ।”

उनले पश्चिमी नाका सुचारु भए मात्रै यहाँको विकासको ढोका खुल्ने बताए । व्यवसाय मात्रै नभई पर्यटनको ठूलो सम्भावना बोकेको सुदूरपश्चिमलाई शारदा ब्यारेजमा सहज आवागमन नहुनुले पनि प्रभाव पारेको यहाँका पर्यटन व्यवसायी बताउँछन् ।

भारतको राजधानी दिल्लीमा रहेको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल यहाँबाट तीन सय ५० किमिको दूरीमा रहेको छ । जसका कारण यो नाकाबाट आउने तेस्रो मुलुकबाट आउने पर्यटकका लागि सहज वातावरण नहुँदा पर्यटकको ठूलो सम्भावनासमेत गुमेको कञ्चनपुर होटेल व्यवसायी सङ्घका अध्यक्ष जगदीशचन्द्र भट्टले बताए ।

उनले सुदूरपश्चिममा थुप्रै पर्यटकीय गन्तव्य भए पनि नाकाको असहजताकै कारणले यहाँको पर्यटन फष्टाउन नसकेको बताए । “महाकालीमा पुल बनिसक्यो अब यो नाकाबाट तेस्रो मुलुकका पर्यटक सहज रुपमा आउन जान सक्छन्,” उनले भने, “महाकाली नदी आफैँमा पर्यटकीय गन्तव्य बन्न यहाँ होटेल खुल्छन् र आर्थिक गतिविधि बढ्नेछन् ।”

उनले भारतसँग व्यापारिक मात्रै नभई धार्मिक सम्बन्धसमेत रहेकाले धार्मिक पर्यटनका हिसाबले महाकाली पुलले ठूलो टेवा पुग्ने बताए । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्ल महाकाली पुल र सुख्खा बन्दरगाह यहाँको विकासका लागि कोसेढुङ्गा सावित हुने बताउछन् । “यो नाका सुचारु भए भारतका औद्योगिक सहरबाट कम लागतमा वस्तु आयात गर्न सकिन्छ,” उनले भने, “नेपालमा उत्पादित वस्तुले पनि विश्वबजारमा प्रतिस्पर्धा गर्ने बाटो खुल्छ, व्यावसायिक मात्रै नभई धार्मिक पर्यटनमा ठूलो टेवा पुग्छ ।” उनले यो नाका सुचारु भएपछि भारतका ठूला औद्योगिक सरहसँग नेपालको सिधा सम्पर्क हुने बताए ।

सुख्खा बन्दरगाह निमार्णसँगै पश्चिममी नाका सञ्चालनमा आए सम्भावनाको ढोका खुल्ने भए पनि नेपालले भने त्यसको पूर्वतयारीमा बस्नुपर्ने नेपाल उद्योग वाणिज्य महासङ्घका महानिर्देशक गाकर्ण अवस्थीले बताउनुभयो । “यो नाक सुचारु भए नेपाल भारतको सहज आवागमन हुन्छ लामो दुरीबाट आवतजावत गर्नुपर्ने बाध्यता हट्छ,” उनले भने, “यहाँ औद्योगिक र कृषिको विकास गर्न सके यसले भारतको उत्तर प्रदेश र उत्तराखण्डमा बजार पाउछ ।”

दोधारा चाँदनीमा सुख्खा बन्दरगाहको स्थापनापछि छिमेकी मुलुक भारतमा रहेका उद्योगका शाखा नेपालमा खुल्न सक्ने र यहाँबाट उत्पादन गर्न सक्ने सम्भावना रहेको निर्देशक अवस्थी बताउँछन् । “बन्दरगाहको काम सुरु भइसकेको छ अब हामीले त्यहाबाट आयात मात्रै गर्ने की निर्यात पनि गर्ने यसको पूर्व तयारीमा लाग्न जरुरी छ ।” उनले भने,“यहाँका उत्पादनहरु निर्यात गर्ने गरी सुदूरपश्चिम प्रदेश सरकारले योजना बनाउन जरुरी छ ।” अर्कोतर्फ नेपालमा धार्मिक पर्यटनको सम्भावना रहेकाले धार्मिक पर्यटनको विकास हुने उनले बताए ।

सुदूरपश्चिममा थुप्रै सम्भावना रहेकाले यहाँका हरेक पालिकामा औद्योगिक क्षेत्रमा लागि जग्गा छुट्याउनुपर्ने र सरकारले कृषिमा बढी लगानी गर्नुपर्ने उनले बताए । महाकाली नदीमा चार लेनको पुल निर्माणको काम सम्पन्न भइसकेको महाकाली पुल योजना कार्यालयले जनाएको छ । पुलको छेउमै पर्यटकका लागि मानव निर्मित ताल निमार्ण निर्माणधीन अवस्थामा छ ।

महाकाली नदीमा पुल निर्माण गरिरहेको कुमार सिएफइसी जेभीका इञ्जिनियर किशोरराज पाण्डेयले महाकाली नदीमा चारलेनको पुल निमार्णको काम सम्पन्न भएको बताए । “पुलसँगै निर्माण भएका पहुँच मार्ग पनि कालोपत्रे भइसकेको छ,” उनले भने, “पुल ओहोरदोहोरका लागि मात्रै नभएर पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण छ ।” उनका अनुसार पुलको उत्तरपट्टी एक वर्गकिलो मिटरभन्दा ठूला दुई तथा दक्षिणतर्फ ० दशमलव तीन वर्ग किलोमिटरका दुई गरी चार पोखरी निर्माण हुँदैछ । अहिले पोखरीका लागि बाँध बाध्ने काम भइरहेको छ ।

“पोखरीको बीचमा तीन÷तीन टापु बन्छन् त्यहाँ डुङ्गा चढेर आउन जान सकिनेछ ।” उनले भने, “यहाँ पर्यटकको लागि आकर्षण गन्तव्य बन्नेछ ।” तीन अर्ब ६६ करोडको लागतमा निर्माण हुन लागेको उक्त पुलको सबै काम आगामी चैत्रभित्र सक्नेगरी निर्माण अघि बढेको छ ।

Read More