मकवानपुरमा सञ्जीवनी – १४ वर्ष पहिले पुरुषका रुपमा लिएको नागरिकता फिर्ता गर्दै लिइन् महिलाका नाममा नागरिकता

122

मकवानपुरमा तेस्रोलिङ्गी सञ्जीवनी लोप्चनले नागरिकता परिवर्तन गरेकी छन् । १४ वर्ष अगाडि जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट पुरुषका रुपमा लिएको नागरिकता फिर्ता गर्दै उनले महिलाका नाममा नागरिकता लिएकी हुन् ।

मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–३ की ३१ वर्षीया लोप्चनले १४ वर्षअगाडी सजीव लोप्चनको नाममा लिएको नागरिकता फिर्ता गर्दै बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट महिला (सञ्जीवनी) को नाममा नागरिकता लिएकी हुन् ।आफू पुरुष भए पनि महिलासरहको चाहना आफूमा देखिएको महसुस भएपछि पुरुषको नाममा बनेको नागरिकता आफैलाई असुहाउँदो लाग्न थालेकाले नागरिकता परिवर्तन गरेको उनको भनाइ छ । धेरै कठिनाइको सामना गर्दै आफूले महिलाका रुपमा नागरिकता प्राप्त गरेको उनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले नेपालको कानुनअनुसार लोप्चनको नागरिकता परिवर्तन गरेको बताए । लोप्चनले थाइल्याडबाट लिङ्ग परिवर्तन गरेको अस्पतालको प्रमाणपत्रका आधारमा नागरिकता प्रदान गरिएको गर्तौलाले बताए ।यसअघि मकवानपुरबाट पहिलो पटक अजिता भुजेलले तेस्रोलिङ्गीका रुपमा नागरिकता प्राप्त गरेकी थिइन् ।

Leave A Reply

Your email address will not be published.