थप समाचार मेनु
हाम्रोबारे

के हो फरक दृष्टि?
फरक दृष्टि डटकम (www.farakdrishti.com) – ‘जहाँ म त्यही पढ्छु खबर।‘ दृष्टि सञ्चार नेपाल प्रा लि (Dristi Sanchar Nepal Pvt. Ltd.) द्वारा सञ्चालित लोकप्रिय अनलाइन पत्रिका हो फरक दृष्टि डटकम।संसारभरका सबै क्षेत्रका सूचनामा तपाईंको पहुँच पुर्याउने र सत्यतथ्य जानकारी दिने उद्देश्यका साथ हामी अनलाइन पत्रकारिताको क्षेत्रमा उपस्थित भएका छौं। हरेक घटना वा बिषयलाई हेर्ने वा विश्लेषण गर्ने विभिन्न कोण हुन्छन तथ्यमा टेकर सत्य परिक्षण गरि ती सूचनालाई समाचार र विचार बिश्लेषणका रुपमा हामी फरक दृष्टि डटकमबाट तपाईंहरुमाझ ल्याउनेछौं।
हरेक सूचनामा हामीले केही फरक प्रस्तुत गर्ने प्रयास गर्नेछौं। कुनै पनि घटनाको सतहि मात्र नभएर गहिराइसम्म पुग्ने र त्यसबारे बिश्लेषणात्मक रुपमा हाम्रा पाठक/दर्शकलाई जानकारी दिन हामी निरन्तर प्रयासरत रहनेछौं।
विकसित प्रविधिले आज संसार एक घर वा घर भित्रको कोठा जित्तिकै साँघुरो पनि भएको छ। सञ्चारको माध्यम र इन्टरनेट भए विश्वको जुनसुकै कुनाबाट संसारमा निगरानी राख्न सकिने यो युगमा फरक दृष्टि डटकमको मुल नारा नै ‘जहाँ म त्यही पढ्छु खबर’ हो। कुनै यात्रामा होस वा कसैको प्रर्खाईंमा वा खाली समय नै होस जहाँ भए पनि एक क्लिकमैं तपाईंले फरक दृष्टिमार्फत विश्वभरका समाचार प्राप्त गर्न सक्नुहुनेछ । र हामीलाई बिश्वास छ फरक दृष्टिले तपाईंको विचार निर्माण, विमर्श र तथ्य संकलनका लागि सहयोग गर्नेछ। दृष्टिकोण निर्माणमा पक्कै सहयोग गर्नेछ।
फरक दृष्टि डटकम छोटो समयमा नै आम पाठकको बिश्वास जित्न सफल अनलाइन पत्रिका हो ।पत्रकारितालाई थप मर्यादित र व्यवसायिक बनाउन तपाईंहरुको सुझाव सल्लाह र सहयोगको हामीलाई निरन्तर आवश्यकता छ। यसका लागि तपाईंले हामीलाई हरेक किसिमको सहयोग गर्न सक्नुहुनेछ ।
लेख, रचना वा सूचना जानकारी गरेर वा हाम्रो अनलाइन मार्फत तपाईंहरुको व्यापार व्यवसाय वा सेवाको प्रचार प्रसार गरे पनि। सहकार्य र निश्चित आवश्यकता पुर्तिका दौरान नयाँ सम्बन्ध बन्दछन र हामी विश्वास गर्छौं कि हरेक सम्बन्धलाई एक परिवारका रुपमा निर्माण गर्नेछौं। यसका लागि हाम्रो सम्पर्क [email protected] वा ९८४०६१९१२७ मा पनि फोन गर्न सक्नुहुनेछ।
Farakdristi is an online portal started by journalists with experience of two decades, exhausted by the vagaries of corporate media stymieing the journalistic pursuit. We strive to present the truth as it is and are guided solely by the public good. We are accountable to no one but our readers. We have a much larger Nepali language team that generates a broader range of content.