थप समाचार मेनु

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अरोगिन हेल्थ केयरमा छुट

- / सोमबार, जेठ ८, २०८० १३:३१

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले काठमाडौँको विशालनगरस्थित “अरोगिन हेल्थ केयर प्रा.लि ”सँग आफ्ना ग्राहकहरूलाई छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । 

यस सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले हेल्थ केयर विभिन्न सेवा सुविधाहरूमा विशेष ४५% सम्म छुट प्राप्त गर्न सक्नेछन् । 

अरोगिन हेल्थ केयरले प्रदान गर्ने सेवाहरूमा कपाल प्रत्यारोपण, कपाल झर्ने समस्याको उपचार लगायत छाला, दाँत सम्बन्धी समस्याको हेरचाह सँगै अन्य विभिन्न सुविधाहरू रहेको छ ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकको संस्थापक शेयर सर्वसाधारणले खरिद गर्न पाउने

- / आइतबार, जेठ २१, २०८०

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक तर्फको १ हजार ५०९ दशमलव ७५ कित्ता संस्थापक शेयर जेठ २० गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता रू. १०४ मूल्य अंकित गरी उक्त शेयर विक्रीमा ल्याएको हो । 

यसअघि बैंकले उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न सक्ने गरी विक्री खुला गरेको थियो । सो अवधिमा विद्यमान संस्थापकबाट आवेदन नपरेपछि

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक तर्फको १ हजार ५०९ दशमलव ७५ कित्ता संस्थापक शेयर जेठ २० गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता रू. १०४ मूल्य अंकित गरी उक्त शेयर विक्रीमा ल्याएको हो । 

यसअघि बैंकले उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न सक्ने गरी विक्री खुला गरेको थियो । सो अवधिमा विद्यमान संस्थापकबाट आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याइएको हो ।

यो शेयर खरीद गर्नका लागि इच्छुक लगानीकर्ताहरूले ३५ दिनभित्र आवेदन दिनुपर्ने जानकारी बैंकले दिएको छ ।  

Read More

कामना सेवा विकास बैंक र प्रारम्भ ड्राईभिङ्ग स्कुलबीच मर्चेन्ट सम्झौता

- / शुक्रबार, जेठ १९, २०८०

काठमाडौं ।  कामना सेवा विकास बैंक र प्रारम्भ ड्राईभिङ्ग स्कुलबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकरुले काठमाडौंको बौद्ध र टुसाल स्थित प्रारम्भ ड्राईभिङ्ग स्कुलले प्रदान गर्ने उत्कृष्ट ड्राईभिङ्ग तालिम शुल्कमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । ड्राईभिङ्ग स्कुलले प्रदान गर्ने ड्राईभिङ्ग तालिमहरुम

काठमाडौं ।  कामना सेवा विकास बैंक र प्रारम्भ ड्राईभिङ्ग स्कुलबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकरुले काठमाडौंको बौद्ध र टुसाल स्थित प्रारम्भ ड्राईभिङ्ग स्कुलले प्रदान गर्ने उत्कृष्ट ड्राईभिङ्ग तालिम शुल्कमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । ड्राईभिङ्ग स्कुलले प्रदान गर्ने ड्राईभिङ्ग तालिमहरुमा बैंकका ग्राहकहरुले १२ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा सो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । उक्त सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

Read More
ads-image
ads-image
ads-image
ads-image