जनकपुर–जयनगर रेलवेको आज प्रतिघण्टा १२० किलोमिटरको गतिमा परीक्षण

118

जनकपुर–जयनगर रेलवेको आज गति परीक्षण गरिएको छ । जयनगरदेखि कुर्थासम्म प्रतिघण्टा १२० किलोमिटरको गतिमा परीक्षण गरिएको हो। नेपाल सरकारले रेल खरिद गरेको करिब एक वर्षपछि रेल्वे लिकको ‘स्पिड’ र ‘सर्टिफिकेसन’ जाँच गरिएको छ । भारतको इस्ट–सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेलले ‘ट्रयाक स्पिड’ परीक्षण गरेको हो ।

एक हजार ३०० सिट क्षमताको यो रेल हाल जनकपुर–जयनगर–कुर्थासम्म ३४ किलोमिटरमा सञ्चालन हुनेछ । पछि महोत्तरीको बिजलपुरा हुँदै बर्दिबाससम्म रेल चलाउने सरकारको योजना छ । त्यसको लागि कुर्थासम्मको रेलवे लिक निर्माण सम्पन्न भइसकेको छ ।नेपाल सरकारले एक वर्षअघि ८४ करोड ६५ लाख रूपैयाँमा दुई सेट रेल खरिद गर्न भारतीय कम्पनीसँग सम्झौता गरेको थियो । गत असोजमा नेपाल रेल्वेलाई दुवै रेल हस्तान्तरण गरिएको थियो ।

तर, कर्मचारी व्यवस्थापन, कानुन अभाव र भारतसँग सम्झौतामा ढिलाइलगायत कारणले हालसम्म रेल सञ्चालनमा आउन सकेको छैन । १० महिनादेखि इनरूवा स्टेसनमा रेल थन्क्याएर राखिएको छ ।

Leave A Reply

Your email address will not be published.