ज्वाला संग्रौलासहित ५ जना पक्राउ

460

प्रहरी कार्यालयमा रंगभेदी अभिव्यक्ति दिने ज्वाला संग्रौला समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । आफूलाई ‘सामाजिक अभियन्ता’ दावी गर्ने टिका संग्रौला ‘ज्वाला’, शर्मिला वाइबा र हिमाल उपाध्यायलाई पक्राउ गरिएको हो ।

युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई पक्राउ गरेको हो । टेकुस्थित प्रहरी परिसरको गेटबाहिर हिमाल उपाध्यायलाई हातपात गरेको आरोपमा प्रहरीले सुनिल खत्री र सुमन चित्रकारलाई पनि पक्राउ गरेको छ । उनीहरुमाथि अभद्र ब्यवहार मुद्दामा प्रहरीले अनुसन्धान शुरु गरेको छ । गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले खुस्बुमाथि १६ जेठमा आक्रमण गरेको थियो ।

संग्रौलाले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मणिकान्त झालाई प्रहरी कार्यालयमा रंगभेदी अभिव्यक्ति दिएर जातिय विभेद गरेकी थिइन् । सो प्रकरणमा उनीमाथि अनुसन्धान हुने प्रहरीले बताएको छ ।

Leave A Reply

Your email address will not be published.